काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले नेपालको चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको भन्दै संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले भारतले अवलम्बन गरेको नीतिका कारण नेपाली चिया उद्योग गम्भीर समस्यामा परेको उल्लेख गरेका हुन्। उनले यस विषयलाई सरकारले उच्च प्राथमिकताका साथ लिनुपर्ने बताएका छन्।
श्रेष्ठले भारत सरकारसँग तत्काल कूटनीतिक तथा सरकारी तहमा वार्ता गरी सकारात्मक समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार चिया उद्योगमा देखिएको संकटले नेपालको अर्थतन्त्र, रोजगारी र निर्यात व्यापारमा प्रत्यक्ष असर पार्ने भएकाले ढिलाइ नगरी पहल गर्न जरुरी छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतले लिएको नीतिका कारण नेपालको चिया उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएको छ। यस संकटको समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक निष्कर्ष निकाल्न सरकारसँग जोडदार अनुरोध गर्दछु।”
श्रेष्ठले चिया क्षेत्र नेपालको महत्वपूर्ण निर्यातमुखी उद्योग भएकाले यसमा आएको अवरोधले हजारौं श्रमिक, किसान तथा व्यवसायी प्रभावित हुने उल्लेख गरेका छन्। त्यसैले सरकारले भारतीय पक्षसँग तत्काल संवाद गरी समस्या समाधानतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १३:१९
सिरहा। सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध...
श्रावण ९ गते, २०८३ - १३:०२
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...
श्रावण ९ गते, २०८३ - १२:३८
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...
श्रावण ९ गते, २०८३ - १२:२१
धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...
श्रावण ९ गते, २०८३ - ११:५०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...
श्रावण ९ गते, २०८३ - ११:३५
फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...
श्रावण ९ गते, २०८३ - ११:१८
बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...



प्रतिकृया लेख्नुहोस्: