Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

खाेटाङमा फौजी किराले मकैबाली सखाप पार्दा किसान चिन्तामा

फइल तस्विर
खबरडबली संवाददाता

खोटाङ । खोटाङका विभिन्न ठाउँमा लगाइएको मकैबालीलाई फौजी किराले क्षति पुर्‍याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायतका किसानले छरेको मकैबालीलाई फौजी किराले  क्षति गरेको हो ।

मकैलाई बाँदरबाट जोगाउन संघर्ष गरिरहेका किसानलाई फौजीकिराले सताएको हो । प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवा फौजीकिराले सखाप पारेपछि किसान हैरान बनेका छन् । कतिपय किसानले विषादि प्रयोग गरेर फौजीकिरा नियन्त्रणको प्रयास गरिरहेका छन् ।

फौजी किराले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा लगायतका ठाउँमा लगाइएको मकै बालीमा क्षति पुर्‍याएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी, दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बु लगायतका ठाउँमा लगाइएको मकैबालीमा फौजीकिराको आक्रमण देखिएको छ ।

लफ्याङको तिल्केनी, तित्रीबोटे, पुरानोगाउँ, बास्तोलागाउँ, माझगाउँलगायतका ठाउँमा फौजी किराले मकैबाली सखाप बनाएको स्थानीय राजेन्द्र राईले बताए । सुरुमा खेतमा लगाइएको मकैमा लागेको फौजीकिरा क्रमश: बारीको मकैमा सरेको हो ।

यस्तै, खोटेहाङ गाउँपालिका–८ सिमपानीको बर्रे भाटेश्वारामा चैतमा छरेको मकैमा फौजीकिरा लागेको थियो । किसानले विषादि किनेर हालेपछि केही नियन्त्रणमा आएको थियो तर बैसाखमा छरेको मकैमा पनि फौजीकिरा लागेको स्थानीय शिखर कतिवडा बताउँछन् ।

फौजीकिराले गोडमेल गर्नेबेलाको मकैको बिरुवाको गुवादेखि पात समेत खाएर क्षति पुर्‍याइरहेको छ । फौजीकिराले मकैको कलिलो बिरुवा खाइदिएपछि बढ्न नसक्ने र उत्पादन दिन नसक्ने किसानको अनुभव छ ।

कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाका अधिकांश ठाउँमा लगाइएको मकै बालीमा फौजी किराको आक्रमण देखिएको छ । फौजी किराले ढिलो छरिएका वा पछौटे मकैलाई बढी आक्रमण गर्ने गरेको छ ।

फौजी किरा नियन्त्रणका लागि इमामेक्टीन बेन्जोयड ५ एससी र स्पीनोस्याड ४५ एससीलाई पानीमा मिसाएर ‘स्प्रे’ गर्नुपर्ने कृषि ज्ञान केन्द्रका सहायक बाली संरक्षण अधिकृत हरिनारायण राईको सुझाव छ ।

राईका अनुसार निमको तेल वा वनस्पती विषादि प्रयोग गरेर फौजीकिरा नियन्त्रण गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । केही वर्ष यता जिल्लाका १० वटै स्थानीय तहमा फौजी किराको आतंक फैलिन थालेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

तीन वर्षपछि बल्ल फिर्केमा डोजर

अदालत, राजनीति र अतिक्रमणबीच थुनिएको खोला खुलाउन पोखरा महानगरको ढिलो कदम

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending