Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताबाट सञ्चालनमा ल्याउन निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो सातादेखि सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

सुरुङमार्गको अनुगमनका क्रममा उनले अब कुनै पनि बहानामा सञ्चालनमा ढिलाइ गर्न नहुने स्पष्ट पारे। पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन हुन नसकेकोप्रति उनले असन्तुष्टि पनि व्यक्त गरे।

उनका अनुसार परियोजनाले सुरुमा २०८२ माघभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखे पनि पछि साउनको दोस्रो सातासम्म समय सारिएको छ। आफैं समयसीमा तोक्ने र फेरि ढिलाइ गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने उनले बताए।

सभापति गजुरेलले आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने उल्लेख गरे।

उनले आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएका कमजोरीप्रति पनि असन्तुष्टि जनाउँदै समयमै सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ सरकारलाई विगतकै गल्ती दोहोऱ्याउने छुट छैन- एमाले सांसद कँडेल

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिक...

मन्त्रालयमै मन्त्री पुनको निवासको व्यवस्थापन, नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ। नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजन...

कैलालीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...

सिंहदरबारमा सर्वदलीय बैठक जारी, सदनको अवरोध अन्त्यबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित संसद्को कार्यव्यवस्था परामर्श हलमा सर्वदलीय बैठक जारी छ।...

सहकारी ठगी आरोपमा इन्द्रेणी सहकारीका अध्यक्ष पक्राउ

लेखनाथ। बाँकेको नेपालगन्जस्थित एक सहकारी संस्थाका अध्यक्षलाई ठगी आरोपमा कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले मङ्गलबार पोखरा महान...

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेको लागि सर्‍यो

काठमाडौं । निर्धारित समयमै सुरु हुन नसकेपछि प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो २ बजेसम्मका लागि सारिएको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कार...

कर हेरफेर आरोपमा छानबिनको मागप्रति अर्थमन्त्री वाग्ले आक्रोशित, ‘संसद् त्यति सस्तो होइन’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका दर हेरफेर गरिएको भन्ने आरोपका आधारमा जथाभावी संसदीय छानबिनको माग नगर्न विपक्षी दलहरूलाई आग्रह गरेका छ...

संसद् अवरोधप्रति अर्थमन्त्री वाग्लेको असन्तुष्टि, बजेटमाथि छलफल रोकिएको गुनासो

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जारी अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। संसद् अवरुद...

गस्तीबाट फर्किने क्रममा प्रहरी जवानको मृत्यु

दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending