रसुवा । रसुवा प्रहरीले ठुलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार गुरुङ भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड) बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रमा उनलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार गुरुङको साथबाट गैरकानुनी रूपमा लुकाइछिपाइ बोकेको एकदेखि १०० सम्म दरका नोट जम्मा ४३ हजार अमेरिकी डलर बरामद गरिएको छ ।
प्रहरीले जनाएअनुसार गुरुङ ३० जना भारतीय तीर्थयात्रीसँग मानसरोवर यात्रामा गइरहेका थिए । सोही क्रममा शङ्कास्पद गतिविधि देखिएपछि जाँच गर्दा ठुलो परिमाणको विदेशी मुद्रा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार
जेष्ठ १२ गते, २०८३ - ०८:४३
अदालत, राजनीति र अतिक्रमणबीच थुनिएको खोला खुलाउन पोखरा महानगरको ढिलो कदम
जेष्ठ १२ गते, २०८३ - ०८:३७
चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्प...



प्रतिकृया लेख्नुहोस्: