Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

कानुन मिचेर केबलकारलाई वन

\"\"काठमाडौं, २ पुस । सरकारले ४० वर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर बन क्षेत्र निजी कम्पनीलाई भाडामा दिँदा वन ऐन र नियमावली मिचेको पाइएको छ । आजको कान्तिपुरमा खबर छ– ऐन र नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले चन्द्रागिरिको महत्वपूर्ण वन क्षेत्र फडानी गरी केवलकार र होटल चलाउन काठमाडौं फनपार्क (चन्द्रागिरि हिल्स प्रा.लि)लाई बिना प्रतिश्पर्धा दिएको हो। उक्त क्षेत्र प्रतिमहिना २१ हजार रूपैयाँ मात्रै भाडामा दिइएको हो। तत्कालिन प्रधानमन्त्री माधवकुमार नेतृत्वको कामचलाउन सरकारले २०६७ माघ १८ मा चन्द्रागिरिको ३६ हेक्टर ९७ सय ९ रोपनी २ आना० क्षेत्र कबुलियती वनका रूपमा उपयोग गर्न दिने निर्णय गरेको थियो। उक्त प्रस्ताव तत्कालिन वन मन्त्री दीपक बोहोराले मन्त्रिपरिषदमा लगेका थिए। घना जंगलका साथै जैविक विविधता सरक्षण र पर्यावरणीय हिसाबले समेत उत्कृष्ट वन क्षे विनाश गर्दै त्यहाँ जथाभावि भौतिक संरचना बनाइरहेको छ। चन्द्रागिरि डाँडामा केबलकार मात्र नभइ वृहत प्रकृतिको होटल बनाउन डाँडा खन्ने क्रममा त्यो क्षेत्रमा वन विनाश र पहिरोको सम्भावना बढाएको छ। समुदायले संरक्षण गरेर हुर्काएको सामुदायिक वन खोसेर निजी कम्पनीलाई दिन खोज्दा चन्द्रागिरि सचेत महिला सामुदायिक वन उपभोक्ता समूहले विरोध गरेको थियो। तर रोजगारीलगायत अन्य प्रलोभन देखाएर त्यतिबेला विरोध सामसुम पारिएको थियो। वन ऐनको दफा ३१ र नियमावलीको दफा ३९ क मा प्रस्ताव आव्हान गरी राष्ट्रिय वनको कुनै क्षेत्र संगठित संस्था या उद्योगलाई कबुलियती वनका रूपमा दिन सक्ने व्यवस्था गरेको छ। सरकारले ऐन र नियमावलीको यो दफा उलंघन गर्दै प्रस्तावै आव्हान नगरी वन क्षेत्र चन्द्रागिरि हिल्स लिमिटेडलाई बिनाप्रतिस्पर्धा भाडामा दिएको हो। वन नियमावली २०५१ मा झाडी, बुट्यान क्षेत्र, अतिक्रमणकारीबाट फिर्ता लिएको क्षेत्र, प्राकृतिक प्रकोपका कारण वन क्षति भई पुनः उकास भएको क्षेत्र, २० प्रतिशतभन्दा कम क्राउन कभर (वनले ढाकेको) क्षेत्र र भूसंरक्षणका हिसाबले संवेदनशील क्षेत्र मात्र कबुलियती वनका रुपमा दिन सकिने व्यवस्था छ । तर, सरकारले उक्त कम्पनीलाई भाडामा दिएको चन्द्रागिरिको वन क्षेत्र ऐन र नियमावलीअनुसार कबुलियती वनको व्याख्यामा पर्दैन । अति कम भाडामा लगाउन यसलाई कबुलियती बनाइएको पाइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending