सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो, भने सुजन गन्धर्व ले आठ वर्षदेखि यही पेशालाई जीवनयापनको आधार बनाएका छन्।
उनीहरू यतिबेला धरान श्रम संस्कृति पार्क मा दैनिकजसो बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सारङ्गी र मादलको साथमा गीत गाएर जीविकोपार्जन गर्दै आएका छन्। एक जनाले मादल बजाउँछन् भने अर्काले सारङ्गी रेट्दै गीत गाउँछन्—यही उनीहरूको दैनिकी बनेको छ।
पार्कमा घुम्न आउने सर्वसाधारण तथा पर्यटकलाई उनीहरूको मधुर धुनले आकर्षित गर्छ। दर्शकले स्वेच्छाले दिने रकम नै उनीहरूको मुख्य आम्दानीको स्रोत हो।
सुवास गन्धर्व भन्छन्, “बाउबाजेले यही सारङ्गी रेटेर हामीलाई हुर्काउनुभयो, मैले पनि त्यही परम्परा समातेको हुँ।” उनले नेपालका विभिन्न सहरसँगै भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाइसकेका छन्। उनी द भ्वाइस अफ नेपाल मा समेत सहभागी भई ब्याटल चरणसम्म पुगेका थिए भने ‘इन्द्रेणी’ कार्यक्रममा पनि प्रस्तुति दिएका छन्।
यद्यपि विभिन्न कार्यक्रममा सहभागिता जनाए पनि अपेक्षित आम्दानी नभएपछि पुनः सडकमै सारङ्गी बजाएर जीवन धान्न थालेको उनी बताउँछन्।
त्यस्तै, सुजन गन्धर्वले भारतको दार्जिलिङमा रोजगारी गरेर फर्किएपछि परम्परागत पेशालाई निरन्तरता दिएका हुन्। “सारङ्गी बजाएर गीत गाउनु हाम्रो पहिचान हो,” उनी भन्छन्, “तर नयाँ पुस्ता अन्य पेशातर्फ आकर्षित हुँदा यो मौलिक कला संकटमा पर्न थालेको छ।”
आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला गन्धर्व समुदायको परम्परागत पेशा जोगाउन चुनौती थपिँदै गएको छ।
नेपालका भोजपुर, कास्की, तनहुँ, लमजुङ, गोरखा, चितवन, बागलुङ, पाल्पा, दैलेख र सुर्खेतलगायत जिल्लामा बसोबास गर्ने गन्धर्व समुदाय नेपाली लोकसङ्गीतका पुराना संवाहक मानिन्छन्। सारङ्गी र मादलको धुनमार्फत लोकसंस्कृति जोगाउँदै आएका उनीहरू आज पनि संघर्ष गर्दै परम्परा जोगाइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...
बैशाख ३० गते, २०८३ - १९:०३
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...
बैशाख ३० गते, २०८३ - १८:५७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...
बैशाख ३० गते, २०८३ - १८:४६
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...
बैशाख ३० गते, २०८३ - १८:४१
सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...
बैशाख ३० गते, २०८३ - १८:३४
काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...
बैशाख ३० गते, २०८३ - १८:२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...
बैशाख ३० गते, २०८३ - १८:१९
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...
बैशाख २९ गते, २०८३ - १९:४६
जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...



प्रतिकृया लेख्नुहोस्: