Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

समय मिलाएर नेपाल भ्रमण गर्छु : राष्ट्रपति सी

\"\"बेइजिङ, ५ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने चाहना दोहो¥याएका छन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सोमबार पेस गरेको ओहोदाको प्रमाणपत्र बुझेपछि संक्षिप्त कुराकानीमा राष्ट्रपति सीले नेपाल आउने चाहना व्यक्त गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– गत २९ असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतको गोवामा भएको भेटवार्तामा पनि राष्ट्रपति सीले चाँडै नेपाल भ्रमण गर्ने बताएका थिए । ‘महामहिम राष्ट्रपतिको भ्रमणले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, लगानी, व्यापार, रेल, सडक र क्षेत्रीय विकासका सम्भावना खोल्नेछन् । त्यसले नेपालमा स्थायित्व, समृद्धि र शान्ति ल्याउनेछ,’ राष्ट्रपति सीसँगको संक्षिप्त भेटमा आफूले व्यक्त गरेको अभिव्यक्ति उद्धृत गर्दै पौड्यालले भने, ‘महामहिमलाई स्वागत गर्न नेपाल आतुर छ ।’ जवाफमा सीले दुई देशको उपयुक्त समय मिलाएर नेपाल भ्रमणमा आउने बताएका थिए । राजदूत पौड्यालले नेपाली जनताले चीनको विकासलाई नेपालको विकास र स्थायित्वको अवसरका रूपमा लिएको बताएका थिए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपालबाट चीनविरोधी गतिविधि हुन नदिने दोहोर्‍याए । त्यसक्रममा राष्ट्रपति सीले अन्तर्राष्ट्रिय सम्बन्धमा जतिसुकै परिवर्तन आए पनि नेपाल–चीन सम्बन्धमा कुनै फरक नपर्ने बताएका थिए । राष्ट्रपति सीले सबै परिस्थितिमा नेपाललाई सबै प्रकारका सहयोग गरिरहनेसमेत वचन दिए । ‘नेपालले एक चीन नीतिमा लिएको अडानप्रति चीन आभारी छ । नेपालसँगको सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्धमा आउने फेरबदलले फरक पार्दैन,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै राजदूत पौडेलले भने, ‘चीनले सधैँ नेपालको आर्थिक र सामाजिक विकासमा सघाइरहनेछ ।’ ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौड्यालले राष्ट्रपतिसँग १० मिनेट कुराकानी गरेका थिए । ग्रेट हल अफ दी पिपुलमा अन्य देशका राजदूतलाई यो अवसर पाँच मिनेट मात्रै थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy