बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र फेरि विस्फोटक मोडमा पुगेको छ । केन्द्र सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बस्ती तत्काल खाली गर्न ताकेता गरेपछि हजारौं स्थानीय त्रासमा छन्, तर बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय खुलेरै यसको विपक्षमा उभिएका छन्।
वैशाख १५ गते पठाइएको पत्रपछि बुटवल–१७ र १८ का रानीगन्जसहित आसपासका क्षेत्रमा बसोबास गर्दै आएका करिब ५ हजार घरधुरी एकैपटक विस्थापनको जोखिममा परेका छन्। वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयले सरकारसँग भएको पुरानो सहमति देखाउँदै बस्ती नहटाउन माग गरेका छन्।
तर स्पष्ट प्रतिबद्धता नआएपछि स्थानीय ‘बस्ती बचाउ संघर्ष समिति’ गठन गरेर आन्दोलनमा उत्रिएका छन्। आइतबार हजारौं बासिन्दा सडकमा उत्रिँदै सरकारविरुद्ध नाराबाजी गरे केहीले त प्रधानमन्त्रीको राजीनामासम्म मागे।
संघर्ष समितिका अगुवाहरूले सरकारको निर्णयलाई “डोजर आतंक” को संज्ञा दिँदै गरिबमाथि ठाडो हस्तक्षेप भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार २०५७ सालदेखि बसोबास गर्दै आएका नागरिकलाई विकल्प नदिई हटाउन खोज्नु अन्याय हो।
यता, बुटवलका मेयर पाण्डेयले भने केन्द्र सरकारको लाइनलाई खुलेआम चुनौती दिएका छन्। उनले स्पष्ट भने “रानीगन्जको बस्ती हटाएर मोतिपुर औद्योगिक क्षेत्र सम्भव छैन।” विगतमा बस्ती नछुने सहमति भएको र हालसम्म बस्ती नभएको करिब २६० बिघा क्षेत्रबाट मात्रै काम अघि बढाउन सकिने उनको अडान छ।
केन्द्रले स्याटेलाइटबाट गरिएको नापजाँचका आधारमा निर्णय गर्न खोजेको भन्दै मेयरले फिल्डमै यथार्थ नबुझी हतारो गरिएको आरोप लगाए। उनका अनुसार औद्योगिक क्षेत्रका नाममा नदी, बस्ती र सार्वजनिक संरचना समेत समेटिएको छ, जसले योजना झन विवादित बनाएको छ।
मोतिपुर परियोजना वर्षौंदेखि विवादमा अल्झिएको छ। २०७२ मा घोषणा, २०७७ मा शिलान्यास भए पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न सकेको छैन। अहिले फेरि केन्द्र–स्थानीय टकरावले परियोजना थप अन्योलमा धकेलिएको छ।
स्थानीयको चेतावनी स्पष्ट छ “बस्ती हटाइए, औद्योगिक क्षेत्र बन्न दिँदैनौं।” अब प्रश्न उब्जिएको छ । सरकारले विकासको नाममा बस्ती हटाउने कि सहमतिका आधारमा समाधान खोज्ने?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: