काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य स्वीकार्य नभएको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
कांग्रेसकी प्रमुख सचेतक बासना थापा ले संसद्मा दर्ता भइसकेको विधेयकका प्रावधानहरू मन्त्रालयले आफूखुसी संशोधन गरेको देखिएको र यसलाई आर्थिक अपराधका रूपमा बुझिएको बताएकी छन्।
उनले भनिन्, “यो विषयमा हामी अध्ययन गरिरहेका छौं। प्रारम्भिक रूपमा किर्ते भएको जस्तो देखिन्छ। संसद्लाई नै छलेर करका दरमा मनलाग्दी हेरफेर गरिएको छ। यसबारे संसद्मा आवाज उठाइनेछ। यो राज्यविरुद्धको अपराधजस्तै देखिन्छ।”
उनका अनुसार कांग्रेसले यस विषयमा थप अध्ययन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्ले ले जेठ १५ गते आर्थिक विधेयक संसद्मा प्रस्तुत गरेका थिए। तर त्यसपछि अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको विधेयकमा पटक–पटक संशोधन गरिएको दाबी गरिएको छ।
समाचारअनुसार संसद्मा पेश गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा हाल उपलब्ध संस्करणबीच करसम्बन्धी व्यवस्थामा फरक देखिएको छ। साथै संसद्मा दर्ता भएको विधेयक ४६४ पृष्ठको रहेको जबकि मन्त्रालयको वेबसाइटमा राखिएको पछिल्लो संस्करण ४४८ पृष्ठको रहेको उल्लेख गरिएको छ।
यस विषयले संसद् र सरकारबीचको प्रक्रियागत पारदर्शिता तथा विधेयकको आधिकारिकतामाथि प्रश्न उठाएको भन्दै राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ११:२१
नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...
जेष्ठ २३ गते, २०८३ - ११:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...



प्रतिकृया लेख्नुहोस्: