Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

न कक्षाकोठा, न शौचालय : दलित पढने विद्यालयको बिजोग

म्याग्दी, २८ मंसिर । विद्यालयको कक्षाकोठा भवन निर्माण गर्न आर्थिक स्रोत अभाव भएपछि निर्माण कार्य नै अलपत्र परेको छ । म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतमा अवस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत आर्थिक वर्षमा सुरु गरिएको भवन निर्माण कार्य अलपत्र परेको हो । सांसद विकास कोषबाट एक लाख, जिविस म्याग्दीबाट ७५ हजार र बेनी नगरपालिकाबाट ७० हजार रुपैयाँका साथै बाँकी विद्यालय तथा स्थानीय स्रोतको व्यवस्थापनमा दुईकोठे कक्षाकोठाको निर्माण सुरु गरिएको थियो । तर निर्माणकै क्रममा गएको बर्सातको समयमा भवनभन्दा माथिबाट पहिरो खसेर भवन भत्काएपछि निर्माण कार्य नै अवरुद्ध बनेको खड्गभवानी प्राविले जनाएको छ । भवनको अभावमा विद्यालयमा अध्ययरत सबै दलित विद्यार्थी सास्ती भोग्न बाध्य छन् । भवन नहुँदा दुईओटा कक्षालाई एउटै कक्षाकोठामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताए । विद्यालयमा कम्पाउन्ड वाल नहुँदा चोरी, डकैती, तोडफोड भइरहने तथा वस्तुभाउ पसेर हैरान पार्ने गरेको प्रअ चर्मकारले बताए । कक्षाकोठाको अभावसँगै विद्यालयमा शौचालय र कम्पाउन्ड वालको समेत अभाव देखिएको छ भने विद्यालयमा शौचालय नहुँदा शिक्षक तथा विद्यार्थी दिसापिसाब गर्न खाली पाखोमा जानुपर्ने समस्या पनि रहेको छ । विद्यालयको समस्याबारे शिक्षा कार्यालय, जिविस र नगरपालिकामा पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर कार्कीले गुनासो गरे । उनका अनुसार कक्षाकोठाको अभावमा शिक्षण सिकाइ क्रियाकलाप अस्तव्यस्त बन्ने गरेको छ । भवनको अभाव मात्रै होइन उक्त विद्यालयमा दरबन्दीअनुसार शिक्षकको पनि अभाव छ । कुल ५२ विद्यार्थी अध्ययनरत सो विद्यालयमा दरबन्दीका दुई, बालविकास सहयोगी कार्यकर्ता एक र विद्यालय कर्मचारी एकजना मात्रै कार्यरत रहेका छन् । विद्यालयको अवस्थाबारे म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भने कार्यालयमार्फत विद्यालयलाई आवश्यक सहयोग गरिने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies