Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

चीनको नाकाबन्दीपछि सहयोग खोज्दै मंगोलियाका विदेश मन्त्री नेपालमा

[caption id=\"attachment_108004\" align=\"alignnone\" width=\"750\"]\"\" मंगोलियाका विदेशमन्त्री सेन्द मुन्ख अर्जिल[/caption] काठमाडौं, ४ पुस । तिब्बती धर्मगुरु दलाई लामाको स्वागत गरेको भन्दै चीनले ‘नाकाबन्दी’ गरेपछि मंगोलियाका विदेशमन्त्री सहयोग माग्न आइतवार साँझ नेपाल आइपुग्दैछन् । आजको कारोबार दैनिकमा खबर छ– धार्मिक भ्रमणमा पुगेको दलाई लामालाई मंगोलियाको राजधानी उल्लानबाटरमा स्वागत गरिएपछि रिसाएको चीनले ‘नाकाबन्दी’ गर्दा आइपरेको अफ्ठेरोबीच त्यहाँका विदेशमन्त्री सेन्द मुन्ख अर्जिल दुई दिने नेपाल भ्रमणमा निस्केका हुन् । उत्तरतर्फ रसिया तथा पूर्व, पश्चिम र दक्षिणतर्फ चीनको विशाल भूगोलको घेराबन्दीमा रहेको मंगोलिया विश्वकै ठूलो भूपरिवेष्ठित मुलुकका रुपमा रहेको छ । नेपाल जस्तै समुद्रले नछोएको यो देशको तेस्रो मुलुकको सबै व्यापार चीनसँग निर्भर रहेको छ । चीनकै बाटोबाट समुद्रको पहुँच लिइरहेको मंगोलियामा मंसिर पहिलो साता दलाई लामा पुगेका थिए । दलाई प्रकरणमा चीनले आफ्नो भूमिबाट हुने यातायात तथा आपूर्ति सेवा ठप्प पारेपछि संकटमा परेको मंगोलियाले पटक पटक भारतको नाकाबन्दी खेपिरहेको नेपालसँग भूपरिवेष्ठित राष्ट्रका अधिकारबारे संयुक्त आवाज उठाउनका लागि वार्ताको प्रस्ताव गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगोलियाले विदेश मन्त्रीलाई पठाएर वार्ता गर्न चाहेपछि उसैको इच्छा अनुसार मुन्च–अर्जिलको दुई दिने नेपाल भ्रमण भएको हो । नेपालले भारतबाट पटक पटक नाकाबन्दी भोगिरहेकाले मंगोलियाले यहाँबाट सिक्ने तथा भूपरिवेष्ठित राष्ट्रको अधिकार अन्तरराष्ट्रिय मञ्चमा बलियोरुपमा उठाउन सहकार्य गर्न चाहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । चीनको अघोषित नाकाबन्दीले अफ्ठेरोमा परेको मंगोलियाले संवाद गर्ने इच्छा जाहेर गरेपछि सरकारले विदेशमन्त्री मुन्च–अर्जिललाई नेपाल भ्रमणको निम्तो दिएको थियो । ‘मंगोलियाकै प्रस्ताव र अनुरोधमा यो भ्रमण तय भएको हो । भ्रमणका क्रममा दुई राष्ट्रका परराष्ट्रमन्त्रीबचमा छलफल हुने कार्यक्रम तय भएको छ’, परराष्ट्र स्रोतले भन्यो, ‘विदेश मन्त्री अर्जिलले नेपालका प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेट्ने कार्यतालिका तय भइसकेको छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending