Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

जमुनाहा नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय बरामद

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाकामा नियमित जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैडल रिक्सा (साइकल रिक्सा) बाट उक्त रकम बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी हेडक्वार्टर बाँकेले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी हेडक्वार्टर बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा राखिएको सामानको बोरा खानतलासी गर्दा पाँच लाख भारतीय रुपियाँ फेला परेको हो। उनका अनुसार बरामद रकम कसको हो भन्ने विषयमा कसैले जिम्मेवारी नलिएपछि उक्त रकम बेवारिसे अवस्थामा फेला परेको मानिएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको पाँच लाख भारतीय रुपियाँ आवश्यक कानुनी प्रक्रियाका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको सीमा सुरक्षा गुल्म जमुनाहाले जनाएको छ।

पछिल्लो समय अवैध गतिविधि तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले मुख्य नाका र सहायक नाकामा निगरानी कडा बनाएको छ। सोही क्रममा भारतबाट ल्याइने अवैध सामान तथा स्रोत नखुलेका रकम बरामद हुने क्रम बढेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले कमान्ड सम्हालेपछि लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लामा हुने अवैध गतिविधिविरुद्ध सुरक्षा निगरानी थप कडा बनाइएको जनाइएको छ।

नायब महानिरीक्षक अधिकारीले सीमा अपराध नियन्त्रण, अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी विशेष योजना र रणनीतिअनुसार परिचालन भइरहेको बताएको छन्। उनले सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी दिनरात नभनी खटिरहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा, तत्काल नयाँ मन्त्री नपठाइने: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...

एलपी ग्यासको सुरक्षा, गुणस्तर र अनुदान प्रणाली सुधार गर्न सांसदहरूको सरकारसँग माग

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...

रौतहटमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, थप उपचारका लागि कीर्तिपुर रिफर

रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...

सिंहदरबार अगाडि बाइक पार्किङ गरेर प्रदर्शन, अनेरास्ववियुका नेता–कार्यकर्ता पक्राउ

काठमाडौं। सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा का...

जमुनाहा नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय बरामद

नेपालगन्ज। बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म ज...

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending