पौष २ गते, २०७३ शनिवार 17th December, 2016 Sat०६:०२:१४ मा प्रकाशित
काठमाडौं, २ पुस ।मुस्ताङका पूर्वराजा जिग्मे पलबर विष्टको ८४ वर्षको उमेरमा शुक्रबार विहान १ बजे निधन भएको छ । मंगलबारदेखि चाबहिलको ओम अस्पतालमा भर्ना भई आईसीयूमा उपचाररत उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो
आजको राजधानीदैनिकमा खबर छ– ‘दमको समस्याका कारण उहाँलाई मंगलबार अस्पतालमा उपचारका लागि भर्ना गरी आईसीयूमा राखिएको थियो,’ उनका भान्जा ज्ञानेन्द्र विष्टले राजधानीसँग भने, ‘उहाँलाई पछिल्लो समयमा छातीको समस्याका साथै उच्च रक्तचाप र यूरिक एसिडको समस्याले थला पारेको थियो ।’
२०६२/०६३ सालको जनआन्दोलनसम्म उपल्लो मुस्ताङमा राजाका रुपमा रहेका उनले मुलुकको राजनीतिक परिवर्तनसँगै आफूमा आएको बुढ्यौलीको कारण सत्ता छाडेका थिए । त्यसपछि हिउँदमा काठमाडौं र वर्षामा मुस्ताङमा बस्दै आएका थिए ।
आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए । उनलाई मुस्ताङी जनताले गहनाका रुपमा लिएका थिए ।
उनको मृत्युपछि मुस्ताङी जनताले दुःख व्यक्त गर्दै शोक मनाइरहेको उनका भान्जा ज्ञानेन्द्रले बताए । उनका अनुसार पूर्वराजा विष्ट पूर्वरानी सिटोल पलबर विष्ट, पूर्वराजकुमार जिग्मे सिंगी पलबर विष्ट, पूर्वराजकुमारी र नातिनातिनीसहित ७ जनाको परिवार गोरखा भूकम्पले दरवारमा क्षति पु¥याएपछि मुस्ताङ छोडेर काठमाडौंको बौद्धमा बस्दै आएका थिए । उनको अन्तिम दाहसस्कार बौद्ध परम्पराअनुसार सोमबार हुने परिवारले जनाएको छ ।
मुलुकमा गणतन्त्र स्थापनसँगै सत्ता छाडेका उनको दरवार पुनर्निर्माणको काम भइरहेको छ । मुस्तांगी जनताले उनको दरवारको पुनर्निर्माणलाई तिब्रता दिइरहेको अवस्थामा पूर्वाराजाको निधनले मुस्ताङी जनताले आफ्नो गहना गुमाउनु परेको बताएका छन् ।
त्यहाँका बासिन्दाले सत्ता त्यागे पनि विष्टलाई पूर्वराजा नभई ‘राजा’ (स्थानीय भाषामा ग्याल्पो) नै भन्दै आएका थिए । मुलुकमा गणतन्त्र आएपछि काठमाडौंबाट हेलिकोप्टर लिएर सरकारका तर्फबाट तत्कालीन गृहमन्त्री वामदेव गौतमले विष्टको राजा पदवी खोसिएको र सबै सरकारी सुविधा कटौती भएको पत्र बुझाएका थिए । त्यसपछि पनि उनलाई मुस्ताङका जनताले राजाका रुपमा राखे पनि सकृय रुपमा भने उनले आफ्नो बुढ्यौलीका कारण देखाउँदै निष्कृय भएको उनका भान्जा ज्ञानेन्द्रले जानकारी दिए ।
मुलुक गणतन्त्रमा गएपछि मुस्ताङी राजाको औपचारिक पदवी र उनले पाउने पाँच हजार रुपैयाँ भत्ता पनि खोसिएको थियो । तर सांस्कृतिक रुपमा यो पदलाई स्थानीयले त्यागेका छैनन् । राजाले दरवार छाडेर काठमाडौंमा बस्दै आएपनि मुस्ताङी जनता कतै बाहिर शुभ काममा जानु पर्दा दरबार अगाडि खादा चढाएर मात्रै आफ्नो काममा हिड्दै आएका छन् । उनका एकमात्र छोराको ८ वर्षकै उमेरमा निधन भएपछि उनले दाइका छोरालाई धर्मपुत्रको रुपमा पालेर जिग्मे सिंगी पलवर विष्टलाई युवराज घोषणा गरेका थिए ।
मुस्ताङी राजा ओंगल जिग्मे पलवरका तीन छोरा थिए । उनले जेठा छोरा आंगुन बांदी न्यांबो पलवरलाई राजा बनाउँदै २०१२ सालमा गद्दी त्यागे । तर राजा बनेको तीन वर्षमै २०१५ सालमा उनको निधन भयो । त्यसपछि फेरि बुबा ओंगल नै राजा भए । त्यसको ६ वर्षमा उनको पनि निधन भयो । त्यसपछि उनका कान्छा छोरा जिग्मे पलवर विष्ट २०२१ सालमा राजा बनेका थिए । माहिला छोरा चाराङ स्याप्टुङ विष्ट औतारी लामा बौद्ध धर्मअनुसार गृहस्थी जीवन त्याग गरी चाराङ गुम्बा सम्हाली बस्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: