Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

केसी अनसनको परकम्पन

सायद, यीनका दिमागमा सदैव म नै श्रेष्ठ भन्ने भावले राज गर्दछ । मानौं, यी अमुक शक्तिको दिव्य आशिर्वाद पाएकाहरु हुन । देशलाई यी रहेको धक्का महसुस हुन पाएन भने यी सकिन्छन वा मर्छन । यिनलाई लाग्छ यीनले मच्छरले जस्तै गीत गाइरहन पर्छ र देशले यी छन् भन्ने कुराको आभास दिलाई रहन पर्छ । यी नर्तकी हुन सक्छन्, यी जादुगर हुन सक्छन र यी मुर्तिकार पनि हुन सक्छन् फगत यत्ति हो देश यी रहेको भयले काँपिरहन पर्दछ । सन्दर्भ गोविन्द केसीको हो । वुढेसकालको उमेर भए पनि उनको अनुहारमा काखमा हुर्कदै गरेको दुधे वालकको जस्तै अवोधता छ । उनी सेवक हुन् । चिकित्सा पेशा कति सेवा र कति मेवा त्यो अलग वहसको विषय होला तर जनताले यत्ति जान्दछ उनी धर्म नछाडेका डाक्टर हुन् । त्यसकारण उनको पक्षमा एक जनमत छ । यो जनमत ऐन मौकामा उनले गरेका कामहरुको जगमा बनेको हो । [caption id=\"attachment_81301\" align=\"alignleft\" width=\"245\"]\"शैलेन्द्र शैलेन्द्र घिमिरे[/caption] काम गर्ने ऐन मौकामा नै हो, तर उनलाई कहाँनेर सेलिव्रेटी बन्न सकिन्छ भन्ने कुराको राम्रो हेक्का छ वा यसरी भनौं पर्दा पछाडिवाट उनको सेलिव्रेटीपनको डिजाइन गर्नेहरुको लस्कर लामै छ । यसकारण उनका अधिकांश साना प्रयासमै राज्य हल्लिन्छ । हतार हतार उनको भोको पेटको चिन्ता गर्दै राज्य उनको सामुन्ने पुगेर उनले तयार गरेको कागजमा घिसारिनु यो देशको नियति हो । राज्य चलाउनेहरु कि तर्क जान्दैनन कि गर्दैनन । तर्क नजान्नेले के विधि वनाउँला ? तर हाम्रो लोकतन्त्रले भन्छ, केसीभन्दा राज्य नै माथि हो र उनको कम्पन्नमा देशले भुँइचालोको आभाष लिन हुँदैन ।
पछिल्लो समय कथित नागरिक समाजका अगुवा बताउने कनकमणिकाविरुद्ध उनले यथेष्ठ प्रमाणसहित गिरफ्तारीको प्रयास गरेपछि नेपालका केही सेलिब्रिटी कहलिएका मानिसहरु उनकाविरुद्ध खनिएको कुरा साँचो हो । यो लहरमा केसीको उपस्थिति संयोग मात्र हो कि नियोजित ?
उनलाई असहमति शान्तिपूर्ण ढंगले राख्न सक्ने पात्रका रुपमा वुझिन्छ, तर पछिल्लो समय उनले शुरु गरेकोे श्रृंखलाले भने केही गम्भीर प्रश्नको उठान गरेको छ । विचारका हिसावले लोकतन्त्रमा विश्वास गर्ने भनिएका केसी सायद लोकतन्त्रको चुरो कुरोलाई मान्दछन् होला । यदि यो कुरामा उनलाई विश्वास छ भने लोकतन्त्रमा सवैका स्वतन्त्रताहरु वहाल रहँदारहँदै पनि मुलुक सर्वोच्च स्थानमा रहने गर्दछ । आवधिक निर्वाचनले मुलुकलाई लोकतान्त्रिक वनाउँछ । यहि निर्वाचनले सरकार वनाउँछ, यहि निर्वाचनले नियम बनाउने र नियुक्ति दिलाउने काम गर्दछ । नेपाल शिशु नै सहि, यहि अभ्यासमा छ । यो शिशु अभ्यासमा केही गल्तीहरु हुन सक्छन, यी गल्तीहरु सुधार गर्ने भनेको फेरि पनि निर्वाचन मार्फत नै हो । तर केसीजी आफूलाई लोकतन्त्रभन्दामाथि राखेर मुलुकलाई दिशानिर्देश गर्न हतारिन्छन् । सामुहिक विचार भन्दा व्यक्ति विचारको श्रेष्ठता हुनुपर्छ भन्ने बालहठ कुन परिभाषाको लोकतन्त्र हो । उनैले भनेको तर्कमा सहमति हुनुपर्ने होइन भने मरिदिन्छु भन्ने पागलपूर्ण मुर्खता कुन मोडलको लोकतन्त्रमा लिखित छ । केसीसँग यसको जवाफ छ कि छैन ? जहाँसम्म स्वास्थ्य क्षेत्रको कुरा हो, यसमा असंख्य कमजोरीहरु छन् । यसको परिवर्तन आवश्यक छ तर यो परिवर्तन कुनै एक मियोको टुप्पोमा मात्र अडिन सक्दैन । जसरी केसीसँग असहमति राख्ने अधिकार छ, त्यसरी नै एक नागरिकका हिसावले डामाडोल रहेका संस्थाहरु सुधार्ने जिम्मेवारी उनीसँग छ कि छैन ? शिक्षण अस्पतालका एक स्टाफका हैसियतले उनको वरीपरी सुधारिएको केही होला तर यसले नै राज्यको नेतृत्व गर्नुपर्दछ भन्नु सुनको कुर्सीमा वसेर सुनैको देश वनाउछु भन्ने जस्तै हो । वेथितिहरु जहाँ पनि हुन्छन् तर त्यो क्रमिकता र सामुहिक पहलले सुधारिन्छ । यो एक सच्चा नागरिकको आचरणको प्रश्न पनि हो ।
सवैभन्दा ठूलो कुरा यसले अनैतिकता सिकाउने छ । भोलि यो राज्य अर्को देशमा विलय गर्नुपर्यो भनेर कोही अनसन बस्यो भने देशले यो रोइलोको जवाफ के दिने ? केसीको दिमागमा यो घुम्छ कि घुम्दैन ?
आचरणको अभ्यास आफैवाट हुन्छ, यो अभ्यासमा केसी सफल छन् कि असफल ?पछिल्लो समय उनले अख्तियारका प्रमुखमाथि हमला बोेले । सायद उनको चासोको विषय स्वस्थ्य क्षेत्र हुँदाहुँदै अख्तियार प्रमुखमाथि महाअभियोगको प्रस्ताव किन आयो । यो सबैभन्दा अनौठो विषय रहेको छ । लोकमानको लोकतन्त्र विरोधी अनुहारका बारेमा यहाँ अर्को छलफलको जरुरी छैन । तर आजभन्दा केही वर्ष पहिले यो मुलुकको करीव नव्बे प्रतिशत जनमतको प्रतिनिधित्व गरेका राजनीतिक दलको सहमतिमा भ्रष्टाचारकाविरुद्ध लड्न उनीबाहेक अरुको हुतीमा विश्वास नगरिएको कुरा साँचो हो । आरोपका हिसावले लोकमानमाथि सानालाई सताउने र ठूलालाई उन्मुक्ति दिने लागे पनि पछिल्लो समय कथित नागरिक समाजका अगुवा बताउने कनकमणिकाविरुद्ध उनले यथेष्ठ प्रमाणसहित गिरफ्तारीको प्रयास गरेपछि नेपालका केही सेलिब्रिटी कहलिएका मानिसहरु उनकाविरुद्ध खनिएको कुरा साँचो हो । यो लहरमा केसीको उपस्थिति संयोग मात्र हो कि नियोजित ? समयले सोधेको प्रश्नमा केसीको उत्तर लोकमानलाई गालीमात्रै हुन सक्दैन । सवैलाई थाहा छ, नेपालको सत्ता पर्दा पछाडिबाट चलाउनका लागि आफ्ना सवै औंलाको प्रयोग गर्ने अदृश्य शक्ति नेपालमा छ । यो शक्ति सरकार बनाउने र गिराउने बेलामा अघिपछिको तुलनामा थप वैरिन्छ । यतिवेला आवश्यकता वा नियोजित जे सुकै कोणवाट भए पनि सरकार परिवर्तनको छलफल बाक्लिएको छ । यो बहसमा फेरि आगोमा घ्यू थपेझैँ उनले बजारमा अर्को बहस उछालेका छन् । यो बहस स्वभाविकरुपमा आवश्यक बहस हुन सक्छ, तर यसको तिथि मिति जसरी तोकिएको छ र बहसमा लोकमान कनकमणिकै मुखारविन्दवाट आए जसरी नै आइरहेका छन्, यसले केसीको अभियानलाई आशंकासहितको वनाइदिएको छ । के केसी नागरिक समाजमा छन् ? के उनको उठबस कनकमणि संञ्जालसँग छ ? के उनी कनकमणिको लोकमान विरोधी आक्रोश अभिव्यक्ति गर्ने माध्यम बन्न खोजेका हुन् ? होइन भने सायद केसीको आन्दोलनमा लोकमान तानिनुपर्ने कुनै दरकार छैन । जहाँसम्म लोकमान र केसीको पछिल्लो समय देखिएको टकराव छ त्यो नितान्त व्यक्तिगत टकराव हो । यसमा राज्यलाई तानेर घर झगडामा देशको समय बर्बाद गर्नुको कुनै तुक छैन ।
लोकमान र केसीको पछिल्लो समय देखिएको टकराव छ त्यो नितान्त व्यक्तिगत टकराव हो । यसमा राज्यलाई तानेर घर झगडामा देशको समय बर्बाद गर्नुको कुनै तुक छैन ।
भ्रष्टाचारको विरोध गर्दै केसीको अभियान चल्यो भने केही निश्चित व्यक्ति जुलुसमा सामेल हुन रहर गर्नेछन् । यसको अर्थ राज्यले लगाएको कामवाट उनीहरु भाग्नेछन् र केसीको अभियानमा सामेल हुनेछन् । राज्यको ड्यूटीबाट भाग्नु भ्रष्टाचार हो कि होइन ? उनलाई भेट्नजान केही ठूला कहलिएका मानिसहरुलाई हतारो हुनेछ र उनीहरु मूल्यवान समयसहित केसीलाई ढाडस दिन पेट्रोल जलाउँदै उनी भएको स्थानमा पुग्नेछन् । यो पनि एक प्रकारको भ्रष्टाचार हो कि होइन ? उनी आन्दोलनमा आएपछि चिकित्सासेवाका राष्ट्रसेवकले संवेदनशील भनिएको चिकित्सा कर्म सरकारी अस्पतालमा गर्ने छैनन् । यसो हुँदा नेपालको दुर्गम स्थानवाट उपचारमा आएको एक गरीवले महंगो निजी क्लिनिकको शुल्क तिर्नुपर्नेछ । काठमाडौंको महंगो बाससमेत वस्नुपर्नेछ, यो गरीवको ढाड सेक्ने गरी गरिएको घुमाउरो शैलीको भ्रष्टाचार हो की होइन ? सवैभन्दा ठूलो कुरा यसले अनैतिकता सिकाउने छ । भोलि यो राज्य अर्को देशमा विलय गर्नुपर्यो भनेर कोही अनसन बस्यो भने देशले यो रोइलोको जवाफ के दिने ? केसीको दिमागमा यो घुम्छ कि घुम्दैन ? राज्यसँग सदैव निहुँ खोज्ने र सधैँ निहुरिन बाध्य पार्ने रहरले बलियो राज्य निर्माण हुँदैन । राज्य वलियो नहुनु भनेको नागरिक कमजोर बन्नु हो । केसीले असल नियतवाटै सुरु गरेको भए पनि राज्य सकिने यो खेल बन्द गरुन् । असहमति राख्ने हजार विधिहरु छन् । बहस सबैद्वारा स्वीकारिएको धार हो, केसीले यसको सम्मान गरुन् । भूकम्पको परकम्पन जस्तो छिनछिनको अनसन कम्पले विधिलाई इज्जत दिँदैन ।

प्रचण्ड ,निर्वाचन र माओवादी

माओवादी माथी थुप्रै प्रश्नहरु थिए ।आँपहरु जसरी खसाइएको थियो ,गर्भमा टिकापुरहरु थिए । नागरीकता वोकेर नागरीक नहुनुको उत्तेजनामा मधेश टायर ताप्थ्यो र पहा...

ओलीको नश्ल राजनीति र कालकुट पिइरहेका प्रचण्ड

यतिबेला एक बेनामी पल्टन बुटवलमा छ । लगभग हिटलरको नाजी फाँसिवादी नस्लराजनीतिको समकक्षी चिन्तन बोकेको यो भिडमा देखिने कमाण्डरहरु हिटलरले झैं कलम टेबुलमा...

प्रचण्ड गाँडलाई भाँडमा छोड !

यतिबेला म टेलिभिजनको सेटमा हिन्दी टेलिसिरयल ‘अशोका’ हेरिरहेको छु । भारतवर्षको एक महानायक ! युद्ध र शान्तिको एक अदभूतमिलन ! नायकहरु यसरी नै निर्माण हुन...

केसी अनसनको परकम्पन

सायद, यीनका दिमागमा सदैव म नै श्रेष्ठ भन्ने भावले राज गर्दछ । मानौं, यी अमुक शक्तिको दिव्य आशिर्वाद पाएकाहरु हुन । देशलाई यी रहेको धक्का महसुस हुन पाए...

माओवादीकाे ‘ए’कता ?

विचारमा सवै भन्दा प्रष्ट कम्युनिष्टहरु नै हुने गर्छन् । तिनीहरुलाई लाग्छ विचारमा प्रष्ट भएपछि अरु आफसेआफ दूर हुन्छ । माओले सुत्रिकरण गरेको एक वाक्य छ,...

मन्त्री ज्यू ! रिसानी माफ होस्

विदेशी डिजाइनलाई पराजित गर्दै नेपालको सरकार नेपालकै संसदवाट वनाउने लडाइँमा प्रचण्ड थिए । यी वाहेक अरु कोही नायक वा गायक वनेर वर्तमान समिकरण वनेको होइन...

नयाँ शक्तिः नयाँ गर्ने नाममा विरालो फुकाउने काम

मर्मत शक्तिको मर्मत सभा हेरियो । खासमा पुराना सामानको एकएक पुर्जा जोडेर वनाउन खोजिएको सेकेण्ड हेण्ड शक्तिको सभा । जनयुद्धमा फुस्केको ठानिएको विस्वासको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies