काठमाडौं । अभिनेता राजेश हमाल ले अहिलेको ‘भाइरल संस्कृति’ ले पत्रकारिता र सामग्रीको गम्भीरता कमजोर बनाउँदै लगेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ कार्यक्रममा बोल्दै उनले क्लिक र एल्गोरिदमको होडले गुणस्तरीय पत्रकारितामाथि चुनौती थपेको टिप्पणी गरे ।
उनले अहिलेको समयलाई “सूचनाको बाढी आएको युग” भन्दै पाठकको ध्यान तान्नकै लागि सामग्रीको स्तरमा सम्झौता हुन थालेको बताए । “आज हामी यस्तो अवस्थामा पुगेका छौँ जहाँ भाइरल हुने दौडमा विषयको गहिराइ हराउँदै गएको छ,” हमालले भने ।
हमालले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै दुवै क्षेत्रले समयसँगै ठूलो परिवर्तन भोगेको बताए । उनले आफ्नो पहिलो अन्तर्वार्ताको अनुभव सुनाउँदै विगतमा चलचित्र क्षेत्रलाई पेशा नै नमानिने अवस्था रहेको स्मरण गरे ।
“मैले पहिलो चलचित्र गर्दा एक पत्रकारले ‘काम चाहिँ के गर्नुहुन्छ ?’ भनेर सोध्नुभएको थियो,” उनले भने, “त्यतिबेला चलचित्र क्षेत्रमा लाग्नु भनेको सौख पूरा गर्नुजस्तो मानिन्थ्यो ।”
उनले अहिले प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र भ्रामक सूचनाले सत्य र असत्य छुट्याउनै कठिन बनाएको बताए । यस्तो अवस्थामा पत्रकारिताले झन् जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने उनको जोड थियो ।
हमालको भनाइले अहिलेको डिजिटल पत्रकारितामाथि उठिरहेका प्रश्नलाई फेरि सतहमा ल्याएको छ— समाचार गहिरो बनाउने कि भाइरल ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: