Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

लक्ष्मीको शरीरमा टाउकोदेखि पैतालासम्म एकनासका चोट

\"\"काठमाडौं, १ पुस । काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारको शरीरभरि एकैनासका चोटपटक भेटिएका छन् । मृत्युको सातौँ दिन भएको पोस्टमार्टम रिपोर्ट भन्छ, ‘शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन ।’ आजको नयाँ पत्रिकामा खबर छ– ३३ वर्षीया लक्ष्मीलाई अघिल्लो मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमूत्र खुवाइएको थियो । छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा र प्रत्यक्षदर्शीले पनि बयान दिएका छन् । कुटपिटपछि घर जान नसकेकी लक्ष्मीलाई छोरा र देवरले दुवै कुमबाट उचाल्दै घर लगेका थिए । एउटी दलित महिलालाई पोलमा बाँधेर मलमूत्र खुवाउँदै निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुको सट्टा चौवास प्रहरी चौकीका इन्चार्ज प्रेमपुकार चौधरीले बिहीबार मिलापत्रमा सही गर्न लगाएका थिए । शुक्रबार बिहान लक्ष्मी मृत अवस्थामा भेटिएकी थिइन् । एक सातापछि बिहिवार टिचिङ अस्पतालमा पोस्ट–मार्टम गरिएको हो । ‘टाउकोदेखि पैतालासम्म एकनासका चोटपटक छन्, यिनै चोटका कारण लक्ष्मी परियारको मृत्यु भएको हो, अन्य कुनै कारणले होइन,’ फोरेनसिक बिभागका प्रमुख हरिहर वस्तीले पोष्टमार्टमबाट आएको रिपोर्टबारे नयाँ पत्रिकासँग भने, ‘मृत्युलगत्तै पोष्टमार्टम गरेको भए धेरै कुरा अझै स्पष्ट भन्न सकिन्थ्यो । सात दिनमा शव धेरै बिग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिँदैन ।’ वस्तीका अनुसार मृतक लक्ष्मीको शरिरमा एकै किसिमका चोट र निलडाम छन् । उनको शरिरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम छ । उनले भने, ‘हामीलेजस्तै मानवताका साथ प्रहरीले अनुसन्धान गरे र वकिलले मुद्दा अघि बढाए कुटपिट गर्नेहरू उम्किन सक्ने कुनै कारण छैन । तर, मुद्दा कसरी अघि बढ्छ, मैले भन्ने विषय होइन ।’ यस्तो थियो बालकको दाबी मेरो ममीलाई घिसार्दै स्कुलको मैदानमा लगे । छिमेकी साइँला तामाङकी श्रीमती नीरमाया तामाङले नाम्लो दिइन् । त्यही नाम्लोले हीरा सर आफैँले भलिबलको पोलमा ममीलाई बाँध्नुभयो । सुरुमा घाँटी र कुममा बाँधेर हीरा सरले ममीलाई कुट्न थाल्नुभयो । सर जथाभावी कुट्दै हुनुहुन्थ्यो, सरको आमाले प्लास्टिकमा दिसा ल्याएर खुवाउन खोजिन्, ममीले मान्नुभएन । त्यसैले ममीको खुट्टा पनि बाँधे र दिसा खुवाइदिए । केहीबेरमा म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो । हामी मेलडाँडा आइपुगेका थियौँ । पछाडिबाट हीरा सर दाउराको चिर्पट बोकेर आउनुभएको रै’छ । अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नुभयो । चिर्पटले ममीको टाउकोमा हान्नुभयो । ममीको टाउकोमा गहिरो घाउ लाग्यो । ममीको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो । मेरी हजुरआमा पनि बाटोमै आइपुग्नुभयो । मेरी बुहारीलाई किन पिटेको भन्दा हीरा सरले ‘न करा तेरो पनि छाती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो । मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ । उहाँ ममाथि पनि झम्टनुभयो । त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो । ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन । पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुवैतिरको कुममा उचालेर घर पुर्‍यायौँ । पोस्टमार्टम रिपोर्ट शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डा. हरिहर वस्ती
  • टाउकोदेखि पैतालासम्म एकनासका चोटपटक छन्, यिनै चोटका कारण लक्ष्मी परियारको मृत्यु भएको हो, अन्य कुनै कारणले होइन ।
  • मृतक लक्ष्मीको शरीरमा एकै किसिमका चोट र नीलडाम छन् । उनको शरीरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम देखिएको छ ।
  • मृत्युलगत्तै पोस्टमार्टम गरेको भए धेरै कुरा अफैँ स्पष्ट भन्न सकिन्थ्यो । सात दिनमा शव धेरै बिग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिँदैन ।
  • हामीले जस्तै मानवताका साथ प्रहरीले अनुसन्धान गरे र सरकारी वकिलले मुद्दा अघि बढाए कुटपिट गर्नेहरू उम्किन सक्ने कुनै कारण छैन । तर, मुद्दा कसरी अघि बढ्छ, मैले भन्ने विषय होइन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies