Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

प्रचण्डको निर्देशनपछि मध्यपहाडी लोकमार्ग कालोपत्रको काम तीव्रगतिमा

\"\"खोटाङ, २८ मंसिर । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कच्ची अवस्थामा रहेका दुवै सडक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढाइएको हो । दुई वर्षअघि देखि कालोपत्रको काम थालिएको सडक अनुगमनका लागि कात्तिक २३ गते खोटाङ आएका प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई छिटो तथा गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको ठाडो निर्देशनपछि अहिले दुवै सडकको कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढेको छ । अहिले दुवै सडक फराकिलो पार्ने, ग्याभियन वाल भर्ने, ग्राभेलिङ तथा रोलिङ गर्ने लगायतका काम तीव्रगतिमा भइरहेको ठेकेदारहरुले बताएका छन् । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएका दुवै सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरबाहीले गति लिन नसकेको सबैतिरबाट जनगुनासो आएपछि प्रधानमन्त्री प्रचण्ड आफैं निरीक्षण तथा अनुगमनका लागि खोटाङ आएका थिए । जिल्लाको प्रमुख मार्गका रुपमा रहेको दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको हो । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्रको काम सम्पन्न गर्नेगरी काम थालिएको सडक यसअघि सुस्तगतिमा रहेको थियो । पछिल्लो समय दुवै सडकको कालोपत्र गर्ने कामले गति पाएपछि अहिले जिल्लामा यातायात सञ्चालन गर्नसमेत सहज भएको यातायात व्यवसायी सङघ, खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए । दिक्तेलदेखि चखेवासम्मको करिब ४६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा गोल्डेन गुड प्रालिले लिएको छ । छिमेकी जिल्ला भोजपुरसँग सिधा यातायात जोड्ने सडक करिब एक अर्ब रुपैयाँको लगानीमा कालोपत्र सम्पन्न हुने आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए । करिब दश वर्षअघि देखि यातायात सञ्चालन भएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्र नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । पछिल्लो समय दुवै सडकमा कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि जिल्लावासी हर्षित भएका छन् । धुलाम्मे तथा हिलाम्मे सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि आसपासका कामदारले गाउँमै रोजगारीसमेत पाएका छन् । ठेकेदार कम्पनीले मेसिनरी उपकरणसँगै गाउँका स्थानीयवासीलाई काम गर्ने वातावरण मिलाएका छन् । दुवै सडक तोकिएकै मितिमा सम्पन्न नभए पनि चाँडै सम्पन्न हुनेमा जिल्लावासी विश्वस्त बनेका छन् । सडक कालोपत्र भएपछि राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies