काठमाडौँ । गृह मन्त्रालयमार्फत उपलब्ध गराइएका सरकारी सवारीसाधन एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको छ।
गृह मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई सवारीसाधन उपलब्ध गराइएको हो।
शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले मन्त्रालयबाट उपलब्ध गराइएका दुई वटा सरकारी सवारीसाधन प्रयोग गरिरहेका छन्।
त्यस्तै पूर्वप्रधानमन्त्रीहरू लोकबहादुर चन्द, बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मीले एक–एक वटा सरकारी सवारीसाधन प्रयोग गरिरहेका छन्।
यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सवारीसाधन प्रयोग गरिरहेका विशिष्ट व्यक्तिहरूको विवरण माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। गृह मन्त्रालयले उक्त विवरण प्रधानमन्त्री कार्यालयलाई पठाइसकेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयबाट मागिएको विवरण पठाइसकिएको जानकारी दिएका छन्।
यता, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्डविपरीत प्रयोग भइरहेको सरकारी सवारीसाधन बुधबार प्रधानमन्त्री कार्यालयलाई फिर्ता गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - १७:१४
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...
श्रावण २३ गते, २०८३ - १७:०४
नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...
श्रावण २३ गते, २०८३ - १६:५०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...
श्रावण २३ गते, २०८३ - १६:१९
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...
श्रावण २३ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...
श्रावण २३ गते, २०८३ - १५:५८
कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...
श्रावण २३ गते, २०८३ - १४:४९
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...
श्रावण २३ गते, २०८३ - १४:३४
पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...
श्रावण २३ गते, २०८३ - १४:२३
सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...
श्रावण २३ गते, २०८३ - १४:०३
धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...



प्रतिकृया लेख्नुहोस्: