काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार विभिन्न मुलुकका राजदूतसँग चरणबद्ध रूपमा भेटघाटको कार्यक्रम तय गर्न समयतालिका बनाउने काम भइरहेको छ।
स्रोतका अनुसार पहिलो चरणमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भेट हुनेछ। त्यसपछि चिनियाँ राजदूत चेन सुङसँग भेट गर्ने तयारी छ। यद्यपि भेटको मिति र समय भने अझै तय भइसकेको छैन। त्यसपछि अन्य देशका राजदूतसँग पनि क्रमिक रूपमा भेटघाट गरिने जनाइएको छ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि विदेशी कूटनीतिक प्रतिनिधिसँग पर्याप्त संवाद नगरेको भन्दै राजनीतिक तथा कूटनीतिक वृत्तमा आलोचना हुँदै आएको थियो। प्रधानमन्त्री नियुक्त भएको केही समयपछि उनले विभिन्न देशका राजदूतसँग सामूहिक भेट गरेका थिए भने त्यसयता युरोपेली संघ (ईयू)सदस्य राष्ट्रका राजदूतहरूसँग पनि संयुक्त रूपमा भेटवार्ता गरेका थिए।
तर त्यसपछि नेपाल भ्रमणमा आएका अमेरिका, चीन तथा भारतका उच्चस्तरीय राजनीतिक र कूटनीतिक प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट हुन सकेको थिएन।
वैशाखमा अमेरिकी विदेश मन्त्रालयअन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर, त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया सम्बन्धी विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर तथा अमेरिकी उपविदेशमन्त्री सारा बी। रोजर्स नेपाल भ्रमणमा आएका थिए। उनीहरूले प्रधानमन्त्रीसँग भेट्ने इच्छा व्यक्त गरे पनि भेट हुन सकेन।
यस्तै, असारमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङले नेपाल भ्रमण गरेका थिए। उनीसँग पनि प्रधानमन्त्रीको भेट भएन। यसअघि चीनबाट आएका अन्य प्रतिनिधिमण्डलसँग पनि प्रधानमन्त्रीले भेटवार्ता नगरेको बताइएको छ।
यसैबीच, प्रधानमन्त्रीबाट भेटघाटको समय नपाएपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रस्तावित नेपाल भ्रमण स्थगित गरेको चर्चा पनि कूटनीतिक वृत्तमा भएको थियो। हालै भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपाल भ्रमण गरेका थिए। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरे पनि प्रधानमन्त्रीसँग भने भेट हुन सकेन।
प्रधानमन्त्रीको सचिवालयले अब विभिन्न देशका राजदूतसँग नियमित संवाद र कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउने उद्देश्यले छुट्टाछुट्टै भेटघाटको तयारी गरिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: