उनीलाई केन्द्रीय समितिमा थेग्नेहरु हिजोको तात्कालीन माओवादी आन्दोलनको उद्देश्य र कार्यको प्रतिवाद र प्रतिरोध गर्नेहरु नै वहुसंख्यामा छन् । जो नेपालको राजनीतिमा बढाव होइन, वचावको–चढाव होइन, विलापको अन्तिम यात्रामा केही समयको राजनीतिक महत्वकांक्षा संरक्षणको अभिलाषासहित वैद्यगोठमा भित्रिएका हुन् । जसको घोडा चढेर न नेपालमा वैद्यभाषको सम्पन्न नभएको जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ न त खुम्चदो राष्ट्रिय स्वााधिनताको रक्षा संभव छ ।[caption id=\"attachment_14615\" align=\"alignleft\" width=\"150\"] शैलेन्द्र घिमिरे[/caption] आजको नेपाली क्रान्ति कहाँ छ भनेर विश्वले सोध्दा हामी हिजो जनयुद्ध लडेकाहरुको जवाफ के हुने ? वैद्यबाले भने झैं वर्वाद भो, धोका भो भनेर भन्ने हो भने मुलुकमा फेरिएको सत्ता र शासन विधिमाथि १५ हजार आदरणीयहरुको रगत हाम्रो होइन भनेर भन्नु पर्नेहुन्छ । माओवादी परिवर्तनको अभिभावक अहिलेको परिवर्तन माओवादी आन्दोलनका कारण आएको होइन भनेर भन्न सक्ने देशमा केही सिमित मनुवाहरु छन्, जसमध्ये यतिवेला एमाओवादीले वोकेर सत्ताको शिखरमा पुर्याइएका केपी ओली पनि एक हुन । तर अहिलेकै परिवेशमा केपी ओली पनि यसो भन्न सक्ने अवस्थामा छैनन् । केपी अोली समेत अहिलेका उपलव्धिलाई माओवादी आन्दोलनको उपलव्धी मान्न तयार हुँदा वैद्य बा तयार नहुने हो भने माओवादी आन्दोलनमा सदैब घुन पुत्लाको कामना गर्ने कनकमणि र किरण एकै ठाउँमा उभिन पर्छ । सायद किरण यो तितो मूल्यका लागि तयार हुनुहुन्न होला ।
केपी अोली समेत अहिलेका उपलव्धिलाई माओवादी आन्दोलनको उपलव्धी मान्न तयार हँुदा वैद्य बा तयार नहुने हो भने माओवादी आन्दोलनमा सदैब घुन पुत्लाको कामना गर्ने कनकमणि र किरण एकै ठाउँमा उभिन पर्छ ।हो, भनिए झै नभएकै हो, तर केही पनि नभएको भने होइन । जनताले महसुस नै गर्न सक्नेगरी केही परिवर्तनहरु भएका छन् । यसको अभिभावक माओवादी नभएर अरु कसैलाई घोषणा गरेर हिड्नु आफैमा आत्मघाती निष्कर्ष हो र हुन्छ । त्यसकारण यसको अभिभावक बनौं र यसको रक्षा र सम्वद्र्धन गरौं भन्ने प्रचण्ड परिभाषा नै नेपालको क्रान्ति कुन ठाउँमा पुग्यो भन्ने कुराको उत्तर हो । यसमा सहमत वनौं । मोटाएपछि संसारै साघँुरो देख्ने र दुव्लाएपछि देखेर हक्कानिने सायद माक्र्सवादीले गर्दैनन् र गर्न हुदैन । केहि बर्वाद अवश्य भो, आजको नेपाली क्रान्ति अध्ययन मण्डलीका फुस्रा तर्कहरुको अपहरण प्रयासवाट मुक्त भएन भने यो झनझन् ख्याउटे र निरीह हुनेछ । एकता सिद्धान्तनिष्ठ र क्रान्तिद्रष्टा एकता विल्कुल सिद्धान्तनिष्ठ र क्रान्तिद्रष्टा हुनै पर्दछ । कसैको घुच्चुकको लम्वाइ, कसैको जुँगाको मोटाइ र कसैको मनोदशा वा राजनैतिक पिपासाले माओवादी धाराहरुबीचको एकता धरापमा पर्नु हुदैन । कसैको तीव्र महत्वाकांक्षाको क्षणिक आपूर्तिले एकता वर्वाद हुँदा वैद्य–वादल र विप्लवले जित्दैनन् । एकताका लागि बनाइने सर्त र सिद्धान्तमा के राख्दा अहिलेको समयले माक्र्सवाद समात्छ वा समयले माक्र्सवाद माग्छ यो माक्र्सवादका पण्डितहरुले नै गरुन् । माक्र्सवाद र क्रान्ति हवाइ परिकल्पना मात्रै र डाँडापारीको जुन जस्तै मात्र वनाइरहने कुराले यसमा गति दिँदैन ।
घर फर्किदाँ तिनका छोराछोरी अदक्ष र कुपोेषीत मजदुरमा नफेरिउन, जवानी सिद्धिएको विलिनो स्वरमा दाँत खसेकाहरु वैश कल्पँदै नपछुताउन र देशलाई नसरापुन् ।आजको माक्र्सवादी नेपाली सिद्धान्त विदेशी भूमीमा दास सरहको जीवन जिउन बाध्य ४० लाख नेपालीलाई स्वदेशमै रोजगारीसहित फिर्तीको सिद्धान्त हो । तिनका मसिना लालावालाहरुको विहान र वेलुकीको छाकको सिद्धान्त हो । तिनका तरुण आफन्तहरुको प्रकृतिजन्य आर्कषण र मनोविज्ञानको सम्मानसहित तिनको शीघ्र र सदैव पुनर्मिलनको सिद्धान्त हो । यो सिद्धान्तले लामो समय कुर्दैन । घर फर्किदाँ तिनका छोराछोरी अदक्ष र कुपोेषीत मजदुरमा नफेरिउन, जवानी सिद्धिएको विलिनो स्वरमा दाँत खसेकाहरु वैश कल्पँदै नपछुताउन र देशलाई नसरापुन् । यो हाम्रो माटोको सिद्धान्त हो । २१औ शताव्दीको पुस्ताले विज्ञान र प्रविधिको उपयोगका लागि अनगिन्ति बलीहरुको सर्त मन्जुर गरेर टुहुराहरुको पिँढी भनेर देशले रुन नपरोस । सिद्धान्त यहि हो, यो माओवादी आन्दोलनका धाराहरुवीचको एकतामा मात्र संभव छ । अहिले यो भन्दा अर्को सिद्धान्त खोज्नु भनेको माक्र्सवादलाई माया मानेझैँ गरेर यसको भव्य अपुतालीको कामना गर्नु हो । माक्र्सवादका पिठ्यूँमा वर्तमानको जवाफ हुन्छ र हुनुपर्दछ । तर नेताजनको सनकमा वुर्जुवाहरुले वताउने गरेझैं सपनामात्र हुन्छ भन्ने भ्रम नपार । आज खान नपाए भोलि मरिन्छ, लासले क्रान्ति गर्दैन । यहि सिद्धान्तको नजकिवाट माक्र्सवादलाई हिँडाउन नसकेको कारण माक्र्सवादको ब्याडमा शंका उपशंकाहरु हुर्किएका हुन, तिनको जवाफ नै आजको आवश्यकता हो ।
त्यो निर्धारण गर्न महाधिवेशनका भव्यतम मन्चहरु खुल्ला र सक्षम छन् । जनता र कार्यकर्ताकाबीचमा त्यति पनि विस्वास गर्न नसक्नेले लगभग वालुवामा खेती गर्ने चुनौती जस्तै लाग्ने विस्मयकारी यात्राको नेतृत्व गर्न संभव छैन ।माओको जसरी वा फिडेल क्यस्त्रोको जसरी माक्र्सवादलार्ई प्रत्येक मानिसका न्यायोचित आकांक्षाहरुको नजिकवाट दौडाउने कोशिश गर । वर्ग छउन्जेल वर्ग संघर्ष रहिरहन्छ त्यो संघर्षलाइ योजनावद्ध विकास र केन्द्रीकरण गर । सगरमाथा पट्टि फर्किएर हेर नयाँ विश्व जन्मिँदै छ भन्ने वाक्यमा आशंका गर्नेहरुले यो वाक्यप्रति फेरि नतमस्तक वन्नुपर्ने अवस्था सृजना हुनेछ । तव विश्वभरीका वन्धुहरुले भन्ने छन् जुट्नु फुट्नु र फेरि जुट्नुको विष्मयकारी परिघटना नेपालमा मात्र सम्भव छ । नेपाल हेर र माक्र्सवाद सिक । यो जितको संभावना हो, यसको सम्मान गर । १५ हजारको रगत,आँसु र पसिनाको यथोचित मुल्यको परिकल्पना गर, जो तिम्रो क्षणिक लालसाको पहाड भन्दा कयौँ गुणा भव्य र दिव्य छ । यो नै आजको एकताको सिद्धान्त हो । एकताः संभावनाको ढोका एकताले संभावनाको ढोका उर्घाछ । संभावना र प्राप्तिले एकता रोकिएको हो भने त्यो गणित जनतालाई छाड् । जनता आफूले जित्ने मूल्यमा तिमीलाई काँध हाल्न तयार छ । तर जनतालाई यो पनि थाह छ नेतृत्व वर्गसंघर्ष र जनजवाफदेहीपनको मिश्रत अभिव्यक्ति हो । यो कतिपय आवश्यकतामा र कतिपय योजनावाट जन्मिन्छ । त्यो निर्धारण गर्न महाधिवेशनका भव्यतम मन्चहरु खुल्ला र सक्षम छन् । जनता र कार्यकर्ताकाबीचमा त्यति पनि विस्वास गर्न नसक्नेले लगभग वालुवामा खेती गर्ने चुनौती जस्तै लाग्ने विस्मयकारी यात्राको नेतृत्व गर्न संभव छैन । आजको विज्ञान र आजको अन्तरविरोधको हल माओवादी आन्दोलन मान्ने हो भने तिमी नै यो आन्दोलनका नेता हौ । एकता निःशर्त चाहना यतिवेला एकता एकता र निशर्त एकता जनताको चाहना हो । जनदुश्मनको चुलिदो हर्कतले यसलाई अनिवार्य वनाएको छ । यो अनिवार्यताको नजर अन्दाज आफैमा घातक हो । यो वा त्यो वाहनामा आन्दोलनका उपललब्धिहरु बाँदरलाई वुझाएर वर्तमानका धुमिल पहाडहरुमा भविश्यको श्राप ताप्ने तयारीले तिमीलाई माक्र्सवादी वनाउँदैन ।
प्रतिकृया लेख्नुहोस्: