खासमा पुराना सामानको एकएक पुर्जा जोडेर वनाउन खोजिएको सेकेण्ड हेण्ड शक्तिको सभा नयाँ गर्ने नाममा विरालो फुकाउने काम । वस ! मनको वह कहने र अतित उग्रयाएर प्रचण्डलाई आकासतिर हेरेर थुक्नेवाहेक यसमा अर्को कुनै नयाँ कुरा गरिएन ।उनले आफ्नो राजनीतिक यात्राको वहकिएको बाटोको रक्षा गर्न तत्कालिन भारतीय दूतावासले दिएको छात्रवृत्तिमा कमाएको डाक्टरको सर्टिफिकेटलाई अतिरञ्जना गरे । उनलाई अक्सर राजनीतिमा थारो पल्टेका वकेर्नाहरुले शुभकामना दिए । वर्केनाहरुले पनि वावुरामको राजनीतिक चरित्रकोभन्दा वेशि सर्टिफिकेटप्रति विश्वास देखाए र भने यो भारतीय सर्टिफिकेट विकासप्रेमी जादुमय सर्टिफिकेट हो । असलमा राजनीति अम्मलका रुपमा ग्रहण गरेका तर राजनीतिको फाँटमा पहेँलिएर छेउ परेकाहरु महत्वकांक्षाको असाधारण प्यास वोकेर सभामा उपस्थित थिए । तिनलाई महन्थ ठाकुरले शुभकामना दिँदा तिनका अनुहारका उज्यालो छाएको थियो । तिनले गौरको मानवीय आततायीका नायकलाई कर्तल ध्वनिले स्वागत गरे र भने हामी नयाँको पक्षमा छौं । उनले यस्को रक्षार्थ प्रचण्ड सरकारको पालामा उनी उपप्रधानमन्त्री वनेको हुनाले आफूले पनि ताली वजाएर उनलाई स्वागत गरेको वयान दिए । यतिवेला यो सहि हो कि उपेन्द्र, महन्थ र रामचन्द्रहरु नयाँ नै हुन् । उनको अन्तिम उद्देश्य मधेशलाई नयाँ नेपालको छिमेकीका रुपमा उभ्यानु नै हो । वावुरामको यो भेलामा जो यो मनोदशाका साथ हाजिर भए तिनीहरु जरुर नयाँ हुन । किनकी तिनीहरु नयाँ मुलुक प्राप्तिको आन्दोलनमा छन् ।
वावुरामले जनतालाई नराम्ररी ढाँटे । उनले माओवादी आन्दोलनको कठीन कुइनेटोमा थाकेका केहीलाई जम्मा पारे र रुसमा वोरिस एल्सिनले झैं अब माक्र्सवादी समाजवाद सम्भव नभएको घोषणा गरे झैं नेपालको नयाँ यात्रा प्ररम्भको अडमिल्दो मन्त्र सुनाए । उनले आफ्नो राजनीतिक यात्राको वहकिएको बाटोको रक्षा गर्न तत्कालिन भारतीय दूतावासले दिएको छात्रवृत्तिमा कमाएको डाक्टरको सर्टिफिकेटलाई अतिरञ्जना गरे । उनलाई अक्सर राजनीतिमा थारो पल्टेका वकेर्नाहरुले शुभकामना दिए ।तिनलाई जनयुद्धले जोडेको नयाँ नेपालकावारेमा कुनै चिन्ता र चिन्तन छैन । तिनका स्मरणमा आफूले वुझाएको ४० सूत्रीय मागको हेक्का छैन । वरु प्रायोजित रुपमा दिल्लीको अधिनस्थ वनेर नेपालको पेटि ठेक्का लिने असाधारण सनक छ । नयाँहरुले सभामा संविधान वनाउन आफूले वेशि मेहनत गरेको कुरा सुनाए पनि तिनमा संविधान वनाएकोमा न खुशी छ न त विस्मात नै । तिनी दमपूर्वक वोल्दैनन, किनकी तिनलाई आफै हिडेको वाटोप्रति विश्वास छैन । विल्कुल, तिनी पाँच ‘स’ को कुरा गर्छन्, त्यो भन्दा अगाडि एमाले सरकारको पालामा अगाडि सारिएको नौ ‘स’लाई सापटी लिइएको तिनको राजनीतिक लाईनमा पनि कुनै नबिनता छैन । तिनी कार्यकर्ताको प्रश्नको उत्तरमा यसको उत्तर आफै खोज्न भन्छन् । इतिहास कोट्याँउदा लाग्छ, पुष्पलाललाई मनमोहनको मस्तिष्क शोषणको आरोप लाए झैं तिनलाई कार्यकर्ताको मस्तिष्क शोषणको आरोप नलागोस् । तिनीहरु माओवादीसँग सम्वन्ध विच्छेदको घोषणा गर्छन् तर माओवादीका आविश्कारिक औजारको दुरुपयोग गर्छन् । तिनीहरुमा शहीद देखाएर एमाओवादी वा प्रचण्डलाई गाली गर्ने उर्जा त छ तर एक शहीद परिवारलाई पिठ्यूँमा वोकेर तीनको आर्तमा सहयात्री वन्ने फुर्सद छैन । तिनलाई देशको नयाँ परिभाषित राष्ट्रियताको निख्लो गीत गाउँने रहर त छ तर त्यसमा नेपालीपनको मौलिक संगीत छैन । तिनमा माक्र्सवादको नउतारिएको ह्याङ त छ तर समाजवादको आधारभुुत प्रारुपहरुको अनिवार्य श्रृजनाको जाँगर छैन । तिनीहरुमा मधेश र पहाडकावीचमा भारतले वर्तमानमा खिचिदिएको रेखामाथि तोरण निर्माणको ख्याल त छ तर यो भारत सृजित संर्घषमा नेपालीले हारेमा तर मार्ने अभिलाषा पनि छ । तिनमा माओवादी आन्दोलनमा लागेर पाइएको असाधारण दुःखप्रति कुनै गर्व छैन, वरु सत्ता र शक्तिको पहुँचमा करोडपति हुन नसकेकोमा रोष छ । तिनलाई दुनियाँले गरेको दुःखको ज्ञान छैन, वरु वावुरामकोपछि लागेर अल्पसमयमै सम्पन्नताको सिँढी चढ्ने हतारो छ । तिनलाई आफूले गर्ने राजनीतिको अनुहार चिन्ने हतारो छैन वरु यो कुरुपै वने पनि कति तलामा स्थान मिल्ला भन्ने कुराको कौतुहलता छ । यो फौज उकालो चढ्न नसक्ने तर सिखरमा आफूलाईवाहेक अरुलाई सहन नसक्नेको फौज हो । यो फौजले कसरी आफूलाई जनताकावीचमा नयाँ सावित गर्ला त्यो भने इतिहासमा पर्खनै पर्ने विषय वनेको छ ।
तिनलाई जनयुद्धले जोडेको नयाँ नेपालकावारेमा कुनै चिन्ता र चिन्तन छैन । तिनका स्मरणमा आफूले वुझाएको ४० सूत्रीय मागको हेक्का छैन । वरु प्रायोजित रुपमा दिल्लीको अधिनस्थ वनेर नेपालको पेटि ठेक्का लिने असाधारण सनक छ ।यो यस्तो नयाँ चिज हो जो जसरी पनि नयाँ वन्न चाहन्छ र प्रचण्डको ऐइयामा वारुदी हाँसो हाँसेर दुनियाँलाई एक निर्लज्ज अनुहार देखाउन चाहन्छ । तिनीहरु विधिमा नयाँ हुन खोज्दैछन् । के अर्थमा नयाँ, के का लागि नयाँ ? वावुरामले नयाँ ताँतीका ति भव्य अनुहार हेरे की हेरेनन जो कहि न कहि हिजोको भिषण युद्धकालमा समेत आरोपित थिए । आरोपित जन्ती वोकेर सुद्धताको अन्माई हुँदै हुदैन । कामरेड यो मात्रै मात्रै र मात्रै प्रचण्डको दुखाईमा विजय उत्सव मनाउने प्रतिक्रान्तिकारीहरुको भव्य चौपारी वाहेक अरु होइन र हुन सक्दैन । तिनीहरु प्रचण्डलाई पुरानो र प्रदीप गिरीको गोठलाई नयाँ देख्छन् र भन्छन्– उनी नयाँ हुन । उनीहरुले दमननाथको कालो काग्रेसीपन र पुँजीवादी चरमताको पक्षपोषणलाई नयाँ देख्छन्, उनीहरु वैंकका सिईओेहरु, कम्पनीका मालिकहरुलाई यो आन्दोलनको अगुवा बन्न आव्हान गर्छन् । लेनिनले भनेका छन्, मालिक जतिसुकै उदार होस उ मजदुर वन्न सक्दैन । उनीहरु लेनिन विरोधी अपेक्षालाई पनि माक्र्सवाद नै मान्छन् । भन्छन्– हँ यो द्वन्द्ववाद नै हो । यो असाधारण भ्रम जसरी श्रृजना गरिएको छ, यसवाटै प्रष्ट हुन्छ यो एक भ्रम मात्रै हो । खासमा यो न नयाँ हो न कुनै संभावना नै । वरु यो संभावित र अपेक्षित नयाँ तागत निर्माणको वाटोमा वावुरामले लगाएको तगारो र इतिहासमा यस्को अनिवार्य जन्मको मार्गमा उभ्याइएको निषेधको राजनीति नै हो ।
उनीहरुले दमननाथको कालो काग्रेसीपन र पुँजीवादी चरमताको पक्षपोषणलाई नयाँ देख्छन्, उनीहरु वैंकका सिईओेहरु, कम्पनीका मालिकहरुलाई यो आन्दोलनको अगुवा बन्न आव्हान गर्छन् ।यो गोलमटोल भारदारी सभा नै थियो । भलै विज्ञहरुले वावुरामको सक्कली सर्टिपीकेटको फोटोकपी हातमा राखेर भनेका थिए, उनी विज्ञ हुन् । उनी विज्ञ होइनन, उनी विज्ञ भएको भए नेपालको वर्तमान राजनितीक अवस्थामा देखिएको असन्तोषको आगोले उनको अभियानलाई डढेलो वनाउँथ्यो । उनी मेची महाकाली फैलिसक्थे । उनी फैलेनन् वरु खुम्चिए उनले आफ्नै दौतरीको सहयोग पाएनन किनकी यस्मा संभावनाको कुनै क्लेष पनि वाँकी थिएन । कामरेड विना विधि राजनीति संभव छ ? विना कार्यक्रम, विना पक्षधरता संगठन संभव छ । सवैको हुनु अवसरवाद हो की होइन ? यो अवसरवादले माओवादी आन्दोलनको केही दिनलाई त कमजोर वनाउला तर यस्ले वर्ग सहितको समाजमा आफनो औतार नवताइ सुख पाउने छैन । यो अभियान वरु आफू जोगी हुने तर प्रचण्डको घरमा जसरी पनि आगो लगाउँने वाल इस्र्याको परिणाम हो । जसलाई जति नै राजनीतिको रंग दिने प्रयत्न गरे पनि त्यो प्रयत्न सफल हुन चानचुने प्रयत्नले पुग्ने छैन ।
प्रतिकृया लेख्नुहोस्: