Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

संघीयता विरुद्ध कांग्रेस–एमाले नेता

काठमाडौं, ४ पुस । कांग्रेस तथा एमालेका उच्च तहका नेताहरु उकपछि अर्को गर्दै संघीयताविरुद्ध खनिन थालेका छन् । उनीहरुले आइतबार सार्वजनिक रुपमै संघीयताको विरोध गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ– संघीयताको विरोध गर्नेमा एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेस नेता रामशरण महत अग्रपंत्तिःमा उभिएका छन् । उनीहरु दुवैले संघीयताको विरोधमा बोल्दा सहभागीले ताली बजाएर उनीहरुलाई साथ दिएका छन् । एमाले निकट युवासंभ नेपाल प्रकृतिक स्रोत साधन तथा व्यवस्थापन समितिले आइतबार राजधानीमा आयोजना गरेको विचार गोष्ठीमा एमाले उपाध्यक्ष गौतमले नबुझीकनै संघीयता स्वीकार गरी एमालेले गल्ती गरेको भन्न छुटाएनन् । ‘त्यसबेला माओवादीले संघीयताको कुरा उठाएको थियो, तर हामीले मानेनौं । पछि फेरि मधेस आन्दोलनका नाममा तराईमा पहाडिया लखेट्ने काम यो । युद्ध र द्वन्द्वलाई शान्तिमा परिणत होस् भनेर हामीले सबै कुरा मानिदिएका हौं । त्यसबेला सघीययता स्वीकार गरेर हामीले गल्ती गरेका हौं, अब गल्ती स्वीकार गर्नुपर्छ’, उनले भने । संघीयताबारे त्यतिबेला पार्टीमा समेत कुनै छलफल नभएको गौतमको दाबी छ । ‘माधवजी छलफलमा जानुभएको थियो, गिरिजाप्रसादका कारण संघीयताका पक्षमा सहमति गर्न बाध्य भइयो भन्दै आउनुभयो’, गौतमले भने । आफूलाई कस्तो खालको संघीयता भन्नेसमेत थाहा नभएको औंल्याउँदै गौतमले भने, ‘माओवादीले जेजे भन्छ त्यसैअनुसार संविधानसभाको निर्वाचनमा सहभागी भयौं ।’ कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले आफूहरुलाई संघीयताको गीत गाउँदा जहाज ठोकिएको थाहा नपाएजस्तो भएको बताए । ‘संघीयताको हामीले यति गीत गायौं, जहाजमा चढेका हामीले त्यो गीत गाउँदा ठोक्किएको समेत थाहा पाएनौं’, महतले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending