Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

पैसा मागेको पोल खुलेपछि सञ्चार सचिव तनावमा

\"\"काठमाडौं, १ पुस । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको कालो कर्तुत एकपछि अर्को गर्दै खुल्दै जान थालेपछि उनी तनावमा परेका छन् । जनआह्वान साप्ताहिकमा खबर छ– रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको नाममा सञ्चारग्राम बनाउनका लागि सरकारले उपलब्ध गराएको तीन करोड रकममा पचास लाख घुस मागेको विषय विराटनगर उपमहानगरपालिकाको लेखा शाखाबाट सार्वजनिक भएपछि सञ्चार माध्यमलाई सूचना दिनेलाई कारवाही गर्न उनले उपमहानगरका कार्यकारी प्रमुखलाई गैरकानुनी आदेश दिएका छन् । तर तारिणीप्रसाद कोइरालाको नाम भजाउने नेपाली काँग्रेस र नेपाल प्रेस यूनियन भने हालसम्म सचिव थपलियाको कर्तुत बारे मुख खोलेको छैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बोलाएर थपलियाले त्यो लेखा शाखाको बदमासलाई तत्काल सरुवा गर्नुप¥यो भन्दै धम्की दिएको बताइन्छ । अधिकारी र थपलिया एउटै व्याजका सहसचिव हुन् । सचिव थपलियाले घुस मागेपछि आयोजनाको विषयमा विवाद भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गर्ने तयारी गरिएको बताइन्छ । सचिव थपलियाले रेडियो नेपालको अस्तित्व नै मेटाउने उद्देश्यका साथ घुस मागेको विराटनगर उपमहानगरपालिकाका लेखा शाखाका एक अधिकृतले बताए । अनावश्यक दबाव आए सचिव सचिव भनिदैन, अख्तियारमा उजुरी दिइन्छ ,ती अधिकृतले भने । सचिव थपलियाले रेडियो नेपालको अध्यक्ष म हुँ मैले भनेको मान्नु पर्छ भन्दै निरन्तर दबाव दिइरहेको बताइन्छ । रेडियो नेपालका निर्वचनमा कार्यकारी निर्देशक सुरेश कार्कीले पनि सचिव थपलिया भंगेराको जस्तो छाती भएका कामचोर सचिव भएको बताउने गरेका छन् । नेपाल टेलिभिजनको टेन्डरमा आँखा तारिणीप्रसाद कोइरालाको नाममा बनाउन लागिएको सञ्चारग्रामको बजेटमा आँखा लगाएका सचिव थपलियाले नेपाल टेलिभिजनको प्राविधिक उपकरण खरिदमा समेत आँखा लगाएका छन् । टेलिभिजनलाई डिजिटलाइल्ज्ड बनाउन विषयमा निकट भविस्यमा नै करिब रु एक करोड बराबरको टेन्डर आहन गर्न लागिएको छ । अत्याधुनिक क्यामरा, मिस्चर,विभिन्न सप्टवेयर तथा अन्य प्राविधिक उपकरण खरिदका लागि पहिलो चरणमा ती सामानको टेन्ड गर्न लागिएको हो । सचिव थपलियाले भने आफ्ना निकटस्थलाई टेन्डर पारेर त्यसबाट तर मार्ने मनसायका साथ आँखा गाडेको नेपाल टेलिभिजनको प्राविधिक शाखाका एक अधिकृतले बताए । सचिवज्यूले सधै फोन गरेर टेन्डर के भयो, यसो मिलाएर गर्नुपर्छ है भन्नुहुन्छ, हामीलाई पो के गर्ने कसो गर्ने बनाइदिनुभएको छ, ती कर्मचारीले भने । नेपाल टेलिभिजनको टेन्डरमा आफ्नो स्वार्थ पूर्ति गराउन उनले एमालेका तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने एक सदस्यलाई समेत परिचालन गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending