Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

वैकल्पिक गठबन्धनका लागि भइरहेकाे खेलकुद जसपा विभाजनपछि समाप्त

माधव नेपालको बार्गेनिङ पावर समाप्त

खबरडबली संवाददाता

काठमाडौं । वैकल्पिक गठबन्धनका लागि शक्तिकेन्द्रले गरिरहेको खेलकुदलाई जसपा विभाजनले निस्तेज पारेको छ । सत्ताधारी पार्टी जसपामा अचानक आएको विभाजनले वैकल्पिक गठबन्धनका लागि शक्तिकेन्द्रले गरिरहेको खेलकुदलाई निस्तेज पारेको हो । 

सत्ताधारी पार्टी जसपामा अचानक आएको विभाजनले राजनीतिमा चासो राख्ने सबैलाई आश्चर्यमा पारे सँगै जसपाका ७ सांसदको हस्ताक्षरसहित अशोक राईले निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन् । हालको सत्ता समीकरणसँग १५७ मत रहेको र जसपा र एकीकृत समाजवादीले सरकार छोडेमा अल्पमतमा पर्ने अवस्थामा जसपा विभाजन भएको हो । 

यो विभाजनको सूत्रधार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली रहेको बताइएको छ । माधव नेपालको निरन्तरको किचकिच र वैकल्पिक गठबन्धनका लागि भूराजनीतिक प्रयासले दिक्क भएर नेताहरुले यो कदम चालेको स्रोतको भनाइ छ । माधव नेपाललाई प्रधानमन्त्रीमा अगाडि सारेर कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धनका लागि शक्तिकेन्द्रले गरिरहेको खेलकुदलाई ओली प्रचण्डले जसपा विभाजनमार्फत निस्तेज बनाइदिएका छन् ।

नेकपा एकीकृत समाजवादी पनि फुटकाे संघारमा

बजार हल्लालाई विश्वास गर्ने हो भने माधव नेपालको एकीकृत समावादीमा समेत विभाजनको स्वर सुनिन थालेको छ । अध्यक्ष नेपालले गठबन्धनमा आफू सन्तुष्ट नभएको र कुनै पनि बेला गठबन्धन टुटनसक्ने सार्बजनिक अभिव्यक्ति दिँदै आएका बेला सम्मानित नेता झलनाथ खनालले उनको विपरित अभिव्यक्ति दिदै आएका छन् । 

नेपालको गठबन्धन टुट्ने चेतावनीले झस्किएको सत्ता समीकरण खासगरी गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले जसपालाई बिभाजन गरेर बहुमत पुर्याउने कसरत गरेको प्रष्ट देखिएको छ ।

पार्टीले नयाँ सोत्ता समिकरणामा सहभागि हुने निर्णय गरे पछि अध्यक्ष नेपालले दिँदै आएका अभिव्यक्तिले पार्टी फुटकाे संघारमा रहेकाे नेकपा एसका एक नेताले बताएका छन् । उनले एकातिर समाजवादी माेर्चा मार्फत बिचार मिल्नेहरूसँग सहकार्य र एकताकाे कुरा गर्ने अर्कातिर भारतकाे इसारामा पार्टी नेतृत्व चल्न लागेकाे स्वीकार्य नहुने बताए । माधव नेपाल भारतकै इसारामा चलेकाे खण्डमा पार्टी उनकाे नेतृत्वमा रहि रहन पनि नसक्ने उनले चेतावनी दिए ।

एमाले-माओवादी गठबन्धनप्रति भारत असन्तुष्ट

आफ्नो जानकारी र सहयोगविना बनेको एमाले-माओवादी गठबन्धनप्रति सुरुदेखि दिल्ली सकारात्मक नभएको र यो गठबन्धन चीनले बनाइदिएको बुझाइ भारतीय संस्थापनमा रहेको छ । यता, सत्ताबाट गलहत्याइएको कांग्रेसलाई जसरी पनि प्रचण्डसँग बदला लिनु थियो । प्रधानमन्त्री बन्ने पालो पर्खिएका माधव नेपाललाई पनि अघि सार्ने रणनीति बनेको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सुरुमै यो गठबन्धनमा सहभागी नहुन दबाब थियो । यद्यपि, माधव नेपाललाई पनि उनले रोक्न खोजेका थिए । तर, नेकपा एसले सरकारमा जाने निर्णय लिएपछि यादव निर्णायक रहेनन् । उनी पनि पछि पछि लागे । तर, त्यसपश्चात दिल्लीको इशारामा उपेद्रले गठबन्धन भत्काउने खेलमा सक्रिय बनेपछि जसपामा फुट ल्याइएको हो ।

अशोक राईलाई पार्टी विभाजनका लागि तयार पार्न ओलीको मुख्य भूमिका रह्यो । एमालेकै सहयोगमा राईले यसपालि चुनाव जितेका हुन् । उनकी पत्नी पनि सांसद बनेकी छन् । त्यसैले राई एमालेप्रति अनुग्रहित छन् । उनको पुरानो पृष्ठभूमि पनि एमाले नै हो ।

माधव-उपेन्द्रविनै गठबन्धन टिकाउने आधार तयार

जसपामा विभाजनसँगै माधव-उपेन्द्रविनै गठबन्धन टिकाउने आधार तयार भएको छ । एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ जनाको बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा १४० हुन्छ । यसले एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्षले सरकार छोडेपनि गठबन्धनलाई कुनै असर नपर्ने देखिन्छ ।

जसपा र एकीकृत समाजवादीको २२ मत घट्दा सरकार अल्पमतमा पुग्ने भएपछि जसपाका ७ सांसदलाई अलग गरेपछि अब सरकार प्राविधिक रुपमा बहुमतमा रहने भएकाे छ  । 

माधव नेपालको बार्गेनिङ पावर समाप्त 

जसपा फुटपछि माधव नेपालको बार्गेनिङ पावर समाप्त भएको छ । उनी सरकारमा निर्णायक रहने छैनन् । उस्तै परे नेकपा एसलाई बाहिरै राख्न सकिने रणनीतिसमेत गठबन्धनमा बनिरहेको बताइएको छ ।

सत्ता गठबन्धन टुटको संघारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोग मात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृतमा भइरहेको छ ।

ओली प्रचण्डको जसपा फुटाउने रणनीतिले अहिलेको सत्ता समीकरण बच्ने मात्र होइन यसले धेरै तिर निशाना लगाएको देखिन्छ । पहिलो सत्ता समीकरण बच्ने, दोस्रो माधव नेपालको धम्कीको औचित्य सकिने, तेस्रो कांग्रेसले बनाउन खोजेको बैकल्पिक गठबन्धन समेत बन्न नसक्ने प्रष्ट भएको छ  ।

सुदूरपश्चिममा हलचल, मूख्यमन्त्री सोडारीको पद धरापमा

जसपा विभाजनको असर अब सबैभन्दा पहिला सुदूरपश्चिममा देखिने बुझ्न सकिन्छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिन आनाकिनी गरिरहेको बेला केन्द्रमा भएको यो घटनाक्रमले अब उनको पद धरापमा पर्ने देखिएको छ।

एमाले सुरु देखि नै सोडारीको विरोधमा रहेको अवस्थामा अब माधव नेपालको चेतावनीलाई ह्यान्डल गर्न सकिने अवस्था बनेपछि एमाले विश्वासको मत दिन बाध्य नहुने अवस्था देखिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको विन्टर अफर २०८२: ग्राहकका लागि विभिन्न प्याकेजसहित आकर्षक सुविधा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...

१३ वर्षदेखि नेपालमा भिसा दुरुपयोग: व्यवसाय नभएका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...

विराटनगर रानीबाट ८ थान मोबाइल फेला, लिन आउन प्रहरीको अनुरोध

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...

लमजुङमा चुनावी मैदान तात्यो: पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस–रास्वपाकाे चुनौती

लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...

नेकपा पुरानै अनुहारले कब्जा, प्रचण्ड मैदान फर्किए, शर्मा–किराती पार्टीबाहिर

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...

विद्यालय हाताभित्रै बसको ठक्कर, चार वर्षीया बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...

सरकारी स्रोत दुरुपयोग रोक्न आयोगको कदम, खर्च अनुगमन अधिकृत तोकिए

 काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...

मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुन्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending