Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

सुकुमवासी बस्ती हटाउँदा राज्य क्रूर बन्यो : प्रदीप पौडेल

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने क्रममा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको बताएका छन्।

शुक्रबार सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘विस्थापनको व्याकुलता: शहरी सुकुमवासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै उनले बस्ती खाली गराउनुअघि पर्याप्त समय, वैकल्पिक व्यवस्था र सहज वातावरण उपलब्ध नगराई बल प्रयोग गरिएको भन्दै आपत्ति जनाए।

पौडेलले बस्तीमा रहेका सबै व्यक्तिहरू जग्गा कब्जा गर्ने उद्देश्यले मात्रै नबसेको उल्लेख गर्दै त्यहाँ वास्तविक सुकुमवासीसमेत रहेको बताए। उनका अनुसार बस्ती हटाउनुअघि वास्तविक सुकुमवासी र अन्य व्यक्तिको स्पष्ट वर्गीकरण गरेर सोहीअनुसार व्यवस्थापन र समयसीमा निर्धारण गरिनुपर्थ्यो।

उनले बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलतालाई पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाए। विद्यालय जाने बालबालिका, सुत्केरी महिला तथा नियमित औषधि सेवन गर्ने वृद्धवृद्धाको अवस्थाप्रति राज्य संवेदनशील बन्न नसकेको उनको भनाइ थियो।

उनले भने, “घरको मूल व्यक्तिको गल्ती भए पनि बालबालिका र सुत्केरी आमाहरूको के दोष थियो ? यस्तो कार्यले सबै उमेर समूहका मानिसमा गहिरो मानसिक चोट र तनाव सिर्जना गरेको छ।”

पौडेलले वैकल्पिक व्यवस्था र मनोवैज्ञानिक परामर्शबिना गरिएको विस्थापनले प्रभावित परिवारहरूमा ठूलो मानसिक आघात पुगेको बताए। साथै, राज्यले जिम्मेवार ढंगले समस्या समाधान गर्नुको सट्टा हेलचेक्र्याइँ गरेको आरोपसमेत लगाए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक...

लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड छात्रवृत्ति

काठमाडौँ। सरकारले लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष...

रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ

काठमाडौं। सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट...

बाल पोषण भत्तामा दोब्बर वृद्धि

काठमाडौँ। सरकारले बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्...

शिक्षा क्षेत्रको सुधारका लागि दुईसय १८ अर्व ३० करोड

काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि दुई सय १८ अर्व ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा। स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–...

खानेपानीको बजेट ३७ अर्व १७ करोड

काठमाडौँ । सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८...

नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाल टेलिकम को बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट...

२५ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने सरकारको योजना

काठमाडौं। सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट स...

सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने

काठमाडौँ। सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत...

करका दरमा बृहत् पुनरावलोकन, व्यक्तिगत आयकर दर दश प्रतिशतले घट्यो

काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई दश प्रतिशत घटाएको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending