Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

विमानस्थलको धावनमार्गमा भैंसी छिरेपछि...

\"\"काठमाडौं, ४ पुस । भरतपुर विमानस्थल बाहिरबाट हेर्दा जति सुरक्षित देखिन्छ , भित्र त्यति नै असुरक्षित छ । विमानस्थलको छेउछाउमा निर्माण गरिएका घरले जोखिम उस्तै छ भने अर्कोतर्फ पशु–चौपायको खतरा उस्तै छ । आजको कान्तिपुरमा खबर छ– संवेदनशिल क्षेत्र भएपनि विमानस्थलको सुरक्षा व्यवस्था फितलो छ । जसको उदाहरण हो आइतबार विमान अवतरण हुँदाहुँदै धावनमार्गमै भैंसी छिर्नु । अकास्मत भैंसी विमानस्थलमा पस्दा विमानसेवा नै अवरुद्ध बन्न पुगेको थियो । भरतपुरको गोन्द्राङबाट किनेर ट्रकमा ल्याउंदै गरेको भैसी विमानस्थल नजिकै आईपुग्दा एक्कासी गाडीमा उफ्रिएर भाग्दै विमानस्थलको मुल गेट हुँदै धावनमार्गमा पुगेको थियो । गेटमा बसेका प्रहरी केवल रमिते बने । भैंसीले ३ वटा गेट पार गर्दै धावन मार्गमा नै पुग्यो । दिउँसो साढे ४ बजे छिरेको भैंसीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीलाई हम्मे-हम्मे पर्‍यो । त्यही बेला बुद्ध एयरको बिच क्राफ्ट र ३५६ नम्बरको एटिआर–४२ अवतरण गर्न लागेपछि भैसीलाई विमानस्थल भित्रै चारै तिरबाट घेरा हालेर राखियो । विमानस्थल स्रोतका अनुसार भैंसीकै कारण भरतपुरबाट जहाज उड्न केही समय ढिला भएको थियो । करिब आधा घण्टाको प्रयासपछि मात्र भैंसीलाई नियन्त्रणमा लिई गाडीमा राखेर बाहिर निकालिएको थियो । ‘भैंसी बिरामी रैछ, बाटोमा लग्दै गर्दा अकास्मात गाडीबाट झरेर विमानस्थलमा छिर्‍यो,’ भरतपुर विमानस्थलका प्रमुख शिव शर्माले भने, ‘नियन्त्रणमा लिन केही समय लाग्यो । त्यही कारणले प्लेन केही समय रोकिए ।’ निगरानी नगर्दा जोखिम विमानस्थलको राम्रोसँग निगरानी नगर्दा जोखिम बढेको छ । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार विमानस्थलमा आउने क्रममा केही बालबालिका साईकल लिएरै विमान अवतरण भएकै ठाउँमा पुगेका थिए । ‘विमानस्थल संवेदनशिल ठाउँ हो,’ विमानस्थलका एक कर्मचारीले भने, ‘तर भरतपुर विमानस्थल रंगशाला जस्तो भएको छ, जो आउँछ सिधै भित्र पस्छ । सुरक्षा जाँचमा कुनै कडाई छैन ।’ त्यस्तै पार्टीका शिर्ष नेता, मन्त्री आउँदा विमानस्थलमा कार्यकर्ताको भिड लाग्छ । पार्टीको झण्डा बोकेर विमानस्थल प्रवेश गर्छन । ‘यी यस्ता कारणले विमानस्थल कति सुरक्षित र असुरक्षित छ भन्ने कुरा प्रस्ट हुन्छ,’ ति कर्मचारीले भने, ‘आज भैंसी पस्यो, ठूलो दुर्घटनाबाट जोगियो, फेरी यस्तो घट्ना नघट्ला भन्न सकिँदैन ।’ यो विमानस्थलबाट दैनिक काठमाडौं–भरतपुर बुद्ध एयरको ५ र यति एयर लाईन्सको ३ वटा उडान हुँदै आएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy