Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

१२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो काठमाडौं महानगरले, सहभागीले भने– ‘मन हलुका भयो’

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन महसुस गरिरहेका ज्येष्ठ नागरिकलाई सामाजिक घुलमिल र मानसिक सन्तुष्टि दिलाउने उद्देश्यले वडा कार्यालयले पलाञ्चोकस्थित धार्मिकस्थलमा तीर्थयात्राको आयोजना गरेको हो।

तीर्थयात्रामा सहभागी ज्येष्ठ नागरिकहरू आफ्नै उमेर समूहका साथीभाइसँग भेटघाट गर्न पाउँदा उत्साहित देखिएका थिए। सामूहिक रूपमा देवी दर्शन, भोजन तथा आपसी कुराकानीले उनीहरूको अनुहारमा खुसी झल्किएको थियो।

८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खाली ले लामो समयपछि यसरी घुम्न पाउँदा निकै आनन्द महसुस भएको बताइन्। यस्तै ७० वर्षीया इन्द्रलक्ष्मी महर्जन ले यस्ता कार्यक्रमले मनका पीडा बिर्सन सहयोग पुग्ने धारणा व्यक्त गरिन्।

त्यस्तै, ७१ वर्षीया मीरा डङ्गोल महर्जन र ७५ वर्षीया हिरामाया महर्जन ले जीवनमा धनसम्पत्तिभन्दा पनि समाजसँगको सम्बन्ध, भेटघाट र आत्मीयताले ठूलो महत्व राख्ने अनुभव सुनाए।

७४ वर्षीय गोपाल श्रेष्ठ ले सहरको जीवनमा बढ्दो एक्लोपनबीच आफ्नै उमेर समूहका साथीहरू भेट्न पाउँदा मन हलुका भएको बताए। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै ज्येष्ठ नागरिकका लागि औषधि, उपचार र अन्य सेवामा पनि थप सहजीकरण गर्नुपर्ने सुझाव दिए।

महानगर भवन व्यवस्था समितिका संयोजक तथा वडा नं–११ का अध्यक्ष हीरालाल तण्डुकार ले पछिल्लो समय धेरै ज्येष्ठ नागरिक घरमै एक्लो जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै उनीहरूलाई सामाजिक रूपमा सक्रिय बनाउने उद्देश्यले तीर्थयात्रा कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार वडाभित्र हाल ८५० भन्दा बढी ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा तथा पोषण भत्ता प्राप्त गरिरहेका छन्। यस वर्ष १५१ जनालाई प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले पोषण भत्ता प्रदान गरिएको छ। साथै, पूर्ण अपाङ्गता, अति अशक्त तथा प्यारालाइसिसका कारण कठिन जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई पनि विशेष सहयोग उपलब्ध गराइँदै आएको वडा कार्यालयले जनाएको छ।

महानगरको यो पहलले ज्येष्ठ नागरिकहरूमा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै मानसिक स्वास्थ्य र आत्मविश्वास बढाउन सकारात्मक भूमिका खेलेको सहभागीहरूको अनुभव छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...

१२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो काठमाडौं महानगरले, सहभागीले भने– ‘मन हलुका भयो’

काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...

घरजग्गा व्यवसाय संकटमा, नीतिगत सहजीकरण गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...

साताभर देशभर वर्षाको सम्भावना, कोशी–बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...

बजेट ‘गैरजिम्मेवार र हावादारी’ रहेको एमालेको निष्कर्ष, संसद् नियमावली संशोधनको प्रतिरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...

राप्रपामा विभाजनको चर्चा बीच पूर्वअध्यक्षहरूको आह्वान– ‘पार्टी नछाडौँ, संगठन निर्माणमा जुटौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending