Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

रोमानियामा खस्यो रुसी ड्रोन

खबरडबली संवाददाता

बुखारेस्ट। युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ । युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानियाले नाटोसँग थप एन्टी-ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार ड्रोनलाई देशको हवाई क्षेत्रमा राडारमार्फत निगरानी गरिएको थियो । त्यसपछि उक्त ड्रोन पूर्वी सहर गलाटीस्थित एउटा अपार्टमेन्ट भवनको छतमाथि खस्दा आगलागी भएको थियो । घटनामा दुई जनालाई सामान्य चोट लागेको छ भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

डेन्यूब नदी किनारमा रहेको गलाटी सहर मोल्दोभा र युक्रेन सीमाको नजिक पर्छ । घटनापछि प्रहरी, आपत्कालीन सेवा र अन्य निकाय तत्काल परिचालित भएका थिए । रोमानियाली सेनाले दुई वटा एफ–१६ लडाकू विमान र एउटा हेलिकप्टर परिचालनको अनुमति दिएको थियो भने स्थानीय बासिन्दालाई सतर्कता सन्देश पठाइएको थियो ।

घटनालाई रोमानियाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनेको छ । मन्त्रालयले नाटोसँग गठबन्धनको हवाई सुरक्षालाई मजबुत बनाउन तथा एन्टी–ड्रोन प्रणालीको तीव्र आपूर्तिको मागसमेत गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले घटनाले ‘रुसको युद्धले अर्को सीमा पार गरेको’ देखाएको टिप्पणी गरेको छन् । 

उनले युरोपेली भूभागको घना बस्ती भएको क्षेत्रमा रुसी ड्रोन खस्दा सर्वसाधारण घाइते भएको उल्लेख गर्दै युरोपेली सङ्घ (इयु)ले पूर्वी सीमाको सुरक्षा थप सुदृढ बनाउने र रुसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेजको तयारी गरिरहेको जानकारी दिए। यसैबिच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देशलाई थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अमेरिकामाथि दबाब बढाइरहेको बताएको छन् । 

स्विडेन भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै उनले इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण अमेरिकी हतियार भण्डार अन्यत्र मोडिँदा युक्रेनका लागि आवश्यक आपूर्ति खतरनाक रूपमा घट्दै गएको चेतावनी दिए। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्धको तीव्रता नियन्त्रण बाहिर जाने जोखिम रहेको भन्दै सुरक्षा परिषदलाई सचेत गराए। 

उनका अनुसार यस वर्षको पहिलो चार महिनामा विगत तीन वर्षको सोही अवधिको तुलनामा बढी सर्वसाधारणको ज्यान गएको छ । उनले तत्काल तनाव घटाउने, कूटनीतिक प्रयास बढाउने तथा पूर्ण र बिना शर्त युद्धविराम लागु गर्न आह्वान गरेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी गोलीकाण्ड छानबिन समिती कप्तानगञ्जमा, स्थानीयसँग सोधपुछ गर्दै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...

मतका आधारमा दललाई सरकारी अनुदान दिनुपर्ने निर्वाचन आयुक्तका उम्मेदवार कार्कीको प्रस्ताव

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...

नारायणी अस्पताल तोडफोड प्रकरण : वडाध्यक्षसहित तीन पक्राउ

पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...

कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

नेपालगन्ज। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी ...

धनुषाको दुर्गम क्षेत्र मैनाबत्तीमा पहिलो पटक पुगे सांसद

ढल्केबर। धनुषाको दुर्गम क्षेत्र मानिने गणेशमान चारनाथ नगरपालिका–५ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य राजकिशोर महतो पुगेको छन्। त्यस क्षेत्रको स्थलगत अवल...

कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।...

प्रधानमन्त्री र गृहमन्त्री दुवैले आफ्नो जिम्मेवारीअनुसार काम गरिराख्नुभएको छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यक...

सुनसरी घटनामा सर्वदलीय बैठकको साझा अपिल, प्रधानमन्त्रीले बैठक नबोलाएकोमा लिङ्देनको असन्तुष्टि

काठमाडौं । सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाका विषयमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने निर्णय गरेक...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १...

सुनसरी घटनामा दलहरू एक ठाउँमा, संयुक्त अपिल जारी गर्ने तयारी हुँदे

काठमाडौं । सुनसरीमा भएको घटनाप्रति साझा धारणा बनाउन प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending