Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

त्रिभुवन विमानस्थल विस्तार आयोजनाको ठेक्का रद्द

\"\"काठमाडौं, २९ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठेक्का रद्द (नोटिस अफ टर्मिनेसन) सूचना प्रकाशित गर्दै स्पेनिस कम्पनी ‘सानहोसे कन्सत्रक्तोरा’सँगको सम्झौता तोडेको आधिकारिक जानकारी गराएको छ । प्राधिकरणले गत शनिबार नोटिस अफ टर्मिनेसन जारी गर्दै कम्पनीसँगको सम्झौता तोडेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । अाजको नयाँ पत्रिकामा खबर छ– सम्झौताबमोजिम शतप्रतिशत काम गर्नुपर्ने समयमा केवल १६ प्रतिशत मात्र काम गरेको यस कम्पनीले ठेक्का रद्दको पत्रसमेत बुझिसकेको प्राधिकरणको भनाइ छ । लगानीकर्ता एसियाली विकास बैंक ९एडिबी०सँगको परामर्शपछि प्राधिकरणले ठेक्का तोड्ने निष्कर्षमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष जीवनबहादुर शाहीले जानकारी दिए । यसअघि एडिबीले यो आयोजना कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा परामर्श जारी रहेको जनाएको थियो । १५ दिनपछि नयाँ प्रक्रिया सार्वजनिक खरिद (पहिलो संशोधन) ऐन २०७३ बमोजिम १५ दिनको समय राखेर शनिबार प्राधिकरणले ठेक्का रद्दको सूचना निकालेको हो । १५ दिनपछि अर्को सूचना निकालेर नयाँ कम्पनी छनोट प्रक्रिया सुरु हुने मन्त्री शाहीले जानकारी दिए । कसरी अगाडि बढ्छ आयोजना ? नेपाल नागरिक उड्डयन प्राधिकरणको दुई साताअगाडि बसेको बोर्ड बैठकमा प्राधिकरणका महानिर्देशक गौतमले सानहोसेसँगको ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने प्रस्ताव गरेका थिए । सोहीबमोजिम प्राधिकरणले नोटिस अफ टर्मिनेसन निकालेको हो । आयोजनाको काम तोकिएकै समयमा पूरा गर्ने गरी प्रक्रिया थालिने मन्त्री शाहीको भनाइ छ । ‘पुरानो ठेक्का तोकिए पनि काम प्रभावित नहुने गरी अगाडि जानुपर्छ,’ उनले भने, ‘त्यसका लागि अब कामलाई विभाजन गरेर फरक–फरक कम्पनीलाई निर्माणको जिम्मा लगाइन्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending