२४ फोटोमा हेर्नुहोस् : त्यस्तो तातोपानीलाई भुकम्पले यस्तो बनायो
पौष ३ गते, २०७३ आइतवार 18th December, 2016 Sun१५:५७:३६ मा प्रकाशित
(तातोपानी) सिन्धुपाल्चोक, २ पुस । ०७१ साउन १७ गते मध्ये राति सिन्धुपाल्चोकबासीले ठूलै बिपत्त व्यहोर्नु प¥यो । राम्चे गाविसको जुरेमा गएको भयावहक पहिरोले १ सय ४५ जनाको एउटै चिहान भयो ।
लामोसमय सडक अबरुद्ध रहेको जुरेमा अहिले चीन सरकारले सडक बनाइरहेको छ । चिनियाँ सिआरसिसि कम्पनीले राम्चे गाविसको जुरेदेखि तातोपानीसम्म भत्किएको बाटो बनाइरहेको छ ।
जुरे पहिरो, गत बैशाख १२ गतेको विनाशकारी भूकम्प र असार २१ गते राति भोटेकोसी नदीमा आएको बाढीले सो क्षेत्रको ठाउँ–ठाउँमा सडक क्षतविक्षत छ । अहिले ठाउँ–ठाउँमा कच्चि बाटो बनाएर पनि तातोपानीसम्म सडक सञ्जाल जोडिएको छ । सडक सञ्जालले तातोपानीसम्म जोडिएपनि भूकम्पपछि बन्द रहेको तातोपानी नाका अझैं सञ्चालन हुन सकेको छैन् ।
तातोपानीको लार्चामा रहेको यो पुलमा पनि बाढीले क्षति गरेको थियो । यो पुलको एक छेउमा ढुङ्गा खसेर प्वाल परेको छ ।
भूकम्प र बाढीले गर्दा लार्चास्थित नदी छेउका घरहरू कुनैपनि बस्न लायक छैनन् ।
कोदारीको यो गाउँ पहिरोले जोखिम देखिन्छ । वल्लो छेउको एक घर बगेर अलि तल झरेको छ ।
चिनियाँ सहयोगमा पहरो गएको स्थानमा जाली भर्दैछन् । सडक बन्ने का पनि भइरहेको छ ।
नेपाली भू भागबाट खसेको पहिरो हो यो । पारीको खासा क्षेत्र स्पष्ट देखिन्छ ।
माथिबाट खसेको ढुङ्गा । यहाँ ठूल्ठूल्ला ढुङ्गा खसेर सडक अबरूद्द भएको थियो ।
गत बैशाख १२ गतेको विनाशकारी भूकम्पमा माथिबाट खसेको पहिरोले ध्वस्त बनाएको घर ।
लिपिङमा रहेको बैंक अफ काठमाण्डु भूकम्पपछि सञ्चालनमा अाउन सकेको छैन् ।
त्यस्तै सोहि क्षेत्रमा रहेका अन्य बैंकहरू ग्लोबल, एभरेष्टलगायत अन्य बैंकहरू सञ्चालनमा अाएका घरहरू बाहिरबाट सग्लोजस्तै देखिएपनि भित्र भने बस्न नहुने भएको छ ।
तापानीमै रहेको अध्यागमन कार्यालय भूकम्पपछि केहि दिन खुलेपनि अहिले ठप्प रहेको छ । यो सरकारी कार्यालय अलपत्र जस्तै देखिन्छ ।
यो हो नेपालको दोस्रो ठूलो राजश्व संकलन हुने तातोपानी भन्सार कार्यालय । यो कार्यालय एक जना पियनको भरमा छोडिएको छ । नाकामा सुरक्षाका लागि खटिएका २, ३ जना सशस्त्र प्रहरी गेटमा डिउटी बसिरहेका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सम्पर्क कार्यालय रहेको पहिलो माख्लो पट्टिको घरपनि पुरै क्षति भएको छ ।
वारिबाट देखिने चिनियाँ भू भाग हो यो । उक्त ठाउँमा पनि भूकम्प र बाढीले क्षति पुर्याएको थियो ।
नेपाल र चीनबीचको सिमानामा काँढेतार र जस्तापाताले बारिएको स्पष्टै देखिन्छ । चिनियाँहरूले ठूलो गेट लगाइँदिँदा नेपालले भने काँढेतार र जस्तापाताले बारेर झारा तिर्ने काम गरेको जस्तो देखिन्छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...
सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...
काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...
काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...
काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...
प्रतिकृया लेख्नुहोस्: