Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

गुमनाम बन्दै नेकपा, मौन नेतृत्वले कार्यकर्ता अन्योलमा

खबरडबली संवाददाता

काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक रूपमा कम देखिन थालेपछि कार्यकर्तामा अन्योल र निराशा बढ्दै गएको छ ।

सरकार र संसद्मा प्रभावशाली उपस्थिति भए पनि पछिल्लो समय पार्टीभित्र स्पष्ट राजनीतिक दिशा, सक्रिय कार्यक्रम र जनतामाझ देखिने गतिविधिको अभाव देखिएको छ । नेताहरू सार्वजनिक्कक बहस र संगठनात्मक गतिविधिमा निष्क्रिय बन्दै जाँदा तल्लो तहका कार्यकर्ताले पार्टीको भावी रणनीतिबारे स्पष्ट सन्देश पाउन सकेका छैनन् ।

पार्टीभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद, गुटगत राजनीति र नेतृत्वबीचको दूरीले संगठन कमजोर बनेको कार्यकर्ताहरू बताउँछन् । स्थानीय तहदेखि केन्द्रसम्मका धेरै नेता कार्यकर्तासँग सम्पर्कविहीन जस्तै बनेका छन् ।

कतिपय कार्यकर्ताले नेतृत्वको मौनतालाई “राजनीतिक अन्योल” को संकेतका रूपमा लिन थालेका छन् । उनीहरूका अनुसार जनतासँग प्रत्यक्ष जोडिने अभियान, वैचारिक बहस र संगठन सुदृढीकरणका कार्यक्रम नहुँदा पार्टीको प्रभाव खुम्चिँदै गएको छ ।

राजनीतिक विश्लेषकहरू भने जनतामाझ निरन्तर उपस्थित हुन नसक्ने दल क्रमशः कमजोर बन्दै जाने बताउँछन् । उनीहरूका अनुसार नेतृत्वले समयमै स्पष्ट दिशा, सक्रियता र संगठनात्मक ऊर्जा दिन नसके नेकपाले आफ्नो पुरानो प्रभाव गुमाउने खतरा बढ्दै जानेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको एक्सन, एकै दिन ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...

बिटुमिन अभावले रोकियो अरनिको राजमार्ग स्तरोन्नति, दुई महिनादेखि कालोपत्रे ठप्प

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...

विनियोजन विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...

संघीय संसदका तीन समितिको बैठक आज, बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...

धवलागिरीका घुम्ती गोठ संकटमा

म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...

विपद्जन्य घटनाबाट एकै महिनामा झापामा १० करोड बढीको क्षति

झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...

भेडेटारको नयाँ पहिचान : चिसो हावा मात्रै होइन, अर्ग्यानिक तरकारीको पनि हब

धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफू...

आजको मौसम : पहाडमा वर्षा, तराईमा गर्मीको असर

काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेश...

सम्पत्ति शुद्धीकरण मुद्दा : सुलभ अग्रवाल र दीपक भट्ट पुर्पक्षका लागि थुनामा

काठमाडौं  । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending