Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

वैकल्पिक गठबन्धनका लागि भइरहेकाे खेलकुद जसपा विभाजनपछि समाप्त

माधव नेपालको बार्गेनिङ पावर समाप्त

खबरडबली संवाददाता

काठमाडौं । वैकल्पिक गठबन्धनका लागि शक्तिकेन्द्रले गरिरहेको खेलकुदलाई जसपा विभाजनले निस्तेज पारेको छ । सत्ताधारी पार्टी जसपामा अचानक आएको विभाजनले वैकल्पिक गठबन्धनका लागि शक्तिकेन्द्रले गरिरहेको खेलकुदलाई निस्तेज पारेको हो । 

सत्ताधारी पार्टी जसपामा अचानक आएको विभाजनले राजनीतिमा चासो राख्ने सबैलाई आश्चर्यमा पारे सँगै जसपाका ७ सांसदको हस्ताक्षरसहित अशोक राईले निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन् । हालको सत्ता समीकरणसँग १५७ मत रहेको र जसपा र एकीकृत समाजवादीले सरकार छोडेमा अल्पमतमा पर्ने अवस्थामा जसपा विभाजन भएको हो । 

यो विभाजनको सूत्रधार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली रहेको बताइएको छ । माधव नेपालको निरन्तरको किचकिच र वैकल्पिक गठबन्धनका लागि भूराजनीतिक प्रयासले दिक्क भएर नेताहरुले यो कदम चालेको स्रोतको भनाइ छ । माधव नेपाललाई प्रधानमन्त्रीमा अगाडि सारेर कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धनका लागि शक्तिकेन्द्रले गरिरहेको खेलकुदलाई ओली प्रचण्डले जसपा विभाजनमार्फत निस्तेज बनाइदिएका छन् ।

नेकपा एकीकृत समाजवादी पनि फुटकाे संघारमा

बजार हल्लालाई विश्वास गर्ने हो भने माधव नेपालको एकीकृत समावादीमा समेत विभाजनको स्वर सुनिन थालेको छ । अध्यक्ष नेपालले गठबन्धनमा आफू सन्तुष्ट नभएको र कुनै पनि बेला गठबन्धन टुटनसक्ने सार्बजनिक अभिव्यक्ति दिँदै आएका बेला सम्मानित नेता झलनाथ खनालले उनको विपरित अभिव्यक्ति दिदै आएका छन् । 

नेपालको गठबन्धन टुट्ने चेतावनीले झस्किएको सत्ता समीकरण खासगरी गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले जसपालाई बिभाजन गरेर बहुमत पुर्याउने कसरत गरेको प्रष्ट देखिएको छ ।

पार्टीले नयाँ सोत्ता समिकरणामा सहभागि हुने निर्णय गरे पछि अध्यक्ष नेपालले दिँदै आएका अभिव्यक्तिले पार्टी फुटकाे संघारमा रहेकाे नेकपा एसका एक नेताले बताएका छन् । उनले एकातिर समाजवादी माेर्चा मार्फत बिचार मिल्नेहरूसँग सहकार्य र एकताकाे कुरा गर्ने अर्कातिर भारतकाे इसारामा पार्टी नेतृत्व चल्न लागेकाे स्वीकार्य नहुने बताए । माधव नेपाल भारतकै इसारामा चलेकाे खण्डमा पार्टी उनकाे नेतृत्वमा रहि रहन पनि नसक्ने उनले चेतावनी दिए ।

एमाले-माओवादी गठबन्धनप्रति भारत असन्तुष्ट

आफ्नो जानकारी र सहयोगविना बनेको एमाले-माओवादी गठबन्धनप्रति सुरुदेखि दिल्ली सकारात्मक नभएको र यो गठबन्धन चीनले बनाइदिएको बुझाइ भारतीय संस्थापनमा रहेको छ । यता, सत्ताबाट गलहत्याइएको कांग्रेसलाई जसरी पनि प्रचण्डसँग बदला लिनु थियो । प्रधानमन्त्री बन्ने पालो पर्खिएका माधव नेपाललाई पनि अघि सार्ने रणनीति बनेको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सुरुमै यो गठबन्धनमा सहभागी नहुन दबाब थियो । यद्यपि, माधव नेपाललाई पनि उनले रोक्न खोजेका थिए । तर, नेकपा एसले सरकारमा जाने निर्णय लिएपछि यादव निर्णायक रहेनन् । उनी पनि पछि पछि लागे । तर, त्यसपश्चात दिल्लीको इशारामा उपेद्रले गठबन्धन भत्काउने खेलमा सक्रिय बनेपछि जसपामा फुट ल्याइएको हो ।

अशोक राईलाई पार्टी विभाजनका लागि तयार पार्न ओलीको मुख्य भूमिका रह्यो । एमालेकै सहयोगमा राईले यसपालि चुनाव जितेका हुन् । उनकी पत्नी पनि सांसद बनेकी छन् । त्यसैले राई एमालेप्रति अनुग्रहित छन् । उनको पुरानो पृष्ठभूमि पनि एमाले नै हो ।

माधव-उपेन्द्रविनै गठबन्धन टिकाउने आधार तयार

जसपामा विभाजनसँगै माधव-उपेन्द्रविनै गठबन्धन टिकाउने आधार तयार भएको छ । एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ जनाको बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा १४० हुन्छ । यसले एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्षले सरकार छोडेपनि गठबन्धनलाई कुनै असर नपर्ने देखिन्छ ।

जसपा र एकीकृत समाजवादीको २२ मत घट्दा सरकार अल्पमतमा पुग्ने भएपछि जसपाका ७ सांसदलाई अलग गरेपछि अब सरकार प्राविधिक रुपमा बहुमतमा रहने भएकाे छ  । 

माधव नेपालको बार्गेनिङ पावर समाप्त 

जसपा फुटपछि माधव नेपालको बार्गेनिङ पावर समाप्त भएको छ । उनी सरकारमा निर्णायक रहने छैनन् । उस्तै परे नेकपा एसलाई बाहिरै राख्न सकिने रणनीतिसमेत गठबन्धनमा बनिरहेको बताइएको छ ।

सत्ता गठबन्धन टुटको संघारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोग मात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृतमा भइरहेको छ ।

ओली प्रचण्डको जसपा फुटाउने रणनीतिले अहिलेको सत्ता समीकरण बच्ने मात्र होइन यसले धेरै तिर निशाना लगाएको देखिन्छ । पहिलो सत्ता समीकरण बच्ने, दोस्रो माधव नेपालको धम्कीको औचित्य सकिने, तेस्रो कांग्रेसले बनाउन खोजेको बैकल्पिक गठबन्धन समेत बन्न नसक्ने प्रष्ट भएको छ  ।

सुदूरपश्चिममा हलचल, मूख्यमन्त्री सोडारीको पद धरापमा

जसपा विभाजनको असर अब सबैभन्दा पहिला सुदूरपश्चिममा देखिने बुझ्न सकिन्छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिन आनाकिनी गरिरहेको बेला केन्द्रमा भएको यो घटनाक्रमले अब उनको पद धरापमा पर्ने देखिएको छ।

एमाले सुरु देखि नै सोडारीको विरोधमा रहेको अवस्थामा अब माधव नेपालको चेतावनीलाई ह्यान्डल गर्न सकिने अवस्था बनेपछि एमाले विश्वासको मत दिन बाध्य नहुने अवस्था देखिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

तीन दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...

५५–३० को प्रस्तावले बढायो राजीनामा, सुविधा जोगाउन कर्मचारीको हतार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...

वैशाखदेखि विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...

अर्जेन्टिना संघर्षपूर्ण जितसहित अन्तिम १६ मा, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लट...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा...

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...

एमाले-नेकपा एकता : सम्भावना कि सपना ?

एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै

१०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending