Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

पृथ्वीनारायण शाहको प्रशंसामा गणतन्त्रवादी

\"\"काठमाडौँ, ३ पुस ।पृथ्वीनारायण शाह राष्ट्रनिर्मातासँगै मुलुकको प्रगति, अखण्डता र एकताका स्वप्नदर्शी रहेको विश्लेषण प्रमुख दलका प्रबुद्ध नेताहरूले गरेका छन् । पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा २९५ औं पृथ्वीनारायण शाह जयन्ती नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा आयोजना गरेको \'नेपाली राष्ट्रियता र राष्ट्र निर्माता शाह\' विषयक कार्यक्रममा गणतान्त्रिक आन्दोलनमा सहभागी नेताहरूले समेत पृथ्वीनारायणमा \'स्टेटम्यानसिप\' रहेकै कारण उनी नेपाल र नेपाली रहेसम्म सम्मानित राजा रहिरहने धारणा व्यक्त गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ– नेताहरूले भने, \'मुलुक अत्यन्त जटिल र कठिन स्थितिबाट गुज्रँदै गएको वर्तमान अवस्थामा स्टेटम्यानसिपको खडेरी छ ।\' मुलुक विदेशीको ठाडो हस्तक्षेपबाट अघि बढ्न लागेकाले राष्ट्रको रक्षार्थ परेमा संघीयता, राजतन्त्र र धर्म निरपेक्षतामाथि जनमतसंग्रहमा जान नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले सुझाए । माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आफ्नो राजनीतिक सिद्धान्तले राजतन्त्र नमाने पनि पृथ्वीनारायण शाहकै एकीकरण अभियानद्वारा आज नेपाल र नेपालीको अस्तित्व रहेको बताए । वर्तमान राज्य व्यवस्थाले पृथ्वीनारायण शाहको सही मूल्यांकन गर्न नसकेको आरोप पनि लगाए उनले ।पृथ्वीनारायण शाहको बखानसँगै राजतन्त्र र हिन्दु नेपालको आवश्यकता औंल्याउँदै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले आफ्ना पूर्वनेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्र विभाजनको खलनायकका रूपमा उभ्याए । \'गिरिजाको लाहाछापमा लादिएको संघीयता र धर्मनिरपेक्षताले मुलुक विभाजन गराउँदै सिंगो राष्ट्र र पृथ्वीनारायणप्रति कांग्रेसले गरेको ऐतिहासिक भूलले आफू कांग्रेस केन्द्रीय सदस्य हुँदा पनि कांग्रेस हुँ भन्न लाज लाग्न थालेको छ,\' खड्काले भने । ४६ को परिवर्तनपछि राज्य बीपी कोइरालाको नीतिमा अघि बढ्न नसक्दा आज धराशायी भइरहेको दाबी उनको थियो । गणतन्त्र २०६२/६३ को आन्दोनलमा नउठेको तर गिरिजाको लाहाछापमा आएका संघीयता र धर्मनिरपेक्षता स्वीकार्य नभएको भन्दै संघीयता, राजतन्त्र र हिन्दु राष्ट्रमा जनमतसंग्रहको माग खड्काले गरे । नेपालको अस्तित्व संकटमा आउनुका पछि आईएनजीओको हात रहेको उल्लेख गर्दै खड्काले भने, \'आईएनजीओ नेपाल प्रवेश गराएर आन्दोलनमा नउठेका मुद्दालाई संविधानमा राख्ने कार्य प्रमुख दलका प्रमुख नेताबाटै भएको छ ।\' \'म पूर्वगृहमन्त्री पनि भएकाले तीन दलमा को-को विदेशी एजेन्ट छन् भन्ने कुरा बुझ्छु । यद्यपि अहिले उनीहरूको नाम सार्वजनिक गर्ने स्थिति भने छैन र त्यो दिन टाढा पनि छैन,\' उनले भने । \'विदेशीको डलर खाएर नेपाली नेपालीबीचको एकतामा खलल पुर्‌याउनेलाई जनताबीच दण्डित गर्नेुपर्ने\' पनि उनको धारणा थियो । \'संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता संविधानसभामार्फत छिराउने कार्य कांग्रेसले नै गरेको हो । ५१ प्रशितशत जनताले त्यसलाई स्वीकारेका छैनन् र व्यक्तिगत रूपमा मैले पनि स्वीकारेको छैन\', उनले थपे, \'मधेस र मधेसीलाई अल्मल्याउँदै राष्ट्रलाई अप्ठ्यारोमा पार्ने पनि गिरिजाप्रसाद नै हुन् ।\' कार्यक्रममा एमाले नेता एवं सांसद लालबाबु यादवले पुष्पलाल, मदन भण्डारी, डा। बाबुराम र सीपी मैनालीले पृथ्वीनारायणको योगदानको चर्चा गर्दै लेखेका कृतिबाट आफू प्रभावित भएको बताएका थिए । \'शाहले राष्ट्रिय एकीकरणका लागि शक्ति प्रयोग गरेका हुन्, हाम्रा नेताहरू जस्तो पदीय हैसियत दुरुपयोग गरेर सुरक्षाकर्मीको प्रयोग गरेका होइनन्\', उनले भने, \'शाह सच्चा कम्युनिस्ट र डेमोक्र्याट भएकाले नेपाल सदाकाल सार्वभौम राष्ट्र हुन सफल भयो ।\' यादवले हाम्रा नेता र पार्टीहरूको स्वार्थका कारण आईएनजीओहरूले मुलुक ध्वस्त गरेको तर शाहले अढाइ सय वर्षअघि नै यसमा रोक लगाएको बताए । मालेका नेता चन्द्रप्रकाश मैनालीले शाहको प्रशंसा गर्दै उनले नेपालका लागि गरेको योगदान विश्वका कुनै पनि नेताबाट नभएको उल्लेख गर्दै शाहको सम्मानका लागि एकता दिवसमा सार्वजनिक बिदा दिन माग गरे । कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री रामशरण महतले पृथ्वीनारायण शाह एउटा लडाकु राजामात्र नभएर स्टेटम्यान पनि रहेको बताए । \'उनी नेपालको एउटा सच्चा छोरा हुन् भन्ने कुरा स्वीर्कानैपर्छ\', डा.महतले भने । गणतन्त्र आन्दोलनको माग नभएको र कुनै पनि नेताले नचाहेको संघीयतामा जान खोज्दा मुलुक धराशायी हुँदै गएको डा. महतले बताए । पुस २७ मा बिदा भूमिसुधारमन्त्री विक्रमबहादुर पाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए । उनले अन्नपूर्णसँग भने, \'त्यसका लागि मन्त्रिपरिषद्को बैठकमा विधि र प्रक्रियासम्मत रूपमा प्रस्ताव लैजानेछु ।\' उनले पुस २७ लाई एकता दिवस बनाउन प्रधानमन्त्री पनि सकारात्मक भएको अनुभव आफूले गरेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy