Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

अध्यादेशले हटाइएकै डिन फेरि जिम्मेवारीमा, केयूमा निर्णय कि प्रयोगशाला ?

खबरडबली संवाददाता

काठमाडौं  । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फेरि निमित्त डिन बनाएपछि विश्वविद्यालयभित्र अन्योल मात्रै होइन, कानुनी प्रश्नसमेत उठेको छ ।

निमित्त उपकुलपति प्रा.डा. ऋषिकेश वाग्लेले सोमबार पुरानै डिनहरूलाई जिम्मेवारी दिए । तर, त्यही वाग्लेले यसअघि २३ वैशाखमा सहायक डिनहरूलाई जिम्मेवारी दिएका थिए ।

अर्थात्, एउटै कुर्सीमा छोटो समयमै दुई फरक आदेश । अब प्रश्न उठेको छ । केयूमा आधिकारिक डिन को ? पहिलो पत्र सही कि दोस्रो ? विश्वविद्यालयभित्र अहिले यही अन्योलले चर्चा पाएको छ ।

अध्यादेशले हटायो, प्रशासनले फर्कायो

राष्ट्रपति रामचन्द्र पौडेलले १९ वैशाखमा जारी गरेको अध्यादेशपछि केयूका डिनहरू पदमुक्त भएका थिए । त्यसपछि रिक्तता व्यवस्थापन भन्दै सहायक डिनलाई जिम्मेवारी दिइयो । तर, दीक्षान्त समारोह नजिकिँदै जाँदा फेरि पुरानै डिनहरूलाई जिम्मेवारी फर्काइएको छ ।

अब प्राध्यापकहरू प्रश्न गरिरहेका छन् यदि अध्यादेशले पदमुक्त गरिसकेको हो भने उनीहरूलाई कुन कानुन टेकेर फेरि जिम्मेवारी दिइयो ?

‘तात्कालिक व्यवस्था’ कि प्रशासनिक गोलमाल ?

निमित्त उपकुलपति वाग्ले भने यो “तात्कालिक व्यवस्था” भएको बताउँछन् । उनका अनुसार दीक्षान्त समारोहका कारण तत्काल काम चलाउन पुरानालाई जिम्मेवारी दिइएको हो ।

तर, विश्वविद्यालयभित्र धेरैले यसलाई “कामचलाउ निर्णय” भन्दा बढी “प्रशासनिक गोलमाल” का रूपमा हेरेका छन् ।

किनकि, एकपटक पदमुक्त भइसकेका व्यक्तिलाई फेरि फर्काउँदा विश्वविद्यालयको निर्णय प्रक्रिया नै प्रश्नमा परेको छ ।

शिक्षामन्त्रीसँग सल्लाह गरेर निर्णय

वाग्लेले शिक्षामन्त्री सस्मित पोखरेलसँग परामर्श गरेर नै निर्णय गरिएको बताएका छन् ।  तर, यसले अर्को प्रश्न जन्माएको छ ।  विश्वविद्यालयको स्वायत्तता कहाँ गयो ? केयूको प्रशासन अब मन्त्रालयको ‘कन्सल्टेन्सी मोडेल’ मा चल्ने हो ?

प्राध्यापकको अल्टिमेटम

निर्णयप्रति असन्तुष्ट प्राध्यापकहरूको टोली मंगलबार उपकुलपतिको कार्यकक्षमै पुगेको थियो । उनीहरूले १० दिनभित्र विश्वविद्यालय सभा बोलाएर उपकुलपति छनोट समिति गठन गर्न अल्टिमेटम दिएका छन् ।

प्राध्यापकहरूको भनाइ स्पष्ट छ । अस्थायी टालटुलले विश्वविद्यालय चल्दैन । नयाँ पदाधिकारी ल्याउने प्रक्रिया तत्काल सुरु हुनुपर्छ । अहिले केयूमा पढाइभन्दा बढी चासो प्रशासनिक कुर्सीको छ । डिन को ? आदेश कुन मान्ने ? अध्यादेश ठूलो कि नयाँ पत्र ?

यी प्रश्नको स्पष्ट जवाफ नआउँदासम्म विश्वविद्यालयभित्रको अन्योल अझ गहिरिने देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending