Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

को हुन लेन्डुप दोर्जे ? राजनीतिमा किन भइरहन्छ उनको बदनामीको चर्चा ?

[caption id=\"attachment_107843\" align=\"alignleft\" width=\"450\"] लेन्डुप दोर्जे[/caption] काठमाडौं, ३ पुस ।  जबजब नेपालमा छिमेकीको हस्तक्षेप वढ्दै जान्छ र नेपाली शासक विदेशीसामु लम्पसार पर्न खोज्छन तबतब नेपालमा लेण्डुप दोर्जेको चर्चा निकै चुलिन्छ । आखिर लेण्डुप दोर्जे को थिए ? उनी यसरी राजनीतिक रुपमा निक बद्नाम छन् ? भन्ने धेरैलाई थाहा नहुन सक्छ । लेण्डुप दोर्जे नेपाली थिएनन् : लेण्डुप दोर्जे नेपाली थिएनन् । उनी स्वतन्त्र राष्ट्र सिक्किमका वासिन्दा थिए । सिक्किम आफ्नो छुट्टै अस्तित्व भएको नेपाली मुलका नागरिकको बसोबास रहेको राष्ट्र थियो । जसको नेपालसंगको सम्बन्ध प्रगाढ थियो । तर कुनै समयको स्वतन्त्र राष्ट्र सिक्कम लोण्डुप दोर्जेकै गद्दारीका कारण भारतमा विलायो । अर्थात स्वतन्त्र सिक्कम भारतको कब्जामा गयो । त्यसैले पनि लेण्डुप दक्षिण एसियाकै राजनीतिमा इतिहासकै लाल गद्दारको रुपमा चिनिन्छन् । आफ्नै माटोप्रति गद्दारी गर्ने लेण्डुप देशद्रोह र गद्दारीको पर्याय थिए । को हुन त लेण्डुप,यस्तो छ लेण्डुपको गद्दारीको कथा । धर्मगुरु थिए लेण्डुपः काजी लेण्डुप दोर्जेको जन्म सन् १९०४ मा पूर्वी सिक्किमको पाक्योङमा भयो । ६ वर्षको उमेरमा उनी अध्ययनका लागि सिक्किमको चर्चित रुम्टेक गुम्बामा भर्ना भए । उनका आफ्नै सानोबुवा गुम्बाका प्रमुख थिए । त्यसबेला सिक्किमका राजा थिए टुल्कु नाम्ग्याल । उनी एकदिन रुम्टेक गुम्बा पुगे । त्यहाँ लेण्डुपलाई देखेर उनी प्रभावित भए । त्यसपछि राजाले लेण्डुपलाई आफ्नो दरबार गान्तोक ल्याएर तिब्बती लामा स्कूलमा भर्ना गरिदिए । १६ वर्षको उमेरमा लेण्डुपलाई पुन रुम्टेक गुम्बा पठाएर दुई वर्ष अत्यन्त कठोर अध्ययनमा लगाइयो । अध्ययनपछि लेण्डुपलाई नै गुम्बाको प्रमुख लामा पदमा नियुक्त गरियो । जुन पद उनले आठ वर्ष सम्हाले । लेण्डुपका दाजु फाग छिरिङले दार्ज्लिङमा युवा वौद्ध एसोसिएसन खोलेका थिए । त्यसपछि रुम्टेक गुम्बाको प्रमुख लामा पद छाडेर सो एसोसिएसन सम्हाल्न लेण्डुप दार्ज्लिङ गए । दुवै दाजुभाइले मिलेर पूर्वी सिक्किममा स्कूल खोले, सामाजिक सुधारका काम थाले । जसबाट लेण्डुपको लोकप्रियता चुलिदै गयो । धर्मगुरु हुदै नेता कसरी बने लेण्डुप : राजाले लेण्डुपलाई सजिलै चिन्थे र माया गर्थे । राजाकै माया पाएर होला उनी एकपछि अर्को काममा हौसिदै गए । स्वतन्त्र राष्ट्र सिक्किममा सन् १९४५ मा सिक्किम प्रजा मण्डल पार्टी खोले, अध्यक्ष बने । १९५३ मा उनी सिक्किम स्टेट कांग्रेसमा मिसिए, अध्यक्ष बने । लगत्तै उनी भारतको राजधानी नयाँ दिल्ली गएर तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भेट गरे । त्यहाँबाट फर्किएर उनी राजतन्त्र विरोधी अभियान सुरु गर्न थाले । जुन राजाले उनको जीवन र परिचय बनाए, काजी पदवी दिलाए उनै राजालाई हटाउन लागि परे । त्यस अघि नै सिक्किमलाई भारतले आफ्नो सुरक्षा छाताभित्र लिइसकेको थियो तर विलय गर्न सकेको थिएन । विलय गर्न भारतलाई सिक्किममै देशद्रोही नेता चाहिएको थियो । जसको काम गरे लेण्डुप दोर्जेले । १९६० मा सिक्किममा भएको आम चुनावमा लेण्डुपको पार्टीले १८ मध्ये आठ सिट जित्यो । उनलाई भारतले सहयोग गरिरहेको थियो । भारतले सिक्किममा लेप्चा, भोटे र नेपाली भाषीलाई बेग्लाबेग्लै रुपमा उकासेर साम्प्रदायिक विभाजन गराइसकेको थियो । सिक्किममा जातीय द्वन्द्व र अस्थिरता बढाउन भारतले पुरै अस्त्र प्रयोग गर्र्यो । सन् १९७३ को चुनावमा लेण्डुपको सिक्किम राष्ट्रिय कांग्रेसले ३२ मा मात्र सिट जित्यो । तर धाँधली भएको भन्दै भारतीय हस्तक्षेपमा पुन चुनाव गराएर लेण्डुपको पाटीलाई ३२ मध्ये ३१ सिटमा विजयी गराइयो । त्यसपछि उनी सिक्किमका प्रधानमन्त्री भए । बहुमत भएपछि संसदले सिक्किमलाई भारतलाई विलय गर्ने निर्णय गर्यो । यो निर्णयसँगै सिक्किमलाई भारतले आफ्नो पुर्ण अधिनमा लियो । देशका प्रधानमन्त्री लेण्डुप भारतको प्रदेशका मुख्यमन्त्री बने । विदेशी पत्नीको चलखेल र टक्कर : त्यसबेला सिक्किमका राजा चोग्याल पाल्देन थिए । उनकी पत्नी थिइन् होप कुक । उनी अमेरिकी नागरिक थिइन् । उता लेण्डुपले चाहिँ स्कटिश पत्रकार तथा साहित्यकार एलिसा मारियासँग बिबाह गरेका थिए । होप कुक सिक्किमको स्वतन्त्रता रक्षाका लागि चिन्तित थिइन् भने एलिसा मारिया भारतमा विलय गराउने पक्षमा लाग्दै आएकी थिइन् । सिक्किमको त्यसबेलाको राजनीतिलाई यी दुई महिलाको टक्कर पनि मानिदै आएको छ । लेण्डुपभन्दा पहिले एलिसा मारियाले दुई जनासँग बिहे गरिसकेकी थिइन् । लेण्डुप र एलिसा मारियाले सिक्किमका आप्रवासी नेपाली भाषीहरुलाई साथ लिएका थिए । नेपाली भाषी आप्रवासीलाई साथ लिएर भारतसँग मिलेर पार्टी बनाए । त्यसपछि दुई तिहाईभन्दा धेरै सिट संसदमा जिते अनि भारतमा विलय गराए । भारतमा विलयपछि भारतले लेण्डुपलाई ज्वाईं सरह सम्मान दियो, आर्थिक सहयोग दियो । उनको पार्टी पनि भारतीय राष्ट्रिय कांग्रेसमा विलय भयो । विलयपछि सिक्किममा लेण्डुपले पूरै दमनको शासन चलाएर विद्रोहीहरुलाई निमिट्यान्न पार्न खोजे । विद्रोह पुर्ण रुपमा दबाएपछी लेण्डुप पनि त्यत्ती चर्चामा आएनन् । त्यत्तीबेला त्यहाका राजालाई जेल हालियो । यसरी पतन भयो गद्दार लेण्डुप दोर्जेकोः १९७९ मा भारतको प्रान्तको हैसियतमा भएको आमचुनावमा लेण्डुपको पार्टीलाई अस्तीत्व नै नरहने गरि भारतीय केन्द्र सरकारको योजनामा हराइयो । उनलाई सिध्याउन भारत सरकार नै लागेको थियो । जब चुनाव सकियो त्यत्तीबेला लेण्डुपले आफुमाथी गद्दारी भएको थाहा पाए तर त्यत्तीबेला ढिलो भइसकेको थियो । त्यसपछि उनी विक्षिप्त जस्तै बने । सिक्किमलाई भारतमा विलय गरकोमा पछुतो माने । जनताले घृणा गर्ने, भारत सरकार र भारतीय नेताहरुले जहाँ जे पनि गद्दारी गर्न सक्ने मान्छे भन्दै आलोचना गर्न थालेपछि उनी सिक्किम छाडे । पश्चिम बंगालको कालिङपोङमा उनलाई एउटा पूरानो र थोत्रो घर बस्नका लागि भारत सरकारले दियो । सत्तामा पुग्न नपाएर विजोग भएपछि विदेशी पत्नी पनि उनलाई छाडेर हिँडिन् । सन् २००७ मा कालिङपोङमा एकसय दुई वर्षको उमेरमा उनको निधन भयो । मरेपछि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले उनलाई महान भारतभक्त भन्दै पद्मभूषण पदक दिने घोषणा गरे । सिक्किमलाई भारतमा विलय गराउन लेण्डुपले गरेको योगदानको प्रशंसा गरे । देश बेचेर सत्ताको शिखरमा आजन्म बस्छु भन्ने लेण्डुपको सपना कहिल्यै पुरा भएन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies