Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सुनकोशीको पानी बागमती ल्याइने

\"\"काठमाडौं, १ पुस । सरकारले मध्य तराईका पाँच जिल्लामा वर्षैंभरि सिँचाइ सुविधा पुर्‍याउन सुनकोसीको पानी वाग्मती नदीमा खसाल्ने आयोजनालाई अघि बढाएको छ । सिँचाइ मन्त्रालयको प्रस्तावित उक्त आयोजनाले यस आर्थिक वर्षबाट औपचरिकता पाएको छ । आजको कान्तिपुरमा खबर छ– सुनकोसीको पानी सिन्धुलीको मरिन खोलामा झारेर सर्लाहीस्थित वाग्मती नदीमा पुर्‍याउने मन्त्रालयले सारेको पछिल्लो महत्त्वाकांक्षी बहुउद्देश्यीय आयोजना हो । मन्त्रालयले सुनकोसी–मरिन–वाग्मती आयोजनाको छुट्टै कार्यालय खोलेर त्यसको काम अघि बढाएको छ । सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट छुट्याएपछि त्यस आयोजनालाई संस्थागत रूपमा अघि बढाउन कार्यालय स्थापना गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव सागरकुमार राईले बताए । ‘आयोजनाको कार्यालय स्थापना र जनशक्तिको दरबन्दी स्वीकृत भइसकेको छ,’ उनले भने, ‘अब आयोजनासम्बन्धी सम्पूर्ण काममा उक्त कार्यालय केन्द्रित हुनेछ ।’ पूर्वसम्भाव्यता अध्ययनले सिन्धुली–रामेछाप सिमानाको खुर्कोट आसपास सुनकोसी नदीमा बाँध बनाएर पानी डाइभर्सन गरी पहाडमा सुरुङ बनाएर मरिन खोलामा झार्न सकिने देखाएको राईले बताए । १३ किलोमिटरको सुरुङमार्फत प्रतिसेकेन्ड ७७ क्युमेक ९७७ हजार लिटर० पानी ६६ मिटरमाथिबाट मरिन खोलामा खसालिने र त्यसबाट ४० मेगावाट बिजुलीसमेत निकाल्न सकिने अध्ययनले देखाएको छ । सिँचाइ विभागको योजना महाशाखा प्रमुख उपनिर्देशक सरोजचन्द्र पण्डितले दशकौं अगाडि देखिएको सोच कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए । उनले सुनकोसी–मरिन डाइभर्सन विभागले ल्याएको अन्तर जलाधार स्थानान्तरण आयोजनामध्येको दोस्रो रहेको जनाए । भेरीको पानी १२ किमि लामो सुरुङमार्फत बबई नदीमा खसालेर बिजुली निकाल्ने र सिँचाइ सुविधा पुर्‍याउने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणाधीन छ । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको प्रवक्ता राईले बताए । आयोजनाको सम्पूर्ण निर्माण कामका लागि करिब ३३ अर्बको लागत अनुमान गरिएको छ । काम सुरु भएको ४ देखि ५ वर्षभित्र बनाउन सकिने अध्ययनले देखाएको राईले जानकारी दिए । आर्थिक वर्ष २०३५÷३६ मा निर्माण काम सुरु भएको वाग्मती सिँचाइ आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । तर, पहिलो चरणका लागि राखिएको लक्ष्य ४५ हजार ६ सय हेक्टरमा पनि हालसम्म सिँचाइ सुविधा पुर्‍याउन सकेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending