Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

मनसुन कमजोर बन्दै, आज सीमित क्षेत्रमा मात्रै भारी वर्षाको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । देशभर मनसुनी प्रणाली केही कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अति भारी वर्षाको जोखिम भने पछिल्ला दिनको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।

मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिन मौसमको समग्र अवस्थामा ठूलो परिवर्तन हुने संकेत छैन। देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा जारी रहने भए पनि एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

हाल गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने यसको प्रभाव क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ। काठमाडौं उपत्यकामा पनि मौसम सामान्य बदली रहेकाले हिजोको तुलनामा आज केही सुधार देखिने महाशाखाले जनाएको छ।

आज हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी र सुदूरपश्चिमका केही पहाडी तथा तराई क्षेत्र र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्छ। यद्यपि अति भारी वर्षाबाट ठूलो जोखिम उत्पन्न हुने अवस्था तत्काल नरहेको मौसमविद्को भनाइ छ।

यद्यपि स्थानीय रूपमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो, बाढी र आकस्मिक जोखिमको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। छोटो अवधिका लागि हवाई तथा सडक यातायातमा सामान्य अवरोध आउन सक्ने भए पनि दिनभर व्यापक असर पर्ने अवस्था नरहेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीको सत्ता समीकरणमा नेकपाको स्पष्ट सन्देश: केन्द्रबाट अझै कुनै निर्देशन आएको छैन

सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...

लुम्बिनीमा सत्ता समीकरण पेचिलो, कांग्रेस–एमाले–नेकपा सबै केन्द्रको संकेतको प्रतीक्षामा

बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...

‘संवैधानिक संकट आए मात्रै प्रदेश सरकारमा जान्छौँः नेकपा नेता दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...

कांग्रेस सांसद अभिषेकप्रताप साह पक्राउ पुर्जीविरुद्ध सर्वोच्च पुगे

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरुद्ध जारी भएको पक्राउ पुर्जी बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। सांसद स...

एमालेसँग सहकार्य अघि बढ्यो, कांग्रेससँग पनि संवाद जारी : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छ...

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

  काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...

कोशी सरकार फेरबदलको बहस तीव्र : कांग्रेस अन्योलमा, वाम गठबन्धनको सम्भावना बलियो

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरदेखि युरोसम्म कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...

पुल बन्यो, बाटो बनेन : जोखिम मोलेर यात्रा गर्न बाध्य डुडुवाका स्थानीय

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...

आयु सकिएको कोशी ब्यारेज : नयाँ पुलको योजना रोकिँदा बढ्दो जोखिममा लाखौँ नागरिक

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending