Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि १० लाख हस्ताक्षर सरकारलाई बुझाउँछौं : भट्टराई

\"\"बुटवल, २८ मंसिर । नयाँ शक्ति नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायीत्व र तीब्र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउने बताएका छन् । उनले यसको लागि १० लाख हस्ताक्षर सरकारलाई बुझाउने पार्टीको तयारी रहेको पनि बताए । नयाँ शक्ति पार्टीका ५ नंं. प्रदेशका केन्द्रीय परिषद सदस्यहरुको मंगलबार लुम्बिनीमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै संंयोजक भट्टराईले उक्त कुरा बताएका हुन् । उनले तीनवटै तहको निर्वाचन एकैपटक गर्नुपर्ने तर्क पनि अघि सारेका छन् । २०७४ माघ भित्र निर्वाचन हुन नसके संंविधान कार्यान्वयन हुन नसकी संवैधानिक संकट उत्पन्न हुने भएकाले स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्नुपर्नेमा उनको जोड छ । निर्वाचन कानुनहरु बनी नसकेको र दलहरुबीच सिमांकन लगायतका विषयमा कुरा मिल्न बाँकी हुँदा तीन तहको चुनाव अलग–अलग गर्न गाह्रो पर्ने र आर्थिक हिसाबले पनि मुलुकलाई बोझ पर्ने हुँदा एकैपटक गर्नु उपयुक्त हुने तर्क गरे। ‘संविधान लागु गर्न ०७४ साल माघभित्र चुनाव नगरी हुंदैन,’ भट्टराईले भने, ‘त्यसैले तीनवटै तहको चुनाव एकैपटक गर्दा सजिलो र कम खर्चिलो हुन्छ ।’ भट्टराईले आर्थिक समृद्धि, सुशासन लगायत पाँच ‘स’ लाई व्यवहारमा उतार्न चुनावमा श्रेष्ठता हासिल गर्नुपर्ने भएकाले पार्टीको सम्पूर्ण शक्ति र ध्यान चुनावमा केन्द्रीत गर्न केन्द्रीय परिषद सदस्यहरुलाई निर्देशन दिए । संविधान बचाउन पनि यसको संशोधन अपरिहार्य रहेको तर्क गर्दै उनले पहाडे अन्ध राष्ट्रवाद र दक्षिणपन्थी अतिवादबाट जोगिएर सबै जाति, समुदाय र क्षेत्रका अधिकार सुनिश्चित हुने गरी सिमांकनको समस्या हल गर्नुपर्नेमा जोड दिए । संघीयतालाई स्वीकार गरिसकेपपछि फलानो अञ्चल वा फलानो जिल्ला टुक्राउन हुन्न भन्ने अडान प्रतिगामी हुने भन्दै भट्टराईले संविधान संशोधनविरुद्ध एमालेले अहिले गरिरहेको आन्दोलन चुनावी स्वार्थ मात्र भएको स्पष्ट पारे । पार्टीले लिएको आर्थिक समृद्धि लगायत समय सापेक्ष नीतिहरुका कारण पुराना पार्टीहरुप्रति जनताको आशा र विश्वास मरिसकेको र नयाँ शक्तिप्रति जनतामा आशा रहेको र विभिन्न पार्टीबाट ध्रुविकरण तीब्र भएको भट्टराईले बताए । ६ महिनाभित्र पार्टी सदस्य संख्या तीन लाख पुर्‍याउने लक्ष्यसहित केन्द्रीय समितिले कार्ययोजना बनाएको जानकारी दिंदै उनले ‘घर–घरमा नयाँ शक्ति’ अभियानलाई तीब्रता दिन पनि निर्देशन दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies