काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि त्यसबारे कसैले चर्चा नगरेको टिप्पणी गरेका छन्।
आइतबार एमालेका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अघिल्लो वर्ष वैदेशिक रोजगारीका विषयलाई लिएर व्यापक आलोचना भएको स्मरण गराउँदै अहिले भने अझ बढी युवा विदेशिएको तथ्य हुँदाहुँदै पनि मौनता छाएको बताए।
“पोहोर यतिबेला ‘विदेश मान्छे पठाइयो, विदेश गए’ भनेर निकै हल्ला गरिएको थियो। तर अहिले पोहोरभन्दा बढी संख्या बाहिर गएको छ, तर सबै चुपचाप छन्,” उनले भने।
उनले अहिले वैदेशिक रोजगारीका लागि विदेश जानु युवाको अधिकार भएको व्याख्या अघि सारिएको उल्लेख गर्दै राजनीतिक स्वार्थअनुसार एउटै विषयलाई फरक–फरक रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रहेको टिप्पणी गरे।
“पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक भनिएको छ। कुरो र कुलो जता पनि जान्छ भनेजस्तै कतिपयले जनताको हितविपरीत आफ्नो संकीर्ण स्वार्थका लागि विषयलाई बङ्ग्याउने काम गर्छन्,” ओलीले भने।
अध्यक्ष ओलीले यस्ता बङ्ग्याइएका विषयलाई सच्याएर सही सूचना जनतासमक्ष पुर्याउने महत्वपूर्ण माध्यम संसद् भएको बताए। उनले संसद्मा कानुन बनाउने पर्याप्त संख्या नभए पनि जनहितका विषय उठाउने जिम्मेवारी भने निर्वाह गर्नुपर्ने धारणा राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: