Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

सुदूरपश्चिममा फेरिँदै सत्ता खेल : मुख्यमन्त्री अब नेकपाको भागमा ?

खबरडबली संवाददाता

धनगढी । संघीय सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी को उदयपछि प्रदेश राजनीतिमा पनि नयाँ शक्ति समीकरण बन्न थालेको छ । सुदूरपश्चिममा अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने गोप्य–खुला छलफल तीव्र भएको छ ।

तीन दलबीचको प्रारम्भिक समझदारी अनुसार अब सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले पाउने सम्भावना बलियो देखिएको छ । यसो भए अहिलेका मुख्यमन्त्री कमलबहादुर शाह को बहिर्गमन लगभग निश्चित हुने देखिन्छ ।

नेकपाका सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताएका छन् । उनका अनुसार अहिले कांग्रेस, एमाले र नेकपाबीच प्रदेशदेखि केन्द्रसम्म संयुक्त सहकार्यबारे गम्भीर छलफल भइरहेको छ ।

राजनीतिक वृत्तमा चलिरहेको चर्चाअनुसार सातै प्रदेशमा आलोपालो नेतृत्व बाँडफाँट गर्ने गृहकार्य भइरहेको छ । कांग्रेसले तीन प्रदेश, एमालेले तीन प्रदेश र नेकपाले एक प्रदेशको नेतृत्व पाउने खाका तयार भइरहेको बताइन्छ । त्यसैको भागस्वरूप सुदूरपश्चिम नेकपाको भागमा पर्ने सम्भावना बलियो भएको हो ।

यदि नेकपाको नेतृत्वमा सरकार बन्यो भने डडेल्धुराबाट निर्वाचित खगराज भट्ट मुख्यमन्त्री बन्ने चर्चाले तीव्रता पाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशसभामा नेकपा सबैभन्दा ठूलो दलको रूपमा छ । नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी एकीकरणपछि नेकपाका २२ सांसद पुगेका छन् । कांग्रेससँग १८ र एमालेसँग ११ सांसद छन् ।

तर यो नयाँ समीकरण बनेपछि अर्को गम्भीर प्रश्न पनि उठेको छ— प्रदेशसभा प्रतिपक्षविहीन हुने खतरा । कांग्रेस, एमाले र नेकपा एउटै सरकारमा गए सुदूरपश्चिममा विपक्षी बेन्च लगभग खाली हुनेछ । प्रदेशसभामा राप्रपाका एक सांसद मात्रै प्रतिपक्षमा देखिने अवस्था आउन सक्छ ।

सुदूरपश्चिमको राजनीति पछिल्ला साढे तीन वर्षदेखि अस्थिरताको घेरामा छ । २०७९ यता मात्रै प्रदेशले चार वटा सरकार देखिसकेको छ । कहिले एमाले नेतृत्व, कहिले कांग्रेस, कहिले एकीकृत समाजवादी— सत्ता लगातार फेरिँदै आएको छ । अहिले फेरि अर्को सत्ता समीकरण तयार हुँदैछ ।

सत्ता जोगाउने खेलमा दलहरू एक ठाउँमा उभिँदा प्रश्न उठ्न थालेको छ— जनताको मतले बनेको प्रतिपक्ष कमजोर पारेर प्रदेश राजनीति कुन दिशातर्फ जाँदैछ ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending