Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

पाँच वर्षपछि खुल्यो खतरनाक सिरियल किलरको रहस्य

\"\"बुटवल, २ पुस । पाँच वर्षदेखि बुटवलआसपास क्षेत्रमा हत्या र डकैतीको शृंखला चल्दै आएको थियो । सुतिरहेकै अवस्थामा टाउकोमा हानेर मार्ने र गहना लुट्ने घटना एकपछि अर्को गर्दै बढिरहेको थियो । पाँच वर्षमा पाँचजनाको हत्या भएको थियो भने १५ जना घाइते भएका थिए । तर, पीडितलाई प्रहरीको सधैँ एउटै जवाफ हुन्थ्यो– अनुसन्धान गरिरहेका छौँ । दबाब बढ्दै गएपछि केही महिनायता अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेत र इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले घटनाको अनुसन्धानका लागि विशेष टिम गठन गरेका थिए । त्यही क्रममा अर्को एउटा हत्या भयो । तिहारको मुखमा गत १२ कात्तिकमा देवदह निवासी २१ वर्षीया नमकला पाण्डेको हत्या भएको थियो । हत्यापछि उनको गहना चोरी भयो । इलाका प्रहरी कार्यालयले इन्स्पेक्टर राजु कार्कीको कमान्डमा सोही घटनाको अनुसन्धानका लागि विशेष टिम बनायो । विगतमा ठूला अपराध घटनाको अनुसन्धान गरेका एसएसपी बस्नेतले महानगरीय अपराध महाशाखामा कार्यरत अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकारीलाई बोलाएर सहयोग लिए । अनुसन्धानका क्रममा सबैभन्दा जटिल समस्या के थियो भने हत्या गर्ने तथा घाइते बनाउने व्यक्तिलाई कुनै पनि पीडितले देखेका थिएनन् । त्यसकारण अपराधी खोज्न प्रहरीलाई समस्या थियो । मोबाइलबाट सुरु भयो अनुसन्धान गत १८ भदौमा रुद्रपुर–५ बस्ने रनमाया पुनमगरको पनि सोही समूहले हत्या गरी उनको गहनालगायत धनमाल डकैती भएको थियो । उनको घरबाट मोबाइलसमेत चोरी भएको थियो । मोबाइलको सिमकार्ड फालिएको थियो । प्रहरीले मंसिरको पहिलो साता मोबाइल फेला पा¥यो । नयाँ सिम हालेर बुटवलकै एक ट्याक्सी चालकले मोबाइल प्रयोग गर्दै आएका थिए । उनले प्रहरीलाई श्रीमतीले सो मोबाइल दिएको बताए । उनकी श्रीमती पर्सा जिल्लामा थिइन् । प्रहरीले उनकी श्रीमतीलाई पनि झिकायो । श्रीमतीले सर्लाहीका चनरु हजारीले मोबाइल दिएको बयान दिइन् । ‘बुटवल आएका वेला हाम्रो कोठामा बस्न आउँथ्यो, त्यही वेला उसले हामीलाई दिएको हो,’ उनको भनाइ उद्धृत गर्दै प्रहरीले जनायो । प्रहरीको ध्यान हजारीतर्फ खिचियो । प्रहरी टोली उनको घर खोज्दै सर्लाहीको सुन्दरपुर पुग्यो । निकै मिहिनेत गरेपछि ६० वर्षीय चमरु पक्राउ परे । सोधपुछ नगरी उनलाई गाडीमा राखेर प्रहरीले बुटवल ल्यायो । र, मोबाइलको विषयमा सोधपुछ सुरु ग¥यो । उनले आफूले सो मोबाइल नदिएको र कुनै पनि घटनामा आफू संलग्न नभएको बताए । घटनामा उनको संलग्नताको प्रमाण पनि प्रहरीले जुटाउन सकिरहेको थिएन । जसकारण प्रहरीको तनाव बढिरहेको थियो । झुटबाट सुरु भयो सफलता अपराध अनुसन्धानमा कुनै वेला सानो ‘ट्रिक’ले ठूलो रहस्य बाहिर ल्याउन सक्छ । डिएसपी मरासिनी एक दिन खाना खाइरहेका थिए । उनी त्यही घटनाबारे सोच्दै थिए । निकै मिहिनेत गरेर पक्राउ गरेका व्यक्तिको घटनामा संलग्नता जोड्न सकिएको थिएन । एक्कासि उनको दिमागमा एउटा कुरा ‘क्लिक’ भयो । पक्राउ परेका हजारीले आफू रिक्सा चलाउन बुटवल आएको बताएका थिए । तर, चिन्ने व्यक्तिहरूले उनले रिक्सा चलाउने कुरा गलत भएको बताएका थिए । डिएसपी मरासिनीले बजारबाट एउटा रिक्सा ल्याए । रिक्सामा दुईजना प्रहरीलाई राखे । अनि हजारीलाई भने, ‘ल यो रिक्सा चलाऊ ।’ करिब १० मिटरजति रिक्सा चलाएपछि उनले रिक्सा पल्टाए । प्रहरीले उनका कुरा झुट प्रमाणित ग¥यो । त्यही झुटबाट प्रहरी अनुसन्धानको सफलता सुरु भयो । आफ्ना दाबी झुट हुँदै गएपछि उनले अपराध लुकाउन सकेननन् । ‘सर, हम आपको सब बताते हेँ,’ उनले डिएसपी मरासिनीको हात समातेर भित्र लिएर गए, जहा“ उनले आफ्नो अपराध यात्राको सबै कहानी बताए । उनले पाँच वर्ष पहिलेदेखिका हत्या र डकैतीका सबै घटना स्विकारे । ‘तीनजनाको समूह मिलेर उनीहरूले हत्या र डकैती गर्दै आएका थिए,’ डिएसपी मरासिनी भन्छन्, ‘उनको समूहका दुईजना फरार छन्, चोरीको सुन किन्ने सुनपसले दीपक विश्वकर्मालाई पनि पक्राउ गरेका छौँ ।’ झुट पत्ता लगाउन प्रहरीले पछिल्लो समय पोलिग्राफ मेसिन प्रयोग गर्छ । तर, अनुसन्धानमा प्रहरीले अपनाएको त्यो ‘ट्रिक’ पोलिग्राफ भन्दा प्रभावकारी बन्यो । किनकि, उनको झुट पत्ता लागेपछि मानसिक रूपमा अभियुक्त कमजोर भए र अपराध स्विकार्न बाध्य भए । डकैतीको पनि क्यालेन्डर ! एउटा अनौठो कुरा के छ भने उनीहरूले पाँच वर्षमा भदौदेखि कात्तिकसम्म मात्र डकैती र हत्या गरेका छन् । यो वेला गर्मी हुने भएकाले तराईमा धेरैजना ढोका नलगाई तथा कोठाबाहिर सुत्ने भएकाले उनीहरूले यो समय रोजेको हुन सक्ने डिएसपी मरासिनी बताउँछन् । ‘तिजदेखि तिहारसम्मको अवधिमा सबैजसो घटना भएका छन्,’ डिएसपी मरासिनी भन्छन्, ‘एक त यो वेला गर्मीका कारण धेरै मान्छे बाहिर सुत्छन्, अर्को, चाडबाडको समयमा धेरैले गहना लगाउने भएकाले उनीहरूले यही समयलाई रोजेको हुन सक्छ ।’ दिउँसो विभिन्न गाउँमा गएर रेकी गर्ने र बेलुका गएर उनीहरूले डकैती गर्थे । सुतिरहेको अवस्थामा फलामको डन्डीले जोडले टाउकोमा हान्थे र अनि गहना लुटेर भाग्थे । घरका अन्य कोठामा पहिले नै बाहिरबाट उनीहरूले चुकुल लगाउँथे । घरका अन्य परिवारले थाहा पाए पनि आफूहरूलाई पिछा गर्न नसकून् भनेर उनीहरूले यस्तो तरिका अपनाएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । सुतिरहेको अवस्थामा आक्रमण गरेर लुट्न सजिलो हुने भएकाले उनीहरूले सबैजसो घटनामा सुतेकै अवस्थामा मारेर वा घाइते बनाई डकैती गरेका छन् । गहना नै लुट्न उनीहरूले महिलालाई आफ्नो निसाना बनाएका छन् । प्रहरीले उनीहरूले आक्रमणमा प्रयोग गर्ने फलाम, चोरिएका मोबाइलसमेत बरामद गरेको छ । सुन भने उनीहरूले बिक्री गरिसकेका थिए । प्रहरीको ठूलो उपलब्धि : प्रहरी प्रमुख गत मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले शृंखलाबद्ध अपराधमा संलग्न गिरोहको मुख्य नाइके पक्राउ गर्नु निकै ठूलो उपलब्धि भएको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँगको समन्वय, सर्लाही प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले मुख्य नाइकेलाई पक्राउ गरेको हो । शृंखलाबद्ध अपराधका घटना अनुसन्धानमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीको भूमिका महत्वपूर्ण रहेको छ । सर्लाहीबाट रुपन्देही आएर अपराध गर्ने यी अपराधीले सर्लाही तथा आसपासका जिल्लामा कुनै किसिमका अपराध नगर्ने, तर पोखरा विराटनगर, बुटवलजस्ता सहरमा गएर अपराध गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक धानुकले बताए । एकल महिला, सुत्केरी महिला, वृद्धवृद्धालाई लक्षित गरेर आक्रमण गर्ने र उनीहरूसँग भएका नगद तथा गरगहना, मोबाइल लुट्ने यस गिरोहले रुपन्देहीमा ०६८ सालदेखि शृंखलाबद्ध घटना गराएको अनुसन्धानबाट खुल्न आएको छ । विशेषगरी हरेक वर्ष चाडपर्वको समयमा यो गिरोहले यस्ता घटना गरेको पाइएको प्रहरीको भनाइ छ । बच्चैदेखि डकैती ! ६० वर्षीय चमरु बच्चैदेखि यस्तो धन्दामा लागेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘उनको गाउ“मा कतिपयको पेसा नै चोरी र डकैती रहेको देखिन्छ,’ डिएसपी मरासिनी भन्छन्, ‘उनले नेपाल र भारतका धेरै ठाउँमा डकैती गरिसकेको भन्ने बुझिएको छ ।’ घटनामा फरार रहेका दुई व्यक्ति त विगतमा पटक–पटक पक्राउ परेर छुटेका थिए । सर्लाहीका एक प्रहरी अधिकारीका अनुसार सुन्दरपुरआसपासका धेरै व्यक्ति अपराधमा पक्राउ परेका छन् । स्थानीयको भनाइमा राजा महेन्द्रको पालामा डकैतीलगायत अपराधमा लागेका पेसेवर अपराधीलाई त्यो गाउँमा लगेर जग्गा दिई सुधारका लागि पुनस्र्थापना गरिएको थियो । कतिपय सुध्रिए भने केहीले भने डकैतीको ‘पुख्र्यौली पेसा’लाई निरन्तरता दिएका छन् । गर्मीमा ढोका नलगाई सुत्दा घटना भयो डिएसपी मुकुन्द मरासिनी इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका विभिन्न स्थानमा ०६८ सालदेखि शृंखलाबद्ध हत्याका घटना भए । २५ वर्षदेखि ८० वर्षसम्मका महिलाको हत्या भयो । यी अपराधको अध्ययन तथा अनुसन्धान गर्न शून्य तहबाट सुरु ग¥यौँ । ०६८ सालदेखियताका घटनाको प्रकृति एकै प्रकारको थियो । यी घटना हेर्दा कतै एउटै व्यक्तिको संलग्नता त छैन भन्ने शंका भयो । पेसेवर रूपमा अपराध गर्नेले बुटवललाई आश्रयस्थल बनाएर आसपासका क्षेत्रमा अपराध गरेको पाइएको छ । सर्लाहीबाट बुटवल आउने र कुनै ठाउँमा बस्ने, राति चप्पल पनि नलगाइँ गाउँ–गाउँ जाने र लुटपाट गर्ने गरेको पाइयो । तराईमा गेट बन्द नगर्ने, कोठा पनि राम्रोसँग नलगाई सुत्ने गर्नाले यस्तो घटनाले बढावा पाएको छ । अर्कातर्फ, हरेक वर्ष चाडपर्वका समयमा घटना भएका छन् । घटना गराउन पूर्वयोजना बनाएजस्तो पनि देखिँदैन । चप्पल नलगाई राति घरभित्र छिर्ने र एकल महिला, सुत्केरी, वृद्धवृद्धा भेटिएपछि आक्रमण गर्ने गरेको पाइयो । उनीहरूको उद्देश्य गहना तथा मोबाइल चोर्ने नै हो । पक्राउ परेकाले अपराध स्वीकार गरिसकेका छन् । यी अपराधमा संलग्न थप दुईजना पनि छिटै पक्राउ पर्छन् । नयाँ पत्रिका
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy