Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

बोरिङकै कारण भासियो जमिन

खबरडबली संवाददाता

काठमाडौं  । बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार सिङ्क होल (जमिन भासिनु) निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटोलाई पाइपिङका माध्यमबाट निष्कासन हुनु नै मुख्य कारण पाइएको छ ।  

खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको र अध्ययनले जमिनमुनिको पानी बाहिर निकालिएपछि जमिन भासिएर खाल्डो परेको निष्कर्ष आएको बताए । उनले भने, “भौगर्भिक अध्ययनका अनुसार लामो समय सिल्ट मिसिएको पानी निष्कासन हुँदा यसले जमिनभित्र नयाँ भ्वाङ पार्ने र त्यहाँ भएका पुराना भ्वाङहरूलाई ठुलो पार्छ । गैरीगाउँमा जमिन भासिएको घटना पनि यस्तै नै हो ।”

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा भूगर्भशास्त्री र भूभौतिकशास्त्री कृष्ण पाण्डे तथा जलभूगर्भशास्त्रीको जिम्मेवारीमा अनुभव हासिल गरेका विभागका सहायक भूगर्भविद् मणि खनाल र जियोटेक्निकल ल्याबका प्राविधिक अमरबहादुर थापाको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । 

भूगर्भविद् डा। अधिकारीका अनुसार खानी तथा भूगर्भ विभागले २०६२ सलामा तयार पारेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सा तथा प्रतिवेदन, अलग अलग वर्षका भूउपग्रहका तस्बिर र शोधमा आधारित रहेका लेखका अध्ययनका आधारमा प्रतिवेदन बनाइएको हो । 

कसरी भासियो जमिन ?

हेटौँडा उपमहानगरपालिका वडा नं.१६ र १७ को सीमास्थित गैरीगाउँस्थित सडकमा कुदिरहेको ना४च ४८३३ नम्बरको बोलेरो गाडी भासिएको हो । चालक हरेराम राई र सहचालकले गाडीबाट निस्किएर जोगिए पनि गाडी खाल्डोबाट निकाल्न सम्भव भएन ।  वैशाख २१ गते मात्रै खानी तथा भूगर्भ विभागलाई जानकारी दिइयो । कमजोर जमिनमा भासिएको गाडी निकाल्ने प्रयासमा मात्रै स्थानीय तह, गाडीधनी र स्थानीयवासी केन्द्रित भए तर विभागले जमिन भासिएको क्षेत्रको भित्री संरचना कमजोर रहेकाले गाडी निकाल्दा हुन सक्ने क्षतिबारे गम्भीर हुन आग्रह गरेको छ । 

भूगर्भविद् डा. अधिकारीले प्रारम्भिक अध्ययनका आधारमा गैरीगाउँको सिङ्कहोलको केन्द्र भागमा कम्तीमा ११ मिटर गहिरो देखिएको जानकारी दिए । उनले भने, “यसरी जमिन भासिँदा करिब तीन मिटर जतिको ठाडो स्कार्प बनेको प्रस्टै देखिन्छ ।”

उहाँका अनुसार जमिन भासिएको स्थानमा करिब पाँच वर्षअघि बोरिङ खनिएको र बोरिङबाट सङ्लो पानी नआएको, कहिले कालोमाटो र कहिले धमिलो माटो मिसिएको पानी आएको जानकारी बोरिङ सञ्चालकले दिएका छन् । उनले जमिन भासिएको ठाउँमा खनिएको बोरिङ पनि अहिले भत्किएको र सिङ्कहोलको केन्द्रमा अहिले पनि जमिनभित्रबाट सिल्ट मिसिएको पानी आइरहेको जानकारी दिए । 

उनले भने, “सिल्ट निष्कासन नरोकिँदा जमिनमुनि परेको भ्वाङ बढ्दै जाने, जमिन निरन्तर भासिने र कहिलेकाहीँ सतहमा चिरा पर्दै जान्छ । यही भ्वाङ ठुलो हुँदै जाँदा जमिनमुनिको भागले माथिको लोड धान्न सक्दैन । त्यसैले जमिन भासिन्छ । यस्ता सिङ्कहोल निर्माण हुन्छन् । गैरीगाउँको क्षेत्रमा भएको घटना पनि यस्तै प्रकृतिको हो ।”

विभागको अध्ययन टोली प्रमुख भूगर्भविद् अधिकारीका अनुसार खानी तथा भूगर्भ विभागले २०६२ सालमै इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सा तथा प्रतिवेदन तयार पारिएको र जमिन भासिएपछि उक्त प्रतिवेदन पनि अध्ययन गरिएको छ । उनले अध्ययनमा कर्रा खोला उपत्यका वरिपरि देखिएका माटो तहहरू अवलोकन गरिएको, सतहमुनिको माटोको प्रकार र प्रकृति बुझ्नका लागि ‘पावर अगर’ प्रयोग गरिएको र डुबेको सवारीसाधनको स्थान निर्धारण गर्न ‘प्रोटोन म्याग्नेटोमिटर’ प्रयोग गरिएको बताए ।

हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले सुरुमा गाडी निकाल्न कोसिस गरिए पनि खानी तथा भूगर्भ विभागको अध्ययन टोली आएर अध्ययन अघि बढाएपछि उक्त क्षेत्रलाई सिलबन्दी गरिएको बताए । उनले भने, “जमिन भासिएको ठाउँलाई सिलबन्दी गरेर सुरक्षाकर्मीद्वारा निगरानी गराइएको छ । मैले स्थलगत निरीक्षण गरेकी छु । जग्गा व्यक्तिकै हो तर विभागको सुझाव अनुसारै त्यहाँ के गर्ने भन्ने निर्णय हुन्छ । अरू घरहरू जोखिममा नपरून् भनेर सचेतता अपनाइने छ ।” याे समाचार गाेरखापत्र दैनिकबाट साभार गरिएकाे हाे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको विन्टर अफर २०८२: ग्राहकका लागि विभिन्न प्याकेजसहित आकर्षक सुविधा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...

१३ वर्षदेखि नेपालमा भिसा दुरुपयोग: व्यवसाय नभएका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...

विराटनगर रानीबाट ८ थान मोबाइल फेला, लिन आउन प्रहरीको अनुरोध

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...

लमजुङमा चुनावी मैदान तात्यो: पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस–रास्वपाकाे चुनौती

लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...

नेकपा पुरानै अनुहारले कब्जा, प्रचण्ड मैदान फर्किए, शर्मा–किराती पार्टीबाहिर

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...

विद्यालय हाताभित्रै बसको ठक्कर, चार वर्षीया बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...

सरकारी स्रोत दुरुपयोग रोक्न आयोगको कदम, खर्च अनुगमन अधिकृत तोकिए

 काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...

मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुन्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending