काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिइसकेको र तत्काल नयाँ मन्त्री नियुक्तिका लागि नाम सिफारिस नगरिने जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेश सरकारको विषय अन्य प्रदेश सरकारको सम्भावित पुनर्गठनसँगै टुंग्याइनेछ।
केही समयअघि कांग्रेस र एमालेबीच प्रदेश सरकारहरूको नेतृत्व परिवर्तन र पुनर्गठनबारे छलफल भएको थियो। बजेट पारित भएपछि प्रदेश सरकारहरूमा हेरफेर गर्ने समझदारीअनुसार अब त्यस प्रक्रियालाई अघि बढाउने तयारी भइरहेको कांग्रेसको भनाइ छ।
उपसभापति शर्माले कर्णालीका मन्त्रीहरूको सामूहिक राजीनामालाई दुई दलबीच यसअघि भएको राजनीतिक सहमतिका निरन्तरताका रूपमा बुझ्नुपर्ने बताए।
बुधबार कर्णाली प्रदेश सरकारबाट कांग्रेसका तर्फबाट सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।
राजीनामा दिएका मन्त्री सुरेश अधिकारीले कांग्रेस र एमालेबीच मुख्यमन्त्रीको नेतृत्व आलोपालो गर्ने सहमति भएको दाबी गर्दै उक्त सहमति कार्यान्वयनमा एमाले इमानदार नदेखिएकाले सामूहिक रूपमा राजीनामा दिएको बताए।
हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेका मुख्यमन्त्री यामलाल कँडेलले गरिरहेका छन्। उनी २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसबेला तत्कालीन माओवादी केन्द्रको समर्थनमा सरकार गठन भएको थियो। केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि कांग्रेस–एमाले गठबन्धन बनेको र त्यसअनुसार २०८१ साउनमा कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो।
कांग्रेसले तत्काल नयाँ मन्त्री नपठाउने निर्णयसँगै कर्णाली प्रदेश सरकारको आगामी राजनीतिक समीकरण र नेतृत्व परिवर्तनबारे थप चासो बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १२:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...
आषाढ़ ३१ गते, २०८३ - १२:१५
काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...
आषाढ़ ३१ गते, २०८३ - ११:५८
तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...
आषाढ़ ३१ गते, २०८३ - ११:४६
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...
आषाढ़ ३१ गते, २०८३ - ११:३३
काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...
आषाढ़ ३१ गते, २०८३ - ११:१२
रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...
आषाढ़ ३१ गते, २०८३ - १०:४२
काठमाडौं। सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा का...
आषाढ़ ३१ गते, २०८३ - १०:३४
नेपालगन्ज। बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म ज...
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...



प्रतिकृया लेख्नुहोस्: