Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

सेयर बजारमा उत्साह : नेप्से ३० अंकले बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.०८ अंक अर्थात् १.१० प्रतिशतले बढेर २७५४ अंकमा पुगेको छ। यो दिनभरकै उच्च अंक पनि हो।

बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन ३ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार सुरु भएदेखि अन्तिम समयसम्म बजार सकारात्मक अवस्थामा कायम रह्यो।

आज कुल २४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ। एनएलजी इन्स्योरेन्सको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक हरियो बनेका छन्।

हाइड्रोपावर तथा होटल–पर्यटन समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले बढे। त्यस्तै व्यापार समूह १.५१ प्रतिशत, फाइनान्स १.४० प्रतिशत, लगानी १.१५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१५ प्रतिशत, जीवन बीमा ०.९७ प्रतिशत, बैंकिङ ०.७३ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, विकास बैंक र निर्जीवन बीमा ०.४४ प्रतिशत तथा अन्य समूह १.०९ प्रतिशतले बढेका छन्।

आज अपर लोहोरेखोला जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो। माउन्टेन हाइड्रो नेपालको मूल्य ११.८८ प्रतिशत, बुंगल हाइड्रोको ७.५१ प्रतिशत, शिखर पावरको ६.१२ प्रतिशत तथा सिटी होटलको ५.९० प्रतिशतले बढेको छ।

यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घटेको छ। बोटलर्स नेपाल बालाजुको मूल्य ३ प्रतिशत तथा कुथेली बुखरी हाइड्रोपावरको २.०७ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर तथा नेसनल हाइड्रोपावर परेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending