Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

पुनर्निर्माण सीईओसँग प्रधानमन्त्री रुष्ट

काठमाडौं, ४ पुस । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको कार्यशैलीप्रति असन्तुष्टि बनेका छन् । आफूले चाहेअनुसार पुनर्निर्माणलाई तीव्रता दिन नसकेको भन्दै प्राधिकरण नेतृत्वप्रति प्रधानमन्त्री प्रचण्ड आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् । अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ– प्राधिकरण निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माणले गति लिन नसक्नुका कारण पहिचान गरिसकेको दाबी गर्दै त्यस्ता अवरोध पन्छाएर अगाडि बढ्नुको विकल्प नभएको बताउन थालेका छन् । पुनर्निर्माणलाई प्राथमिकतामा राखेर तीव्रता दिन आफूले चाहेअनुसार प्राधिकरण र विभिन्न मन्त्रालयका कर्मचारीले सहयोग नगरेको प्रधानमन्त्री प्रचण्डको बुझाइ छ । प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालका अनुसार ढिलासुस्ती, प्राधिकरण कर्मचारीको कमजोर इच्छाशक्ति र तदारुकताका कारण पुनर्निर्माणले गति लिन नसकेको हो । ‘प्रधानमन्त्रीको स्पिरिट र प्राधिकरणको स्पिरिट मिलेन । पुनर्निर्माणको कार्यविधि अपुग हो कि कर्मचारीको स्पिरिट अपुग हो ? प्राधिकरणको नेतृत्वले पनि पुनर्निर्माणलाई तीव्रताका साथ लैजान तदारुकता देखाएन । कार्यविधि नपुगेको भए परिवर्तन गर्नुपर्‍यो, पुगेको भए त्यसअनुसार पुनर्निर्माणले गति लिनुपर्‍यो\', दाहालले भने, ‘प्राधिकरणको कामप्रति प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न ।\' प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयका कर्मचारीसँग ‘कि त कुर्सी छाड्नुपर्‍यो कि त काम गरेर देखाउनुपर्‍यो\', भन्दै आक्रोश व्यक्त गर्ने गरेको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार पुनर्निर्माणमा आएका अवरोधमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई तीव्रता दिन के गर्न सकिन्छ भनेर परामर्श पनि थालेका छन् । प्राधिकरणका कार्यकारी प्रमुख ज्ञवालीले भने आफूसँग प्रधानमन्त्री असन्तुष्ट रहेको जानकारी नरहेको बताए । ‘मलाई प्रधानमन्त्रीले त्यस्तो केही भन्नुभएको छैन । हामीले हाम्रो ठाउँबाट जति काम गर्न सक्थ्यौं त्यो गरिरहेका छौ\', ज्ञवालीले अन्नपूर्णसँग भने, ‘प्राधिकरण आफैं कार्यान्वयन गर्ने निकाय नभई समन्वय गर्ने निकाय हो ।\' प्राधिकरणले माग गरेअनुसार बजेट उपलब्ध नगराएका कारण निर्माणकर्मीको तालिम सञ्चालन गर्न नसकिएको, गाविस भवन निर्माणका लागि मागिएको बजेट अर्थले निकासा नदिएको ज्ञवालीले बताए । प्रचण्ड प्रधानमन्त्री भएपछि अनुदान रकममा एक लाख थपेर तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे पनि दोस्रो किस्ताको रकम वितरण हुन सकेको छैन । गाउँमा परिचालित इन्जिनियर आन्दोलित भइरहेका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार अनुदान वितरणसम्बन्धी परिमार्जित कार्यविधि स्वीकृत गरेका छन् । अर्थमन्त्री महराबाट प्राप्त सहमतिसहितको कार्यविधि स्वीकृतिका लागि प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको छ । ‘अर्थबाट स्वीकृत प्राप्त हुनेबित्तिकै आइतबार नै हामीले मन्त्रिपरिषद् कार्यालयमा पठाएका छौुं, ज्ञवालीले भने, ‘कार्यविधिमा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सुझाव पनि समावेश गरेका छौं ।\' मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि निजी आवास पुनर्निर्माणका लागि उपलब्ध गराइने दोस्रो किस्ताको भुक्तानी, प्राप्त गुनासाको विश्लेषणसहितको परिणाम सम्बोधन गर्न सहज हुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । पहिलो किस्ताको रकम लिएर निजी आवास पुनर्निर्माण गर्न थालेका भूकम्पपीडितले दोस्रो किस्ता माग गरिरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy