Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

गणतन्त्र दिवसमा प्रचण्डको आह्वान : राष्ट्रिय मुद्दामा संवाद र सहकार्य आवश्यक

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक मतभेद भए पनि राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्यलाई राजनीतिक संस्कार बनाउनुपर्ने बताएका छन्।

गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संसदीय व्यवस्थामा राजनीतिक दलहरूबीच मतभेद र संख्यात्मक फरक स्वाभाविक भए पनि राष्ट्रिय हितका विषयमा एकता आवश्यक रहेको उल्लेख गरेका हुन्।

उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताउँदै परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गरेका छन्। साथै नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं शहीदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन्। उनका अनुसार यो व्यवस्था कुनै व्यक्ति वा दलको नभई सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो।

उनले संविधानको मूल मर्म, मूल्य र मान्यतामाथि सम्झौता गर्न नहुने धारणा राख्दै संविधान कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्नुपर्ने बताएका छन्। साथै राज्य सञ्चालनमा रहेका परम्परागत प्रवृत्ति र स्वेच्छाचारिताको अन्त्य आवश्यक रहेको उल्लेख गरेका छन्।

सन्देशमा उनले जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई थप सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान भएको बताएका छन्।

राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको उल्लेख गर्दै उनले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको बताएका छन्।

उनले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्दै आफ्नो सन्देश समाप्त गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending