Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

खबरडबली संवाददाता

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको छ भने सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने बजेट अभाव र सुस्त कार्यान्वयनका कारण अझै अधुरै रहेको छ।

तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरको लगानीमा करिब ६० करोड रुपैयाँ लागतमा ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान निर्माण भइरहेको छ। ६ बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भिआइपी बक्सलगायतका संरचना निर्माणको काम जारी छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा रङ्गशालाका ब्रान्ड एम्बेसडर शक्ति गौचन का अनुसार मैदान राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न तयार भइसकेको छ। हाल दुईदेखि तीन हजार दर्शक अट्ने क्षमता रहेको रङ्गशालालाई आगामी दिनमा १५ देखि २० हजार दर्शक क्षमतामा विस्तार गर्ने योजना छ।

रङ्गशालासँगै आवासीय सुविधासहितको क्रिकेट एकेडेमी सञ्चालन गरी दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ। यसले खेलकुदसँगै पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

लगानीकर्ता पक्षले भने मैदानसम्म पुग्ने सडक, विद्युत् तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा सरकारको सहयोग आवश्यक रहेको बताएका छन्। उनीहरूले रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग आवश्यक नभए पनि पहुँचमार्ग र सार्वजनिक पूर्वाधार विकासमा राज्यको भूमिका अपरिहार्य रहेको धारणा राखेका छन्।

यता, भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्ने सरकारी योजना भने वर्षौंदेखि अलपत्र छ। विसं २०६८ मा सुरु गरिएको उक्त परियोजनाको हालसम्म करिब १६ प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ।

रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार पर्याप्त बजेट विनियोजन नहुनु र बहुवर्षीय योजनाअन्तर्गत कार्यान्वयन नगरिनु परियोजना सुस्त हुनुका मुख्य कारण हुन्। हालसम्म करिब १२ करोड रुपैयाँ खर्च भए पनि अधिकांश संरचना निर्माण हुन बाँकी छन्।

प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको रङ्गशाला अहिले सम्पन्न गर्न ७० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।

खेलकुद क्षेत्रका सरोकारवालाले क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सरकारी रङ्गशाला निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार निजी क्षेत्रको उत्साहजनक लगानीले रुपन्देहीलाई क्रिकेटको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार पारेको छ भने सरकारी परियोजनाले पनि त्यसअनुरूप गति लिन आवश्यक छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending