कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् ।
तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालयको जेठ २२ गतेको निर्णयअनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिइएको हो । उक्त बिदा वर्षे बिदाबाट मिलान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले अत्यधिक तापक्रमका कारण विद्यालयमा नियमित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएको तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले बिदा दिनुपरेको बताए।
उनले भने, “तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरिएको हो । बिदाको अवधिमा अभिभावकहरूले बालबालिकालाई अत्यधिक घामबाट जोगाउन र पर्याप्त पानी पिउन प्रेरित गर्न आवश्यक छ ।”
नगरपालिकाले सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्न तथा बिदापछि नियमित रूपमा पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।पछिल्ला दिनमा बढ्दो गर्मीका कारण कपिलवस्तुसहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित बन्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - २२:००
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...
जेष्ठ २२ गते, २०८३ - २१:३६
ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...
जेष्ठ २२ गते, २०८३ - २१:३०
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...
जेष्ठ २२ गते, २०८३ - २०:१३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...
जेष्ठ २२ गते, २०८३ - २०:०९
काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...
जेष्ठ २२ गते, २०८३ - २०:०२
काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...
जेष्ठ २२ गते, २०८३ - २०:००
काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ । प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...
जेष्ठ २२ गते, २०८३ - १९:५४
झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...
जेष्ठ २२ गते, २०८३ - १९:३७
गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...



प्रतिकृया लेख्नुहोस्: