काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। यो स्तर जेठ २८ यताकै उच्च हो।
यसअघि गत साताको मंगलबारदेखि शुक्रबारसम्म बजार लगातार बढेको थियो भने सोमबार मात्रै नेप्से ४१.७० अंकले उकालो लागेको थियो।
मंगलबार कारोबारका क्रममा बजार केही उतारचढावपूर्ण देखिएको थियो। दिउँसो १२:४९ बजे नेप्से २,७५३ अंकसम्म पुगे पनि अन्त्यमा केही सुधारसहित २,७२६ अंकमा बन्द भएको हो।
कारोबार भएका कम्पनीमध्ये १०३ वटाको सेयर मूल्य बढ्दा १६२ वटाको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
समूहगत सूचकमा मिश्रित प्रदर्शन देखिएको छ। व्यापार समूह सबैभन्दा धेरै २.८८ प्रतिशतले बढ्यो। अन्य समूह १.२० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६४ प्रतिशत, लगानी ०.४९ प्रतिशत र बैंकिङ ०.०९ प्रतिशतले उकालो लागे।
यता विकास बैंक समूह ०.४० प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.२३ प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, जीवन बीमा ०.१७ प्रतिशत, माइक्रोफाइनान्स ०.०२ प्रतिशत तथा निर्जीवन बीमा ०.१४ प्रतिशतले घटेका छन्।
हालै सूचीकृत एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यसैगरी कालंगा हाइड्रोपावर ७.५० प्रतिशत, बोटलर्स नेपाल (बालाजु) ७.४२ प्रतिशत, सानीगढ हाइड्रोपावर ६.५६ प्रतिशत, स्नो रिभर्स ६.०२ प्रतिशत तथा रिडी पावर ५.३४ प्रतिशतले बढेका छन्।
यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.५४ प्रतिशत, भुजुङ हाइड्रोपावरको ४.५८ प्रतिशत र चिर्खुवा हाइड्रोपावरको ४.४४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार रिडी पावर, आँखुखोला जलविद्युत् कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: