Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनुसार साना सवारीदेखि ठूला मालवाहक, सार्वजनिक यातायात र विद्युतीय सवारीसम्मको वार्षिक करदर बढाइएको हो।

यातायात व्यवस्था कार्यालयमार्फत सवारी दर्ता वा नवीकरण गर्दा बुझाउनुपर्ने कर परिमार्जन गर्दै सरकारले अधिकांश सवारीको कर १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म बढाएको छ। यससँगै सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा सञ्चालन लागत थप बढ्ने देखिएको छ।

नयाँ व्यवस्थाअनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रोबसले अब वार्षिक ६ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्नेछ। यसअघि यस्तो सवारीको कर ५ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै १३०१ देखि २००० सीसीसम्मका सवारीका लागि ७ हजार रुपैयाँ, २००१ देखि २९०० सीसीसम्मका लागि ७ हजार ५ सय रुपैयाँ, २९०१ देखि ४००० सीसीसम्मका लागि ९ हजार ५ सय रुपैयाँ तथा ४००० सीसीभन्दा माथिका सवारीका लागि ११ हजार रुपैयाँ कर निर्धारण गरिएको छ।

मध्यम तथा ठूला सार्वजनिक र मालवाहक सवारीको करमा पनि उल्लेख्य वृद्धि गरिएको छ। मिनी ट्रक, मिनी बस तथा पानी ट्याङ्करको कर ८ हजारबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ भने मिनी टिप्परको कर ९ हजारबाट बढेर ११ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी, ठूला ट्रक र बसले अब वार्षिक १२ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्नेछ, जुन यसअघि १० हजार ५ सय रुपैयाँ थियो। डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेनजस्ता हेभी उपकरण तथा तेल ट्याङ्कर, ग्यास बुलेट र ठूला टिप्परको कर पनि १५ हजार ५ सयबाट बढाएर १७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

कृषि तथा साना सार्वजनिक सवारी साधनहरू पनि कर वृद्धिबाट अछुतो रहेनन्। ट्र्याक्टर, अटो रिक्सा, थ्री–ह्विलर र टेम्पोको वार्षिक कर २ हजार ५ सयबाट बढेर ३ हजार ५ सय रुपैयाँ पुगेको छ भने पावर टिलरको कर २ हजारबाट बढाएर ३ हजार रुपैयाँ बनाइएको छ।

विद्युतीय सवारी साधनतर्फ पनि नयाँ करदर लागू गरिएको छ। ५० किलोवाटसम्म क्षमताका विद्युतीय सवारीले ४ हजार रुपैयाँ, ५० देखि १२५ किलोवाटसम्मका सवारीले ५ हजार रुपैयाँ, १२५ देखि २०० किलोवाटसम्मका सवारीले ७ हजार ५ सय रुपैयाँ र २०० किलोवाटभन्दा माथिका सवारीले ९ हजार ५ सय रुपैयाँ वार्षिक कर तिर्नुपर्नेछ।

यस्तै, विद्युतीय ई–रिक्साका लागि ३ हजार ५ सय रुपैयाँ र भाडाका दुईपाङ्ग्रे सवारी साधनका लागि ३ हजार रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ।

सरकारको यो निर्णयसँगै सार्वजनिक यातायात, ढुवानी तथा व्यावसायिक सवारी सञ्चालनको लागत बढ्ने अनुमान गरिएको छ। व्यवसायीहरूले कर वृद्धिले अन्ततः यात्रु र उपभोक्तामाथि नै थप आर्थिक भार पर्न सक्ने बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...

१२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो काठमाडौं महानगरले, सहभागीले भने– ‘मन हलुका भयो’

काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...

घरजग्गा व्यवसाय संकटमा, नीतिगत सहजीकरण गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...

साताभर देशभर वर्षाको सम्भावना, कोशी–बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...

बजेट ‘गैरजिम्मेवार र हावादारी’ रहेको एमालेको निष्कर्ष, संसद् नियमावली संशोधनको प्रतिरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...

राप्रपामा विभाजनको चर्चा बीच पूर्वअध्यक्षहरूको आह्वान– ‘पार्टी नछाडौँ, संगठन निर्माणमा जुटौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending