काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा नयाँ नियम र कडाइका साथ व्यवस्था लागू गरेको छ। अब अन्य दलबाट प्रवेश गर्ने व्यक्तिले ९० दिन (तीन महिना) पूरा गरेपछि मात्र उम्मेदवार क्लबमा दर्ता हुन पाउने व्यवस्था गरिएको छ।
पार्टी केन्द्रीय सचिवालयबाट आइतबार पारित “स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा” अनुसार अन्य दल परित्याग गर्नेहरूका लागि तीन महिनाको कुलिङ पिरियड तोकिएको छ। त्यसपछि मात्र उनीहरू उम्मेदवार क्लबमा सहभागी हुन सक्नेछन्।
पहिलोपटक पार्टी सदस्यता लिने वा अन्य कुनै दलमा आवद्ध नभएका व्यक्तिका लागि भने सदस्यता लिएको ४५ दिनपछि उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाइने व्यवस्था गरिएको छ।
तर, समाजमा प्रतिष्ठित, विज्ञ वा विशेष क्षमता भएका व्यक्तिहरूका लागि “ल्याटरल इन्ट्री” को व्यवस्था गरिएको छ। यस्तो अवस्थामा कुलिङ पिरियड लागू नहुने भए पनि पार्टीको नेतृत्व एकेडेमीको प्रशिक्षण र छनोट प्रक्रियामा सहभागी हुनुपर्ने अनिवार्य गरिएको छ।
उम्मेदवार छनोटलाई पारदर्शी र संरचित बनाउन रास्वपाले तीन तहको प्रक्रिया लागू गरेको छ। जसमा उम्मेदवार क्लब, नेतृत्व एकेडेमी प्रशिक्षण र छनोट परीक्षण समावेश छन्। पालिका र वडा स्तरमा छुट्टाछुट्टै उम्मेदवार क्लबको व्यवस्था गरिएको छ।
वडा अध्यक्ष तथा वडा सदस्यका लागि सम्बन्धित पालिका र जिल्ला समितिको लिखित सहमति आवश्यक पर्नेछ। नगरपालिकाका प्रमुख तथा उपप्रमुखका आकांक्षीका लागि जिल्ला र प्रदेश समितिको सहमति अनिवार्य हुनेछ। उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारका लागि केन्द्रीय समितिको सहमति चाहिनेछ।
उम्मेदवार छनोटमा चार मुख्य मापदण्ड निर्धारण गरिएको छ— नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र प्रारम्भिक निर्वाचन।
नेतृत्व क्षमताका लागि २५ प्रतिशत भाराङ्क तोकिएको छ, जसमा वैचारिक र व्यवहारिक क्षमता, राजनीतिक संस्कार र जनसेवा मूल्यांकन गरिनेछ। राजनीतिक निकटता मापदण्ड अन्तर्गत विगतको पृष्ठभूमि, जनसम्बन्ध, अनुशासन र सक्रियता मूल्यांकन गरिनेछ, जसको भाराङ्क पनि २५ प्रतिशत छ।
समावेशिताका लागि १० प्रतिशत भाराङ्क छुट्याइएको छ भने प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार दिइएको छ। यस अन्तर्गत सम्बन्धित पालिकाका पार्टी सदस्यहरूले मतदानमार्फत उम्मेदवार चयनमा भूमिका खेल्नेछन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: